Tuesday, July 19, 2011

घुम्न जाउँ खोटाङ

-दीपेन्द्र राई
दिक्तेल बजार
आन्तरिक तथा बाह्य पर्यटक कहिलेदेखि खोटाङ आउन थाले तोकेरै भन्न सकिँदैन । किराती राजा साङ्खहाङले कलिगत २२४७ मा र अर्का किराती राजा येकेनहाङका जेठा छोरा लेमिङहाङले कलिगत २२९५ मा खोटाङको हलेसी महादेवको दर्शन गरेका थिए । बौद्ध धर्मका प्रसिद्ध भिक्ष्ा पद्मसम्भवले सातौँ शताब्दीमा हलेसीमै तपस्या गरेको बौद्ध धर्मसम्बन्धी प्राचीन ग्रन्थहरुमा उल्लेख छ । यिनै आधारमा भन्न सकिन्छ- निकै पहिलेदेखि नै कुनै न कुनै शीर्षकमा कोही न कोही खोटाङ आइपुगेका रहेछन् ।

अहिले खोटाङ आउने आन्तरिक तथा बाह्य पर्यटक बाक्लिँदै गएका छन् । प्राकृतिक सांस्कृतिक र धार्मिक पर्यटनको संगमस्थल मानिएकाले नै आन्तरिक तथा बाह्य पर्यटक खोटाङ आउन लोभिन्छन् । पूर्वका पशुपतिनाथको जिल्ला भनेर नाम चलेको खोटाङमा हलेसी महादेवस्थानका अलावा थुप्रै ऐतिहासिक प्राकृतिक धार्मिक तथा सांंंस्कृतिक मह8;व बोकेका पर्यटकीय स्थल छन् । खोटाङ आइपुगेका पर्यटकलाई ग्रामीण पदयात्रा गराउन प्रेरित गर्दै यहाँ रहेका ऐतिहासिक प्राकृतिक धार्मिक तथा सांंंस्कृतिक मह8;व बोकेको गाउँ-ठाउँ घुमाउन सके खोटाङमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।


बराहपोखरी
खोटाङ आइपुगेका जोकोहीलाई दुर्छिमको किनामा नुनथलाको चिया हलेसीको बदाम लामिडाँडा खार्पा रतन्छा राजापानी मात्तिम र याम्खाको सुन्तला अनि छितापोखरी खिदिमा र ऐंसेलुखर्कको आलु र गुन्द्रुकको अचारको स्वाद चखाउँदै विशुद्ध गाउँले खाना र खाजामा पल्काउँदै आन्तरिक तथा बाह्य पर्यटक खोटाङसम्म बोलाउन मेला महोत्सव नै आयोजना गरिरहन पर्दैन । जिल्लामा रहेको लामिडाँडा मनमाया राई र थामखर्क विमानस्थलले खोटाङ आउन चाहने पर्यटकको यात्रा सहज बनाइदिएको छ । तपाईं गाडीबाट खोटाङ आउँदै हुनुहुन्छ भने काठमाडौंबाट सिन्धुली हुँदै र उदयपुरको कटारीबाट ओखलढुंंगा हुँदै सीधै खोटाङ आउन सक्नुहन्छ । उदयपुरकै गाईघाट र सुनसरीको धरान धनकुटा र भोजपुरको चखेवाभन्ज्याङ हुँदै पनि खोटाङ आइपुग्न सकिन्छ । खोटाङ आइपुगेकाले हलेसीदेखि रावाखोला हुँदै सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्न सक्छन् ।

हलेसी ः  किरात बौद्ध र हिन्दू धर्मावलम्बीले विशेष ठाउँका रुपमा लिने गर्छन्- हलेसी महादेवस्थानलाई । हिन्दू धर्मावलम्बीले यो ठाउँलाई पूर्वको पशुपतिनाथसँग तुलना गर्ने गर्छन् भने किरात राई जातिको आदिम सभ्यता हलेसीसँग जोडिएको छ । त्यसो त बौद्ध भिक्ष्ा पद्मसम्भवले सातौँ शताब्दीमा यही ठाउँमा तपस्या गरेकाले बौद्ध धर्मावलम्बीले हलेसीलाई पवित्र तपोभूमि मान्दै आएका छन् ।

किराती राजा होलेसुङले सिकार खेल्दै जाँदा यो गुफा पत्ता लगाएकाले उनकै नामबाट गुफाको नामकरण गरिएको हो । होलसुङ अपभ्रंश हुँदै सरल भाषामा उच्चारण गर्दै जाँदा हलेसी भन्न थालिएको बताइन्छ । धार्मिक दृष्टिकोणले लुम्बिनी र पशुपतिनाथजत्तिकै प्रसिद्ध मानिने हलेसी सात;आठ सय वर्ष अघिदेखि अस्तित्वमा रहेको पुरातŒव विभागको सर्वेक्षणमा उल्लेख छ ।

