दीपेन्द्र राई
जन्मेको सात वर्षपछि झमक घिमिरेले साउँअक्षर चिनिन् । कसैको प्रशिक्षणविना एकलव्य साधनाले घिमिरेले साउँअक्षर चिनेकी हुन् । उनले साउँअक्षर चिन्न थालेको तीन वर्षपछि मात्रै उनको घरपरिवारले थाहा पाए ।
साउँअक्षर छिचोल्न झमकलाई ठ्याम्मै वर्ष दिन लाग्यो । त्यो समय अवधिमा उनले कम्ती सास्ती भोग्नु परेन । अन्ततः उनले विक्रम सम्वत् २०४४ मा साउँअक्षर चिनिछाडिन् । भनिन् ुसाउँअक्षर छिचोल्दा धेरै कुरा सिकेजस्तो लागेको थियो । त्यसबेला युद्ध जितेर फर्केको सिपाहीभन्दा बढी खुसी र उत्साहित भएकी थिएँ ।ु
झमकका अनुसार उनले पहिलोपटक चिनेको व्याजन वर्ण ुकु हो । त्यसपछि उनले चिनिन्- ुऊ र ुवु । साउँअक्षर जानेर मात्रै पनि त भएन । शब्द र वाक्य जान्नुपर् यो । वाक्यगठनबारे ज्ञान नभई कसरी पढ्न र लेख्न सक्नु उनका लागि चुनौतीमाथि चुनौती थपिँदै गयॊ । त्यसैले उनले एउटा-एउटा अक्षर जोडेर त्यसको अर्थ लगाउन थालिन् । लामो समयको अभ्यासपछि उनलाई थाहा भो- अक्षर-अक्षरबाट शब्द बन्दो रहेछ । अक्षर-अक्षरबाट शब्द बन्छ भनेर थाहा पाउन उनले दुई-तीन वर्ष मेहनत गर्नुपरेको थियो ।
झमकको एकलव्य साधनाले मूलबाटो पहिल्याउँदै गयो । पढ्न सक्ने भइसकेकी उनले त्यतिन्जेल लेख्न पनि थालिसकेकी थिइन् । भनिन् ुधरतीलाई अभ्यास पुस्तिका खुट्टाका औँलालाई पे_िन्सल र इरेजर बनाएकी थिएँ । यो मेरो बाध्यता थियो ।ु निरन्तरको अभ्यासपछि उनले सहज रुपमा खुट्टाले लेख्न थालिन् । लेख्न सक्ने भएपछि विसं। ०५३ बाट साहित्यका विभिन्न विधामा कलम चलाउन थालिन् उनले । <br>
लेख्न त्यति सजिलो कहाँ थियो र । अध्ययन चिन्तन- मननविना साहित्य लेखिँदैन भन्ने भेउ पाएकी उनले आफ्नो अध्ययनलाई फराकिलो बनाउन थालिन् । साहित्यका विभिन्न विधामा कलम चलाउनअघि दर्शन राजनीतिशास्त्र धर्मग्रन्थ इतिहास विभिन्न साहित्यिक किताब र पत्रपत्रिका त्यो पनि उपलब्ध भएजति अध्ययन गरेपछि सो अध्ययनले उनलाई दृष्टिकोण बनाउन सघायो । त्यसो भएपछि लेख्ने विषयवस्तुको कमी भएन उनलाई । ुसुरुसुरुमा त म पनि लेख्न सक्छु भन्ने पटक्कै विश्वास थिएन । एकखालको हीनताबोध हुन्थ्यो । तर जब म १५÷१६ वर्षकी भएँ त्यसपछि मात्रै म पनि लेख्न सक्छु भन्ने आत्मविश्वास लाग्योु उनले भनिन् ुअब भने मलाई लेखक बन्छु भन्ने सतप्रतिशत विश्वास छ ।ु लेखेरै खान सक्ने हैसियत बनाएकी छन् उनले । आफैँले कमाएर बाँचेकीमा उनी अत्यन्तै गौरवान्वित छन् । हो नि- पसिनाको गीत गाएर खानुको आनन्द बेग्लै हुन्छ ।
लेख्न जान्ने भएपछि उनले पहिलोपटक कविता लेखेकी थिइन् । त्यो समयदेखि आजसम्म उनले लेख्न छाडेकी छैनन् । देब्रे खुट्टाको चोरऔँला र बूढीऔँलामा कलम च्यापेर लेख्ने झमकले आफूलाई चित्त नबुझेको साहित्यिक सिर्जना मात्रै होइन आलेखसमेत च्यातेर फाल्ने गर्छिन् । किन उनको सहज उत्तर थियो ुमैले लेखेको कुनै पनि साहित्यिक सिर्जना वा आलेखले मलाई त चित्त बुभुदैन भने पाठकलाई कसरी चित्त बुझ्ला त्यसैले च्यातेर फालिदिन्छु ।ु उनको यो कामले आज पनि निरन्तरता पाएकै छ । च्यातिने च्यातिएकै छन् । लेख्ने र च्यातिने क्रम चलिरहन्छ । पछिल्लो समय उनले कविता निबन्ध र उपन्यास लेख्दै आएकी छन् । भन्छिन् ुउपन्यासचाहिँ पाठकले पढ्न पाउनेमा शंका छ ।ु चित्रकारिता उनको मन पर्ने विषय हो । समय मिलाएर उनी चित्र पनि कोर्ने गर्छिन् ।
