Friday, July 22, 2011

वर्ष : ५०, शैक्षिक याग्यता : १२ अध्ययनरत


(दीपेन्द्र राई)
 
नाम : मीनबहादुर ओली । ठेगाना : मुरु-४ रुकुम । उमेर : ५० । शैक्षिक योग्यता : १२ अध्ययनरत ।

‘समाज रुपान्तरणका लागि पढेको मानिसको भूमिका उल्लेख्य हुने भएकाले नै यो उमेरमा पढाइलाई निरन्तरता दिइरहेको छुु,’ पढाइको महत्त्व प्रस्ट पार्दै ओलीले भने, ‘म पढेको देखेर गाउँका पाँच वृद्ध पुनः पढ्न थालेका छन् ।’

मीनबहादुर ओली
साधारण उच्च माध्यमिक विद्यालय रुकुम शिक्षाशास्त्र संकायका विद्यार्थी उनले नौ कक्षामा पढ्दा-पढ्दै पढाइ छाडेका थिए । विक्रम सम्वत् २०३६ मा बहुदलमा लागेको भन्दै स्थानीय पूर्णबहादुर खड्कालगायतका नेताले सिकायत गरेपछि उनले अनावश्यक मुद्दा-मामिला खेप्नुपर् यो । लगत्तै उनको बुबाको मृत्यु भयो । त्यसकारण उनको पढाइ प्रभावित हुन पुग्यो ।

‘एकातिर बुबा बितेको शोक अर्काेतिर सरकारले ममाथि प्रत्यक्ष-अप्रत्यक्ष निगरानी राख्दै गयो । त्यसो भएपछि पढाइलाई निरन्तरता दिन सकिनँ,’ ओलीले भने । तसर्थ उनको पढाइ छुटेको छुट्यै भयो ।

सरकारले उनको गतिविधि नियालिरह्यो । ओली भने खेतीकिसानमै व्यस्त रहे । विसं। ०४२ मा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिए । ०४६/४७ मा मुरु गाउँ विकास समितिमा सकि्रय भूमिका निर्वाह गरेबापत उनले तात्कालिक मोटो मशालको सदस्यता पाए ।

आफू संलग्न रहेको पार्टी ०५२ देखि सशस्त्र विद्रोहमा लागेपछि उनी पनि भूमिगत भए । पार्टी शान्तिप्रकि्रयामा आएको दुई वर्षपछि उनले पुनः दस कक्षामा नाम लेखाए ।

०६५ मा पहिलोपटक प्रवेशिका परीक्षा एसएलसी मा सहभागी भएका उनी गणित अंग्रेजी र विज्ञान विषयमा असफल रहे । दोस्रोपटक ०६६ मा उनले एसएलसी पास गरे । अहिले ओलीकी छोरी स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् भने उनीचाहिँ १२ कक्षा । उनी माओवादीका जिल्लास्तरीय नेतासमेत हुन् ।
      

No comments:

Post a Comment