तीन धर्मावलम्बीको पवित्र स्थलका रुपमा चिनिएको हलेसीले अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाएको छ । हलेसी महादेवको दर्शन गरे सन्तान नहुनेलाई सन्तान दिने दुष्टको संहार गर्ने खडेरीमा पानी दिने रोगीको रोग निर्मूल पार्ने पितृलाई पार तार्ने दीनदुःखीको कल्याण गर्ने र चिताएका कुरा पूरा हुने विश्वासमा कमी आएको छैन । ुछोरी-छोरी जन्मेपछि हलेसी महादेवको दर्शन गरेर पुत्रलाभको कामना गरेपछि भूटानका पूर्वनरेश जिग्मे सिङ्घे वाङ्चुकको जन्म भएको वाङ्चुककी आमाले हलेसी आउँदा बताएकी थिइन् ।

जापान प्रुान्स अमेरिका थाइल्यान्ड भूटान तिब्बत भारत र नेपालका विभिन्न ठाउँबाट हलेसी महादेवको दर्शन गर्न आउने गर्छन् । सालिन्दा रामनवमी शिवरात्रि बालाचतुर्दश्ाी र तीजमा यहाँ भव्य मेला लाग्छ ।  

तुवाचुङ ः किरात आदिम सभ्यता बोकेको ठाउँ हो- तुवाचुङ । आफ्नो उद्गमस्थल मान्ने तुवाचुङमा किरात राई जातिका आदिम पुर्खा तायामा ख्लियामा र खोचिलिप्पाले पहिलोपटक खेतीपाती गर्न थालेका थिए । कपासको खेती गर्दै तायामा ख्लियामा दिदीबहिनीले यही ठाउँमा खाँडी कपडा बुनेर कपडा उद्योग साचालनमा ल्याए । त्यस्तै खोचिलिप्पा तायामा र ख्लियामाका भाइले सुँगुरपालन गरेको प्रमाणका रुपमा सुँगुरखोरको भग्नावशेषस्वरुप केही ढुंगा अझै भेटिन्छन् । उल्लिखित लोककथा सुनेर यहाँसम्म आउनेहरु बढ्दै गएका छन् । किरात ऐतिहासिक मह&व बोकेको यो ठाउँको प्रचार-प्रसार गरेमा ऐतिहासिक पर्यटकीयस्थल बनाउन सकिनेछ ।  

साल्पापोखरी ः खोटाङ सोलुखुम्बु भोजपुर र संखुवासभाको सिमानामा पर्ने साल्पापोखरीलाई गंगा नदीको शिर मानिन्छ । त्यसैले यो पोखरीलाई पवित्र मानिएको हो । भनिन्छ- साल्पामा नुहाएपछि गंगामा नुहाउनु हुँदैन । यहाँ सालिन्दा दुईपटक मकर नुहाउने ठूलो मेला लाग्छ ।
साल्पापोखरी र खोटाङको बराहपोखरी दिदीबहिनी हुन् भन्ने किम्वदन्ती रहेको छ । साल्पापोखरी जाँदा बाटोमा थुप्रै स-साना पोखरी भेटिन्छन् । बाटोमा कालो रंगको पानी देखिने अचम्मको पोखरी छ । जसलाई हाँडीपोखरी भनिन्छ । ३६७२ मिटर उचाइमा रहेको साल्पापोखरीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सके खोटाङ सोलुखुम्बु भोजपुर र संखुवासभालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा पुग्नेछ ।
 
बराहपोखरी ः पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरी गाउँ विकास समितिको ६ नम्बर वडामा रहेको यो पोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । 
 
ट्याम्के ः  पूर्वााचलकै उचाइमा रहेको डाँडो हो- ट्याम्के । ३११० मिटर उचाइमा रहेको यहाँबाट हिमाल पहाड तराई नियाल्नुको आनन्द अरु केहीसँग तुलना गर्न सकिँदैन । यही ठाउँमा ३६५ फिट अग्लो ुगणतन्त्र टावरु बन्दै छ । अमेरिकाको लिबर्टी स्ट्याचु प्रुान्सको आइफल टावर र भारतको इन्डियागेट जस्तै महŒव राख्ने किरात गणराज्य स्मारकका रुपमा बन्दै गरेको सो टावर विश्वकै सबैभन्दा उचाइमा बन्दै गरेको टावर भनेर दाबी गरिएको छ ।

बन्दै गरेको टावरभित्र किराती सांस्कृतिक संग्रहालय पुस्तकालय मेडिकल हल सपिङ कम्प्लेक्स रेस्टुरेन्ट र दसवर्षे जनयुद्धको संस्मरण कक्ष बनाइने भएकाले ट्याम्के लोभलाग्दो पर्यटकीय स्थल बन्नेछ । टावर बनेपछि खोटाङमा हलेसीपछि दोस्रो ठूलो पर्यटकीय स्थल बन्नेछ ट्याम्के ।

रुपाकोट
रुपाकोट ः २३०० मिटर उचाइमा रहेको रुपाकोट जालपा खार्मी दिक्तेल र नेर्पा गाविसको शिर मानिन्छ । हिजोआज फुस्रद मिल्नसाथ रुपाकोट चढिहाल्छन् । नयाँ वर्षको अघिल्लो दिन नै रुपाकोट पुगी पुरानो वर्षको अन्तिम सूर्यास्त अवलोकन गरी मध्यरातसम्म नाचगान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्छन् खोटाङेहरु । रुपाकोटबाट धेरै बेरसम्म सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्न सकिन्छ ।

No comments:

Post a Comment