दीपेन्द्र राई
सोलुखुम्बु २१ असार
आफूसँग भएको जायजेथा बेचेर मधेस तथा सहरतिर बसाइँ-सराइ गर्ने चलन पुरानै हो । हिजोआज पनि पहाडतिर यो क्रम रोकिएको छैन । तर शेर्पा जातिको बाहुल्य रहेको सोलुखुम्बुका शेर्पाहरुलाई भने मधेस र सहरको रमझमले तान्न सकेको छैन ।
उनीहरुलेमध्ये मधेस या सहरतिर बसाइँ-सराइ गर्न चाहनेले भएको जायजेठा आपुनै समुदायका जातिलाई बेच्नुपर्छ । यो स्थानीय खुम्जुङका शेर्पाले पालना गर्नुपर्ने अनिवार्य सर्त हो । सर्तको राख्नुको कारण प्रस्ट पार्दै खुम्जुङ गाउँ विकास समितिका निवर्तमान उपाध्यक्ष ल्हाक्पा शेर्पाले भने ुप्रथमतः यहाँ बेच्ने जग्गा नै छैन । दोस्रो हामीले घर-जग्गा किनबेचमा रोक लगाएका होइनौँ बेच्न चाहनेले आपुनै समुदायका नातागोता तथा इस्टमित्रलाई मात्रै बेचौँ है भनेका हौँ ।ु
दस वर्ष भयो खुम्जुङवासीले शेर्पाइतरका जातिलाई घर-जग्गा बेच्न रोक लगाइएको । ुयस्तो अभ्यास थालिए पनि व्यवहारमा कार्यान्वयन गर्न भने निकै अप्ठ्यारो परेकोु तेम्बाछिरिङ बताउँछन् ।
खुम्जुङका गाविससचिव शान्तिराम दाहालका अनुसार घर-जग्गा बेच्छु भन्नेले बेच्न पाएकै छन् । सायद यहाँका शेर्पाहरुले आन्तरिक रुपमै घर-जग्गा किनबेच गर्दा हुन् । उनीहरुले बनाएको स्थानीय नीतिले उनीहरुको समाज अस्तव्यस्त हुन नदिनु प्रधान कुरा हो ।
हुने-हुनेबीचमै घर-जग्गा किनबेच हुन्छ । आफ्नो गाउँठाउँमा बाहिरबाट आएका हुनेखानेको वर्चस्व रहेमा स्थानीय विस्थापित हुने सम्भावना उत्तिकै रहन्छ । मानवशास्त्री तथा समाजशास्त्री डम्बर चेम्जोङ भन्छन् ुसंस्कृति जोगाउने नाममा शेर्पा जातिका पितृहरुले बास गरेको आदिमभूमि बेच्न नचाहनु खुम्जुङे शेर्पाहरुको नैसर्गिक अधिकार हो । बेच्न चाहनेले समुदायभित्रकै किन्न चाहने ग्राहक खोजिदिनु कति राम्रो परम्परा । यस्तो परम्पराले सांस्कृतिक अतिक्रमण रोकिन्छ ।ु
बजारको प्रभावबारेमा त्यत्तिकै जानकार छन् शेर्पाहरु । बजारलाई कसरी उपभोग गर्न सकिन्छ भन्ने बुझेका छन् उनीहरुले । चेम्जोङ भन्छन् ुखुम्जुङ पर्यटकीय ठाउँ भएकाले व्यापारी तथा व्यवसायीको त्यो ठाउँमा आँखा लाग्नु स्वाभाविकै हो । तसर्थ बिक्रेताले भनेजति रुपैयाँ हालेर घर-जग्गा किन्ने जोकोही निक्लेलान् । त्यसो भयो भने वनसाङ्लोले घरसाङ्लो खेदेजस्तै अवस्था नहोला भन्न सकिन्न ।ु बाहिरबाट आएका व्यापारीबाट स्थानीय व्यापारी प्रभावित हुनुको भनेकै यहाँको स्थानीय अर्थतन्त्र तहसनहस हुनु हो । संस्कृति जोगाउने नाममा अन्य जातिलाई घर-जग्गा बेच्न नदिँदा गाउँमा आर्जेको सम्पत्ति गाउँबाहिर जाँदैन ।ु
फरकमत राख्नेहरुको भनाइ छ- खुम्जुङे शेर्पाहरुले बनाएको यस्ताखालको नियम जातीय एकाधिकारवाद हो । तर आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा। ओम गुरुङ भने यो भनाइसँस सहमत छैनन् । डा। गुरुङ भन्छन् ुआपुनो संस्कृति जोगाइराख्न पाउने अधिकार सबैलाई हुन्छ । संस्कृति जोगाउने नाममा स्थानीय नीति-नियम बनाएर जातीय पहिचान बचाउन खोज्दा कसरी जातीय एकाधिकारवाद हुन्छ ु
No comments:
Post a Comment