साहित्यका अलावा झमकले सातामा एउटा आलेख अनिवार्य रुपमा लेख्नैपर्छ । काठमाडौँबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा उनी ुआफ्नै परिवेशु नामक स्तम्भ लेख्छिन् । उनले साताको दुई घन्टा समय आलेख लेख्न छुट्टुउनुपर्छ । खुट्टाले लेखेर तयार भएको उनको आलेख कहिले बहिनी कहिले आमा त कहिले बुबाले सम्बन्धित पत्रिकाको कार्यालयसम्म पुर् याइदिन्छन् । अहिलेसम्म उनले खुट्टाले लेखेको गुरुकापी
मूलकापी नै पत्रिकाको कार्यालय पठाइने गरिन्छ । धनकुटा रहँदा भने आफूले लेखेको आलेख फ्याक्समार्फत पठाउने गरेको झमकले बताइन् ।
आफ्नो काम आफैँ गर्न मन पराउने झमक आपुूले गर्न सक्ने काम अरुको आस गर्दिनन् । लेख्नु त छँदै छ खुट्टाकै सहाराले उनले भात खाने ब्रस गर्ने रेडियो टीभी कम्प्युटर र बाकस खोल्ने गर्छिन् । किताब तथा कापी झिक्न र पल्टाउन उनलाई अरुको सहयोग चाहिँदैन । भन्छिन् ुमलाई आफ्नो काम अरुले गरिदिएको मन पर्दैन ।ु
उखानै बनेको छ- ुनेपाली भाषा जान्नेले जाउलोसम्म खान पाउँछन् भने अंग्रेजी जान्नेले भातु । उल्लिखित उखानले अंग्रेजी भाषाको महŒवलाई प्राथमिकतामा राखेको छ । झमकले उल्लिखित उखान सुनेकी थिइन् कि थिइनन् तर उनी अंग्रेजी भाषाको मह&;वबारे अनभिज्ञ थिइनन् भन्ने कुरा प्रस्ट छ । अंग्रेजी भाषाको महŒव थाहा भएकैले उनले अंग्रेजी सिकिन् । जम्माजम्मी तीन महिना अंग्रेजी भाषाको कक्षा लिए पनि सिकाइ त्यति प्रभावकारी नभएको उनले संकेत गरिन् । विविध कठिनाइका कारण महिनामा १२ दिन जति मात्रै उनले कक्षा लिन्थिन् । त्यो पनि एक घन्टाका दरले । यो वर्ष दिनअघिको कुरा हो । जति सिकिन् त्यो पनि उपलब्धिमूलक बनेको थियो । अंग्रेजी भाषा सिकेकाले नै उनको मोबाइल नम्बर ९८४२०७१२८८ मा आफन्त तथा शुभचिन्तकले पठाएको सन्देशको प्रतिउत्तर खुट्टाले टाइप गरेर सेन्ड गर्छिन् । अंग्रेजी भाषा सिक्ने मोह झन्झन् बढ्दै गएको उनी बताउँछिन् ।
झमक खुट्टाले लेख्ने मात्रै होइन कम्प्युटर पनि चलाउँछिन् । केही वर्षअघि उनले कम्प्युटर सिकेकी हुन् । ुसामान्य टाइप गर्न आउँछु उनले भनिन् ुकम्प्युटर प्रयोगमा ल्याए पनि इमेल इन्टरनेट भने सिकेकी छैन । सिक्ने रहर भने छ ।ु आखिर जीवन भन्नु नै सिकाइको शृंखला न हो ।
लेखनको अलावा अध्ययनलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने झमकले समाजशास्त्र र राजनीतिशास्त्र अध्ययन गरिरहेकी छन् । उनले परिकल्पना गरेको समाज र राजनीति कस्तो होला ती दुवै शास्त्र अध्ययन गरेपछि उनले कल्पना गरेको आदर्श समाज कहाँनजिक पाइन् भन्छिन् ुमैले कल्पना गरेको समाज निर्माण भएकै रहेनछ । मैले जुन समाजको परिकल्पना गरेकी छु त्यो समाजमा मलगायत समग्र मानव जातिको हितानुकूल हुनुपर्छ । मैले पढेको समाजशास्त्रले त्यो बोल्दैन ।ु समाजशास्त्र र राजनीतिशास्त्र अध्ययन गरेपछि उनले थाहा पाइन्- जहिले पनि राजनीतिले जनताका नाममा शासन गर्दाे रहेछ । जबसम्म यो क्रमले निरन्तरता पाउँछ तबसम्म त्यो भव्य र सभ्य समाजको परिकल्पना गर्न सकिँदैन ।
