Tuesday, July 19, 2011

नेपालभन्दा ४० वर्षअघि सोच्ने दार्जिलिङ

दार्जिलिङ
(दीपेन्द्र राई)
     माइमझुवा इलामकी रीता राराहाङ राई रेडियो फिक्कलमा काम गर्छिन् । दार्जिलिङ घुम्न जानकै लागि भनेर राईले आफू कार्यरत संस्थाबाट केही दिनका लागि बिदा स्वीकृत गराइन् । चार महिनाअघि दार्जिलिङ जान ठिक्क परे पनि उनी त्यता जान पाइनन् । साथीसाथी मिलेर दार्जिलिङ जान ठिक्क परेकै बेला केही साथीको बिदा नमिलेपछि रीताको दार्जिलिङ घुम्ने रहर पूरा भएन ।
     दार्जिलिङकै सीमावर्ती जिल्ला हो इलाम । इलामकी रीताजस्तै एकपटक दार्जिलिङ घुम्न जान रहर गर्ने कति होलान् कति । यात्रामा रमाउनेहरु भन्छन् ुदार्जिलिङ आजै पुगिहालौँ जस्तो लाग्छ ।ुदार्जिलिङ पुगेपछि घुम्नैपर्ने ठाउँ थुप्रै छन् । चौरस्ता बोटानिकल गार्डेन जापनिज टेम्पल नेचुरल हिस्ट्री म्युजियम जुलोजिकल पार्क बतासे पुल हिमालयन माउन्टेरिङ इ_िन्स्टच्युट गंगामाया पार्क फोक्सेरिङ चिया बगान रक गार्डेन र टाइगरहिल नपुगे यात्रा अधुरै हुन्छ । तपाईंसँग समय छ भने यहाँका पुराना गुम्बाहरु हेर्न नछुटाउनुहोला ।
     डाँडाकाँडा छिचोल्दै गुड्ने सानो रेल दार्जिलिङमा देख्न पाइन्छ । १३१ वर्षदेखि गुड्दै आएको यो रेल विश्वसम्पदा सूचीमा समेत परेको छ । त्यस्तै ४० हजार एकड जमिनमा चियाखेती गरिने दार्जिलिङमा ७५ चिया बगान छन् । चिया पिउने तर चियाबारे अनभिज्ञलाई यहाँका चिया बगान घुमाएर पर्यटकको बसाइ लम्ब्याउन सक्छ दार्जिलिङले ।
     यहाँका मुख्य पर्यटकीयस्थलमा एकजना मानिस ठूलो झोला बोकेर यताउता दौडिरहेका भेटिन्छन् । उनी हुन्- प्रकाश राई । ५० वर्षीय राईको झोलामा दौरा-सुरवाल चौबन्दी चोलो गुन्यु ढाकाटोपी नक्कली गहना र खुकुरी हुन्छ । उनी आफूसँग भएको पोसाक लगाएर पर्यटकलाई फोटो खिच्न अनुरोध गरिरहेका भेटिन्छन् । यदि फोटो खिच्ने रहर भए तपाईंले भारतीय ३० रुपैयाँ खर्च गर्न तयार हुनुपर्छ । फोटोग्राफर राईले भने ुकपडा लगाएको भाडा १० अनि फोटो खिचेर धुलाएबापत प्रतिफोटो २० रुपैयाँ लाग्छ ।ु २८ वर्षदेखि दार्जिलिङवरपर फोटो खिचेरै उनले जीविकोपार्जन गरिरहेका छन् ।
     चौरस्तामा रहेको भानुभक्तको सालिकको देब्रपटि बदाम चना केराउ र चटपटे बेच्न राखिएका हुन्छन् । बाहिरफेर निस्कँदा खान त्यति नरुचाउने तेह्रथुमका पूर्वसांसद विजय सुब्बाले १० वर्षअघि दार्जिलिङ घुमेको सम्झे ुचौरस्तामा मैले पनि चटपटे र पानपुरी खाएँ ।ु
     दार्जिलिङका फुटपाथे पसललेको व्यवहारले काठमाडौंको भृकुटीमन्डमा रहेको हङकङ बजारको झल्को दिन्छ । कति पनि फरक छैन यहाँ सामानको मोलतोल गर्ने शैली । भाउ नमिलेपछि एउटा पसलदेखि अर्काे पसल नपुगेसम्म बोलाउने प्रवृत्ति भृकुटीमन्डप बजारका व्यापारीसँग ठ्याक्कै मेल खान्छ ।
