-दीपेन्द्र राई
सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेबाट पूर्वतिर हेर्दा थामसेर्कु कुसुमकङ्गारु आमडब्लम र विश्वकै छानो मानिने सगरमाथा आँखैअगाडि देखिन्छ । पश्चिमपट्टि हेरेमा देखिन्छ- थक्सेर्मु र फरिलाप्का । उत्तरतिर हेर्दा देखिन्छ खुम्बिला र तबुचे पिक भने दक्षिणमा कोङ्दे हिमालको मनोमोहक दृश्य ।
त्यही ठाउँमा बसेर ती दृश्यलाई रङ र कुचीको माध्यमबाट क्यानभासमा उतारिरहेका भेटिन्छन्- कलाकार भक्तबहादुर राई । तीन वर्ष भयो राईले एभरेष्ट आर्ट ग्यालरी खोली नाम्चेमा बसॆर खुम्बुका दृश्य क्यानभासमा उतार्न थालेको । यहीँ बसेर उनले पाँच सयको हाराहारीमा चित्र कोरिसकेका छन् । उनले कोरेका चित्रमा खुम्बुका हिमशृङ्खला पहाड गाउँघर स्थानीय बासिन्दाको ग्रामीण जीवनशैली कला संस्कृति र सांस्कृतिक सौन्दर्य देख्न सकिन्छ । अनि देख्न सकिन्छ- विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको तेङ्बोचे गुम्बा र पर्यटक भरियाकाको कारुणिक जिन्दगी । खुम्बुको ग्रामीण जनजीवनको यथार्थता पनि बोलेको छ उनले कोरेकॊ चित्रले ।
सोही ग्यालरीमा भेटिएका अमेरिकी पर्यटक भिक गौलेटले भने ुखुम्बु क्षेत्रको यथार्थता बुझ्न एभरेष्ट आर्ट ग्यालरीको चित्रकला हेरे काफी हुँदोरहेछ ।ु भिक गौलेटजस्ता चित्रकला पारखी विदेशी पर्यटक नै हुन् कलाकार राईका ग्राहक । उनी भन्छन् ुयहाँको मौसम गडबड हुनासाथ विदेशी पर्यटक समय सदुपयोग गर्न एभरेष्ट आर्ट ग्यालरी छिर्छन् । चित्रकलामै भए पनि खुम्बु क्षेत्रको दृश्य हेरेर उनीहरु पुलकित हुन्छन् ।ु
ुआपुूले रङ र कुचीसँग खेल्न सुरु गरेदेखि नै पर्यटकीय स्थलमा बसेर चित्र कोर्न थालेकोु उनले बताए । भनॆ ुअहिलेसम्म पोखराको बिरेठाँटी चितवनको सौराहा मुस्ताङको जोमसोममा बसेर त्यहाँको दृश्यलाई क्यानभास उतारिसकेको छु ।ु
नेपालको विभिन्न पर्यटकीयस्थलमा बसेर त्यहाँको दृश्यलाई क्यानभासमा उतारिसक्नुभएका उनै भक्तबहादुर राईले चित्रकारितासम्बन्धी औपचारिक शिक्षा भने लिएका छैनन् । सोलुखुम्बुको जुभिङ दिदमका बासिन्दा उनले विद्यालय पढ्दैदेखि चित्रकलासम्बन्धी मोह भएको बताए । त्यही मोहले निरन्तरता पाइरहेको छ । उनले नाम्चेको चिसो सिरेटोमा बसेर चित्र बनाउन छाडेका छैनन् अहिले पनि । बाल्यकालदेखिको चित्रकलासम्बन्धी त्यही मोह नै अहिले उनको व्यवसाय बनेको छ ।
No comments:
Post a Comment