Tuesday, July 19, 2011

कपाल काटेको पारिश्रमिक एक मानो अन्न

नरेन्द्र राई कपाल काटिदिँदै
 दीपेन्द्र राई 
गाउँघरमा कपाल काटिदिनेले पारिश्रमिक कति पाउला  २५ ३० ४० वा ५० रुपैयाँ  सोताङ सोलुखुम्बुका नरेन्द्र राई ५७ ले कपाल काटिदिएबापत उल्लिखित रुपैयाँ पाउँदैनन् । पाउँछन् त केवल एक मानो अन्न ।
हुन त राईले एकपटक कपाल काटेको पारिश्रमिक ३० रुपैयाँ निर्धारण गरेका छन् । अनि दाह्री काटेको १५ रुपैयाँ ।  तर गाउँघरमा त्यति रुपैयाँ बुझाएर कपाल र दाह्री काट्ने हैसियत भएका हुन्छन् नै भन्ने छैन । तसर्थ उनले कपाल काटेको पारिश्रमिकस्वरुप अन्नसमेत लिँदै आएका छन् । राईले भनॆ ुसक्नेले रुपैयाँ दिन्छन् नसक्नेले एक मानो अन्न ।
 सोताङ-२ सोलुखुम्बुका नरेन्द्र राईले व्यावसायिक रुपमा कपाल काट्न थालेको १० वर्ष भयो । केयर नेपालले विक्रम सम्वत् २०५७ मा १५ दिने तालिम दिएपछि उनले गाउँघरका मानिसका कपाल र दाह्री काट्दै आएका हुन् । उनले भनॆ ुपहिले-पहिले पनि कपाल त काट्थेँ तालिम लिएपछि भने व्यावसायिक रुपमा कपाल काट्न थालेको हुँ । तालिम लिएपछि भने कपाल काट्न सजिलो भएको छ ।ु
ग्ााउँघरका अलावा उनले सोताङमा लाग्ने शनिबारे हटियामा पनि कपाल काट्न पुग्छन् । हटियामा भने कपाल काट्नले रुपैयाँ नै दिन्छन् भन्दै उनले भने ुकपाल काटिदिएबापत निकै अघि एक इन्सपेक्टरले ५० रुपैयाँ दिएका थिए । त्यतिवेला साह्रै खुसी लाग्यो ।ु हटियामा कपाल काट्ने जमिन ओगटेबापत साप्ताहिक रुपमा उनले बजार व्यवस्थापन समितिलाई पाँच रुपैयाँ कर बुझाउनुपर्छ ।
 कपाल काटेर नुन-तेलको जोहोसम्म गर्न सकेको बताउने राईलाई आफ्नो कपाल काट्न भने सधैँ समस्या पर्छ । कपाल काटिदिएर अरुलाई सहज बनाइदिए पनि आफ्नो कपाल काटिदिने मानिस पाउन मुस्किल पर्ने उनले बताए । कपाल काटिदिएबापत रुपैयाँ दिने चाहने बालबालिकादेखि वृद्धवृद्धा सबैबाट ३० रुपैयाँ लिँदै आएको छु । केटाकेटीको कपाल काट्न साह्रै अप्ठ्यारो हुने उनको अनुभव छ ।

No comments:

Post a Comment