दीपेन्द्र राई
२०४० कात्तिकदेखि म टे्रकिङ मजदुरीमा हिँडेँ । पहिलोपटक नै १९००० फिट उचाइमा रहेको थोरङ पास जानुपर्ने भयो । काठमाडौंबाट तनहुँको डुम्रेसम्म बसमा गयौँ । त्यहाँबाट पैदल यात्रा सुरु हुन्थ्यो । तनहुँ पुगेपछि सरदारसँग पैसा मागेँ । पैसा थापेर नाम्लो किनेँ । त्यसपछि पर्यटकको भारी बोकेर उकालो लागियो । साथमा मजस्ता आठ-नौजना भरिया थिए ।
लमजुङको भोटेओडार हुँदै मस्र्याङ्दी नदी तरेर बाहुनडाँडा छिचोलेपछि मनाङको चामे पुगियो । त्यतिवेलै कहीँ नभएको हिउँ पर् यो । मसँग जुत्ता थिएन । जुत्ता नभएकाले थोरङ पास गर्न सकिँदैनथ्यो । जुत्ता किनुँ पैसाले नपुग्ने नकिनु गन्तव्यसम्म कसरी पुग्ने जुत्ता नभएपछि सरदारले मलाई चामेबाटै फर्काए । अमिलो मन पार्दै नाम्लो बोकेर म काठमाडौँ फर्किएँ ।
कसोकसो गरी मैले जुत्ता किनेँ । जुत्ता किन्दा संसार जितेजस्तो लाग्यो । मैले पर्यटकको भारी बोकेर एकपटक स्पेयर ब्वाई अतिरिक्त भरिया भएर दुईपटक र नौपटक सेर्पा गाइड गरी तीन वर्षमा बाह्रपटक थोरङ पास गरेँ । दिनको ३० रुपैयाँ पारिश्रमिक पाउने पर्यटक भरिया स्पेयर व्बाई हुँदै सेर्पा गाइड भएपछि मलाई केही सहज भयो आम्दानी र काम दुवै हिसाबले । भरियाले ३० किलोग्रामबराबरको भारी बोक्नुपर्ने नियम भए पनि सरदारले ५० केजी बढी तौलको भारी बोकाउँथे । र पनि कसैले केही बोल्नै सक्दैनथे । सेर्पा गाइड भएपछि ५० केजी तौलको भारी बोकेर पर्यटकको पछि लाग्ने मेरो थाप्लोले पालो पायो । अब मैले पर्यटकलाई ुदिस वे उस वेु भन्दै हिँड्नुपथ्र्याे । पाल टाँग्नु उठाउनु त छँदै छ ।
भरिया र स्पेयर ब्याईभन्दा ठूलो पद हो- सेर्पा गाइड । सेर्पा गाइडले अंग्रेजी भाषा जान्नैपर्छ । अंग्रेजी भाषा राम्रै भएकाले म छोटो समयमै सेर्पा गाइड भएँ । लाग्छ- अंग्रेजी भाषा राम्रै भएकाले नै त होला सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड टे्रकिङ जाँदा मैैले ुद इनिसियल टे्रकिङ इन नेपालु शीर्षाकृत नाटक लेखेर स्थानीय भेला पारी प्रदर्शन गरेको थिएँ । सेर्पा गाइडले पर्यटकका लागि पकाइएको खानासमेत खान पाउँछ । सेर्पा गाइडभन्दा माथि कुक र कुकभन्दा माथि सरदार हुन्छ । ०४४;४५ सालतिर सरदार हुनु भनेको प्रधानमन्त्री हुनुभन्दा गाह्रॊ मानिन्थ्यो ।
मैले टे्रकिङ मजदुर भएर नेपालको थुप्रै गाउँठाउँ घुमेको छु । मुस्ताङ पूर्वका गाउँठाउँ प्रायः घुमेँ । भरियाकै भेषमा नेपाली जनजीवन नजिकबाट नियाल्ने मौका मिल्यो । अन्नपूर्ण राउन्डमात्रै बाह्रपटक गरेँ । अन्नपूर्ण राउन्ड गर्दा पन्चासे घान्द्रुक लान्द्रुकतिर पर्यटक घुमाएको अनि ट्रेकिङ जाँदा आफैँ मादल बजाउँदै रेशम फिरिरी गीत गाएर पर्यटकलाई मनोराजन दिन गरेको प्रयास हिजैजस्तो लाग्छ ।