नेपालीहरु विभिन्न शीर्षकमा दार्जिलिङ पुगेका छन् । कोही घुमफिरका लागि त कोही कामको खोजीमा । कामकै खोजीमा दार्जिलिङ आइपुगेका थुप्रै नेपाली भेटिन्छन् । चरिकोट दोलखाका १२;१३ जनाका समूहले ठेलागाडामै बोकेर दार्जिलिङका सात सय घरधुरीका मानिसलाई पानी आपूर्ति गर्दै आएका छन् । दार्जिलिङ पहाडी भेगको बजार भएकाले सबै घरमा पानीट्यांकर जाने बाटो छैन । त्यसैले यहाँका सात सय घरधुरीलाई दोलखाका दाजुभाइले ढुंगेधाराको पानी आपूर्ति गर्दै आएका हुन् । उनीहरुका अनुसार सात सय घरधुरीलाई एक लाख लिटर पानी चाहिन्छ ।
     इलामेहरुका लागि दार्जिलिङ पानीपँधेरो भएको छ । यहाँको सदर अस्पतालमा स्वास्थोपचार गर्न आउने इलामेहरु बाक्लै भेटिन्छन् । स्वास्थोपचारका लागि बिहान दार्जिलिङ आएकाहरु बेलुका घरै फर्कन्छन् । पन्चकन्या फिक्कल श्रीअन्तु कन्याम गाउँ विकास समितिलगायत जिल्लाका कतिपय अभिभावकले आफ्ना छोराछोरी दार्जिलिङमै पढाउन मन पराउँछन् ।
     पूर्वराजा वीरेन्द्रको स्कुले जीवन दार्जिलिङमै बितेको हो । नेपाल भूटान र भारतका खानदानी परिवारका छोराछोरी हिजोआज पनि दार्जिलिङ पढ्दै छन् । बि्रटिस गोरखा सैनिकका छोराछोरी पढ्ने पढाइने रोज्जा ठाउँ दार्जिलिङ नै बनेको छ । एकताका बैरागी काइँला ईश्वर बल्लभलगायतका साहित्यिक सर्जकहरुले दार्जिलिङलाई नजिकबाट पढेका थिए । दार्जिलिङको प्रशंसा गर्दै नाटककार बालकृष्ण समले भनेका थिए ुआज दार्जिलिङले जे सोच्छ नेपालले त्यो कुरा ४० वर्षपछाडि मात्र सोच्छ ।ु
     परिवारमा दुख-बिमार पर्नसाथ इलामेहरु दार्जिलिङ दौडिहाल्छन् । धरान र काठमाडौं जानभन्दा दार्जिलिङ पुग्न नजिक पर्छ उनीहरुलाई । दार्जिलिङ गइरहने कन्याम- रन्जु साम्पाङले भनिन् ुहाम्रो त आफन्त नै दार्जिलिङमा हुनुहुन्छ । तसर्थ आइजाइ भइरहन्छ ।ु दार्जिलिङमा बाह्रैमास चिसो हावा चल्छ ।
     कन्याम इलामकी रन्जु दार्जिलिङ गइरहे पनि माइमझुवा इलामकी रीतालाई दार्जिलिङ जाने साइत जुरेको छैन । उनलाई दार्जिलिङ पुगेर मःमः खाने रहर छ । रीताले भनिन् ुदार्जिलिङमा गोरुको मासुको दामी मःमः पाइन्छ रे । दार्जिलिङ पुगेर ताइपो आलु अन्डा र प्याज लगाएर पकाइने एकप्रकारको परिकार खाने घोडा र डुंगा चढ्ने उस्तै रहर रीतालाई ।
     मेचीपारि नेपाली भाषी बसोबास गर्ने दार्जिलिङ सिक्किम मिरिक खसा्रङ कालेम्पोङमा नेपाली गीत घन्किरहेका सुनिन्छ । यहाँ गुड्ने गाडीमा समेत नेपाली गीत नै घन्किरहेको हुन्छ । खसा्रङ रेडियोबाट हिजोआज पनि नेपाली गीत उत्तिकै प्राथमिकतासाथ बजिरहेकै छन् ।
     भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले समेत मान्यता पाएको छ । त्यसैले दार्जिलिङमा नेपाली भाषा नै बोलिन्छ । यहाँ बोलिने अनौठो लवज विचित्रको छ । सिक्किम भारतको बाइसौं राज्य बने पनि दार्जिलिङका नेपाली भाषीले सय वर्षदेखि अलग गोरखाल्यान्ड राज्यको माग गर्दै आएका छन् । र पनि भारतीय सरकारले वास्ता गरेको छैन । इतिहासको कालखण्डमा कहिले नेपाल त कहिले सिक्किमको अधीनमा रहेको दार्जिलिङका नेपाली भाषा आन्दोलन गर्न थाकेका छैनन् । दार्जिलिङमा आन्दोलन हुँदा नेपालका साचार प्रकाशन;प्रसारण माध्यममा प्राथमिकसाथ समाचार प्रकाशन तथा प्रसारण हुँदै आएको छ ।

No comments:

Post a Comment