प्रत्येक सचेत नागरिकसँग राजनीतिक चेतना हुनुपर्छ । राजनीतिक चेत नहुने नागरिकले आफ्नो हक-अधिकार सुनिश्चित गर्न सक्दैन । झमकसँग राजनीतिक सुझबुझपूर्ण विवेक छ । उनको सरकारसँग केही लिनुदिनु छैन । सरकारसँग केही कुराको आस पनि गर्दिनन् उनी । चाहेर पनि सरकारसँग केही माग्ने छैनन् उनले । आफू शारीरिक रुपमा अशक्त भए पनि मैले कमजोर मानसिकता बनाएको छैन । त्यसैले उनले सहयोगको भिक्षा माग्नु छैन सरकारसँग र कहिल्यै माग्ने पनि छैन रे । सरकारसँग सहयोग माग्नुभन्दा सरकारको कमीकमजोरी खुट्टुउँदै उनले भनिन् ुसरकारले हामीलाई जहिले पनि गहना मात्रै ठान्यो तर अंगचाहिँ कहिल्यै ठानेन ।ु
धनसर कचिडे धनकुटा नगरपालिकाको २ नम्बर वडामा पर्छ । सोही गाउँमा विसं। ०३७ असार २१ गते झमकको जन्म भयो । उनका बुबा कृष्णबहादुर घिमिरे विभिन्न धार्मिक ग्रन्थ पढ्ने गर्थे । बुबाले रामायण पढेको झमक ध्यान दिएर सुन्थिन् । बुबाले पढेझैँ रामायण पढ्ने लोभको थियो उनलाई पनि । रामायण पढ्नलाई अक्षर चिन्नुपथ्र्याे । लगत्तै उनी लागिन् अक्षर चिन्ने अभियानमा । नभन्दै उनले पढ्न सक्ने भइन् । पढ्न जान्ने भएपछि उनले चार दिन लगाएर रामायण पढेकी थिइन् । रामायण पढ्दा उनलाई राक्षसप्रति सहानुभूति जाग्यो । भनिन् ुरामायणमा राक्षस पात्र रावणले राजा भएर आफ्ना जनतालाई आफूजस्तै क्षमतावान् बनाउन खोज्थ्यो । त्यसैले मलाई रावणप्रति सहानुभूति जाग्यो ।ु ुकल्पना त हो त्यो पनि कालीदासकोु यसो भन्दै उनी लामो हाँसो हाँसिन् ।
धनकुटाकी झमक काठमाडौं डेरा सरेकी छन् । उनको नाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठान खुलेको छ । सोही प्रतिष्ठानले झमक घिमिरेको जीवनीमा आधारित वृत्तचित्र निर्माणमा लागेको छ । केही समयअघि कवि अनिल पौडेलद्वारा निर्मित झमकको जीवनीमा आधारित १९ मिनेटको वृत्तचित्रलाई नै सम्पादन गरेर फेरि वृत्तचित्र बनाउन लागिएको हो ।
जन्मँदै शारीरिक रुपमा अशक्त झमक सात वर्षसम्म सुतिरहिन् । त्यसपछि मात्रै बस्नसम्म सक्ने भएकी हुन् । उनको दुवै हात राम्ररी चल्दैन । त्यसैले उनले गर्न सक्ने सबै काम खुट्टाले नै गर्ने गर्छिन् । शारीरिक रुपमा अशक्त भएर के भो र एउटा सांग मानिसको जस्तै सकि्रय र लोभलाग्दो जीवन बाँचेकी छन् उनले ।
जन्मेको सात वर्षपछि झमक घिमिरेले साउँअक्षर चिनिन् । कसैको प्रशिक्षणविना एकलव्य साधनाले घिमिरेले साउँअक्षर चिनेकी हुन् । उनले साउँअक्षर चिन्न थालेको तीन वर्षपछि मात्रै उनको घरपरिवारले थाहा पाए ।
साउँअक्षर छिचोल्न झमकलाई ठ्याम्मै वर्ष दिन लाग्यो । त्यो समय अवधिमा उनले कम्ती सास्ती भोग्नु परेन । अन्ततः उनले विक्रम सम्वत् २०४४ मा साउँअक्षर चिनिछाडिन् । भनिन् ुसाउँअक्षर छिचोल्दा धेरै कुरा सिकेजस्तो लागेको थियो । त्यसबेला युद्ध जितेर फर्केको सिपाहीभन्दा बढी खुसी र उत्साहित भएकी थिएँ ।ु
![]() |
झमक घिमिरे |

No comments:
Post a Comment