पर्यटकसँगै खाना खान पाउने भएपछि मैले एक पैसा पनि बाटोमा लिइनँ । सबै पैसा कार्यालयमै लिन्थेँ । बाटोमा पैसा लिनेले विसंगतितिर लागेर सिध्याउँथॆ । मलाई त्यसो गर्ने छुट थिएन । भदौमै मकै सकिने फागुनमै कोदोको खोलेसमेत खान नपाउने परिवारमा हुर्केको मैले आफ्नो पारिवारिक पृष्ठभूमि बिस्रन हुँदैनथ्यो । चार माना मकै पिँधेर दैनिक चार मुठीका दरले नाप्दै चारजनाको परिवारले आठ-दस दिन खानुपर्ने मेरो घरको बाध्यता थियो । त्यति गर्दा पनि केही नलागेपछि आमा र दिदीले जंगलबाट खोजिल्याउनुभएको गिठ्ठा-भ्याकुर पोलिखाई बाँचेका थियौँ । त्यसले पनि नपुगेपछि भकिम्लो र काभ्राको पात उसिनेर खोले बनाएर खाइबाँचेको म विसंगतितिर कसरी लाग्थेँ
टे्रकिङ र एक्सपिडिसन फरक-फरक काम हुन् । टे्रकिङ जाँदा ठाउँ हेरिन्छ । एक्सपिडिसन भनेको आरोहण गर्न जाने हो । तसर्थ आरोहण गर्नलाई गम्भीर मानिन्छ । त्यसमाथि विन्टर एक्सपिडिसन हिउँदे आरोहण ज्यादै गाह्रो काम हो । एक्सपिडिसन जाँदा हाइअल्टिच्युड लेक लाग्ने हुन्छ । त्यसबाट बच्न आवश्यक सामग्री भएन भने ठूलो समस्या आइपर्छ । बाटो तेसा्रे भए पनि त्यतिवेला लेक लागेर हिँड्नै सकिँदैन । यस्ता थुप्रै समस्या बेहोर्नुपर्छ ट्रेकिङ जाँदा । हिउँदे आरोहणमा मकालु संखुवासभा जाँदा यस्ता विकराल समस्या मैले पनि बेहोरेको छु । जीवनको पूरै तागत भएकाले नै होला त्यतिवेला खासै अप्ठ्यारो महसुस भएन ।
पोल्यान्डका पर्यटकसँग ०४४ कात्तिक जाँदो मंसिर लाग्दो मकालु आरोहणमा निक्ल्यौैँ । पर्यटक असाध्य रुखो स्वभावका थिए । मजदुरलाई हेप्थे । त्यतिवेला मैले मेलव्बाई चिट्ठी ओसारपसार को काम पाएको थिएँ । म मेलव्बाई भए पनि अतिरिक्त पैसा कमाउने लोभमा थाप्लो कुच्चिने गरी भारी बोक्थेँ । मकालु आरोहणका क्रममा हामी बास बसेको ठाउँदेखि मकालु हिमालको फेदीसम्म सामान पुर् याएबापत पाँच सय र पहिलो क्याम्पसम्म पुर् याउनेलाई साढे सात सय पारिश्रमिक दिइन्थ्यो । आफ्नो दायित्वअनुसारको तलब छुट्टैे थियो । घरको दुःख सम्झेर म काममा गधाझैँ जोतिएको थिएँ ।
![]() |
गोपाल किरातीक बायाँ र नेत्रविक्रम चन्द |
टे्रकिङ जाँदा पर्याप्त सामान नहुँदाको पीडा एकातिर सरदार र पर्यटकबाट हेपिनुको पीडा अर्काेतिर थियो । त्यसमाथि पर्वतारोहण क्षेत्रमा त्यतिवेला सेर्पा जातिले गैरसेर्पालाई यसले काम गर्न सक्दैन भन्ने दम्भ थियो । अहिले के छ थाहा छैन । त्यो दम्भसँग गैरसेर्पा जातिले लड्नपथ्र्याे । तसर्थ गैरसेर्पा जातिले जोखिमभन्दा जोखिम काम गर्न तयार हुनुपथ्र्याे । त्यसो गर्न सकिएन भने नैतिक संकटमा परिन्थ्यो । सम्बन्धित कामका लागि अयोग्य ठहरिन्थ्यो । यसरी थिचिनु किचिनुको पीडा खनिखोस्री साध्य छैन ।
मकालु आरोहण सकिएको थिएन । पुस अन्तिम र माघ लाग्दैतिर गु्रपलिडरले लेखेको चिट्ठी लिएर म एक्लै काठमाडौँ फर्कें । फर्कंदा संखुवासभामा पर्ने मुबुक ओडारमा बास बसेँ । बेलुका कहीँ नभएको हिउँ पर् यो । बिहान उठ्दा हिउँले ओडार बन्द थियो । ओडारबाट निक्लन खोजेँ सकिनँ । दुई दिन दुई रात ओडारमै सुतेर बिताएँ । दिसा-पिसाबसमेत ओडारभित्रै गरेँ । त्यतिवेला भोकभोकै हिँडेको ती दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ ।
