दीपेन्द्र राई
पिरो मनपराउनेहरु अकबरे खुसा्रनी भनेपछि हुरुक्क हुन्छन् । ग्यास्ट्रिक निको हुन्छ भन्दै अकबरे खुसा्रनी खानेहरु पनि कम छैनन् । अपवादलाई छाडेर यी दुवैथरिका खुसा्रनीप्रेमीले अकबरे खुसा्रनी सधैं किनेर खानुपर्छ ।
अकबरे खुसा्रनीविना श्रीमान् खाना खानै नबस्ने भएपछि मैतीदेवीकी नीरु राईले उपाय सुझाइन् । डेरामा बस्दै आएकी राईको करेसाबारी हुने कुरै भएन । तसर्थ गमलामै खुसा्रनी रोपिन् । दुई वर्षअघिदेखि गमलामै खुसा्रनी फलाउँदै आएकी उनले भनिन् ुगमलामा रोपेको खुसा्रनी फल्न थालेपछि वर्षमा ६ महिना त खुसा्रनी किन्नै पर्दैन ।ु


राईले गमलामै खुसा्रनी फलाएको देखेर मैतीदेवीकी शान्ति थापाले पनि उनै राईसँगैे खुसा्रनीको बेर्ना बिरुवा मागेर गमलामै रोपिन् । गर्जाे टार्नभन्दा घरको शोभा बढाउनका लागि खुसा्रनी रोपेको बताउने थापाले भनिन् ुरहरै-ंरहमा रोपेको खुसा्रनीले तीन÷चार महिना खुसा्रनी किन्नै पो परेन । पाँच सय रुपियाँ केजी पर्ने अकबरे खुसा्रनी किनेर खानुभन्दा आफैंले फलाएको खुसा्रनी खाँदाको मज्जा बेग्लै हुँदोरहेछ ।ु

प्रायःजसो फूल रोपिने गमलामा खुसा्रनी फलाएर गर्जाे टार्नेहरु बढ्दै गएका छन् । राई र थापाले गमलामा खुसा्रनी फलाएको देखेर नारायण थेबेले समेत त्यसै गर्न थालेका छन् । यो तरिका अपनाउनेले गमला किने पुग्छ । कतै खाली ठाउँबाट माटो उठाएर ल्याई गमलामा हालेर खुसा्रनी रोपे भयो । मलको चिन्ता गर्नै पर्दैन । कोठा चोटा र भान्छाघरबाट निक्लेको फोहोरलाई कुहाएर मल बनाई प्रयोग गर्न सकिन्छ । शान्ति थापाले भनिन् ुमैले त कुखुरा पालेको थिएँ त्यही कुखुराको सुली खुसा्रनीको बोटमा हालिदिएँ ।ु

काठमाडौं उपत्यकामा सबै घरबेटीको करेसाबारी हुँदैन । डेरामा बस्नेको झन् हुने कुरै भएन । करेसाबारी नभएर के भो त इच्छा भएपछि उपाय कति-कति । घर भएर पनि करेसाबारी नभएका थापा र डेरामा बस्दै आएका राई र थेबेले गमलामै फलाएर खुसा्रनीको गर्जाे टार्दै आएका छन् । भान्छामा भात पस्कन थालेपछि मात्रै उनीहरु गमलाबाट खुसा्रनी टिपेर ल्याई खान्छन् । राई भन्छिन् ुबजारबाट किनेर ल्याएकोभन्दा आफैंले फलाएको खुसा्रनीको स्वाद कति मिठो कति ।ु मिठो नहुनु पनि कसरी । कति दिनअघि टिपेर बजारसम्म ल्याइएका खुसा्रनी ओइलाइसकेको मात्रै होइन तिनलाई ताजा देखाउन विभिन्न किसिमका विषादी प्रयोग गरिएको हुन्छ भने गमलामा फलाइएको खुसा्रनी भात खानेबेला आवश्यकता अनुसार टिपे भयो । अनि स्वादिलो हुँदैन त आफैंले फलाएको अकबरे खुसा्रनी
पछिल्लो समयमा पूर्वााचलबाट काठमाडौं आउनेहरुले कोसेलीपातकै रुपमा अकबरे खुसा्रनी बोकेर आउन थालेका छन् । आफन्त पूर्वबाट काठमाडौं आउने जानकारी पाउनसाथ अकबरे खुसा्रनीचाहिँ नबिसर्ी ल्याउनु है भन्न पछि पर्दैनन् अकबरे खुसा्रनी मनपराउनेहरु ।
No comments:
Post a Comment