टे्रकिङ जाँदा टिप्स पाइन्थ्यो । टिप्स भनेपछि मरिहत्ते गर्नेहरु ट्रेकिङ जाँदा तीनसेट कपडा बोकेर हिँड्थे । त्यसमध्ये एउटा पूरै फाटेको थोत्रो । त्यो लुगा लगाउँदा मुस्किलले लाज ढाक्थ्यो । अर्काे अर्धनो र तेस्रो राम्रैखालको लुगा हुन्थ्यो । यदि १५ दिनको टे्रकिङ गएको हो भने उनीहरु सुरुका पाँच दिन राम्रो कपडा लगाएर हिँड्थे । बीचको पाँच दिन अर्धनो र बाँकी ११ देखि १५ दिन सबैभन्दा थोत्रो लुगा लगाउँथे । यसको मतलब उनीहरुको आकांक्षा हुन्थ्यो- पर्यटकले आफ्नो दुःख देखोस् र राम्रा कपडा देओस् । मैले कहिल्यै त्यसो गरिनँ । बरु सिन्धुपाल्चोकको भैरवकुण्डबाट फर्कने क्रममा टिप्स लिन नमान्दा मलाई सरदारले हप्कीदप्की गरेका थिए । टिप्सका नाममा बाँडिने थोत्रो कपडाप्रति मलाई त्यति मोह थिएन । ुटिप्स लिए पनि नलिए पनि तँलाई कुहिरेको पुच्छरै भन्छन् क्यारेु भन्दै मलाई सरदारले त्यतिवेला गाली गरेको आज पनि बिस्रेको छैन । त्यतिवेला मैले टिप्स नलिँदा किन टिप्स नलिएको भनी सोध्नेलाई मैले भनेको थिएँ- मलाई यो थाङ्नामुङ्ना चाहिँदैन । मेरो उत्तर सुनेपछि हामीसँग भैरवकुण्ड गएका पर्यटकमध्येका प्रश्नकर्ताले मलाई टिप्सस्वरुप पाँच सय दिँदा मलाई गाली गर्ने सरदारसमेत तीनछक परेका थिए ।
ुव्यक्ति धनी भएर समाज धनी हुँदैन समाज धनी भएमा व्यक्ति स्वतः धनी हुन्छु भन्ने मैले सिकेको पहिलो माक्स्रवाद थियो । मैले जानेबुझेको माक्स्रवादअनुसार मैले पाएको टिप्स आफैँ राखेँ भने म धनी हुन्छु भन्ने डर मान्दै आफूले टिप्सस्वरुप पाएको कपडा साथीहरुलाई बाँड्थेँ ।
टे्रकिङ जाने क्रम जारी थियो । लाहुर जाने सपना देख्न छाडेको थिइनँ । गेटपास पाएर पोखरासम्म पुगेकै हुँ । सिम्मा उपन्यास पढेपछि लाहुर जाने मन मरेर आयो । त्यसपछि पढेर विद्वान् बन्ने लोभमा फसेँ । एक दिन निराजनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डार असनबाट ६ हजार रुपैयाँमा एक रिक्सा किताब किनेँ । किनेको किताब पढिसक्न ०४४ फागुनबाट ०४५ असारसम्म लाग्यो । माक्स्रवादी दर्शन पढ्न थालेपछि घरपरिवारमाथि बरोबर ध्यान दिने म आधाउधी निष्ठुर भइसकेको थिएँ । राजनीति बुभुदै गएपछि ०४५ सालदेखि ममा एकाएक परिवर्तन आयो । त्यहाँदेखि म राजनीतितिर लागेँ । बन्धकीमा परेको आमाको सुनको बुलाकी बुलाकी मावली हजुरबुबाले आमालाई दिनुभएको थियो धन कमाएर फर्काउँछु भनी संकल्प गरेको थिएँ । ६-६ हजारमा किताब किनेँ तर आमाको बुलाकी निखन्न भ्यागुताको धार्नी कहिल्यै पुगेन मेरा लागि । गाउँकै प्रधानपन्चको रिन बुझाउँदा रित्तिएको गोठ रित्तिएको रित्तियै भयो । साइँली दिदीले ल्याइदिनुभएको आठ सयको नेसनल पानासोनिक रेडियो अर्काकै घरमा घन्किरह्यो ।
No comments:
Post a Comment