Monday, July 25, 2011

सोलुखुम्बुको एम्बुलेन्स चन्द्रबहादुर


(दीपेन्द्र राई)
चन्द्रबहादुर नेपाली

जिल्लाको नेचा बेतघारी गाउँ विकास समितिमा कोही बिरामी हुनासाथ चन्द्रबहादुर नेपालीलाई बोलाउने गर्छन् । नेपाली न डाक्टर हुन् न धामीझाँक्री नै । तैपनि कोही बिरामी हुनासाथ  स्थानीय उनलाई बोलाउन बाध्य हुन्छन् ।

स्थानीयले उनलाई बोलाउनुका एउटै कारण हो- बिरामी बोकेर अस्पतालसम्म पुर्याउन । गाउँमा कोही बिरामी हुनासाथ स्थानीय उनलाई गुहार माग्ने गर्छन् । सहर-बजारमा एम्बुलेन्सले बिरामी बोक्ने गरे पनि सोलुखुम्बुको गाउँ–गाउँमा त्यो सुविधा छैन । सहर-बजारमा एम्बुलेन्सले बोक्ने बिरामी यहाँ चन्द्रबहादुर नेपालीले बोक्ने गर्छन् ।

बिरामी बोकेर अस्पतालसम्म पुर्याउने काम गर्दै आएकाले नै स्थानीयले चन्द्रबहादुर नेपालीलाई ‘गाउँको एम्बुलेन्स’ भन्ने गरेका हुन् । नेचा बेतघारी-७ थुम्कीका स्थानीय बुद्धिजीवी जितमान राई भन्छन्,
‘गाउँको नजिक अस्पताल छैन, कोही बिरामी पर्यो कि चन्द्रबहादुरलाई गुहार नमागी सुखै छैन ।’

साह्रो-गाह्रोमा बिरामी बोकेर अस्पतालसम्म पुर्याउने काम नै चन्द्रबहादुर नेपालीको पेसा बन्यो । नेपाली भन्छन्, ‘नेचा बेतघारी गाविसको मात्रै पाँच सयजना बिरामी बोकेर अस्पताल पुर्याइसकेको छु ।’ उनले बिरामी बोकेर हात लागेको पारिश्रमिकले दसजनाको परिवार पाल्दै आएका छन् ।

नेचा बेतघारीको मात्रै नभएर जिल्लाको पन्चन, सोताङ, मुक्ली, सल्यान र जुबु गाविसकाले पनि उनलाई बिरामी बोक्न बोलाउने गर्छन् । बाल्यकालदेखि नै भारी बोक्दै आएका उनले भने, ‘भारी बोक्नुभन्दा डोकोमा राखेर बिरामी बोक्न अप्ठ्यारो हुन्छ । बिरामीको अवस्था हेरेर हिँड्नुपर्ने हुन्छ । संवेदनशील बिरामी भए त खान त के ठाउँठाउँमा बिसाउनसम्म पाइँदैन ।’ बिरामीलाई डोकोमा बोकेर जिल्ला अस्पताल फाप्लु, ओखलढुंगा मिसन अस्पताल र उदयपुरको कटारीसम्म पुगेको बताउने उनले भने, ‘आजसम्म जति बिरामी बोकेँ त्यसमा दुईजनाको ज्यान गयो । बाँकी सबैलाई अस्पताल पुर्याएर सफल उपचारपछि बिरामी बोकेर घरसम्म ल्याएको छु ।’

Saturday, July 23, 2011

गमलामा खुरसानी


दीपेन्द्र राई
पिरो मनपराउनेहरु अकबरे खुसा्रनी भनेपछि हुरुक्क हुन्छन् । ग्यास्ट्रिक निको हुन्छ भन्दै अकबरे खुसा्रनी खानेहरु पनि कम छैनन् । अपवादलाई छाडेर यी दुवैथरिका खुसा्रनीप्रेमीले अकबरे खुसा्रनी सधैं किनेर खानुपर्छ ।

अकबरे खुसा्रनीविना श्रीमान् खाना खानै नबस्ने भएपछि मैतीदेवीकी नीरु राईले उपाय सुझाइन् । डेरामा बस्दै आएकी राईको करेसाबारी हुने कुरै भएन । तसर्थ गमलामै खुसा्रनी रोपिन् । दुई वर्षअघिदेखि गमलामै खुसा्रनी फलाउँदै आएकी उनले भनिन् ुगमलामा रोपेको खुसा्रनी फल्न थालेपछि वर्षमा ६ महिना त खुसा्रनी किन्नै पर्दैन ।ु

राईले गमलामै खुसा्रनी फलाएको देखेर मैतीदेवीकी शान्ति थापाले पनि उनै राईसँगैे खुसा्रनीको बेर्ना बिरुवा मागेर गमलामै रोपिन् । गर्जाे टार्नभन्दा घरको शोभा बढाउनका लागि खुसा्रनी रोपेको बताउने थापाले भनिन् ुरहरै-ंरहमा रोपेको खुसा्रनीले तीन÷चार महिना खुसा्रनी किन्नै पो परेन । पाँच सय रुपियाँ केजी पर्ने अकबरे खुसा्रनी किनेर खानुभन्दा आफैंले फलाएको खुसा्रनी खाँदाको मज्जा बेग्लै हुँदोरहेछ ।ु

प्रायःजसो फूल रोपिने गमलामा खुसा्रनी फलाएर गर्जाे टार्नेहरु बढ्दै गएका छन् । राई र थापाले गमलामा खुसा्रनी फलाएको देखेर नारायण थेबेले समेत त्यसै गर्न थालेका छन् । यो तरिका अपनाउनेले गमला किने पुग्छ । कतै खाली ठाउँबाट माटो उठाएर ल्याई गमलामा हालेर खुसा्रनी रोपे भयो । मलको चिन्ता गर्नै पर्दैन । कोठा चोटा र भान्छाघरबाट निक्लेको फोहोरलाई कुहाएर मल बनाई प्रयोग गर्न सकिन्छ । शान्ति थापाले भनिन् ुमैले त कुखुरा पालेको थिएँ त्यही कुखुराको सुली खुसा्रनीको बोटमा हालिदिएँ ।ु

काठमाडौं उपत्यकामा सबै घरबेटीको करेसाबारी हुँदैन । डेरामा बस्नेको झन् हुने कुरै भएन । करेसाबारी नभएर के भो त  इच्छा भएपछि उपाय कति-कति । घर भएर पनि करेसाबारी नभएका थापा र डेरामा बस्दै आएका राई र थेबेले गमलामै फलाएर खुसा्रनीको गर्जाे टार्दै आएका छन् । भान्छामा भात पस्कन थालेपछि मात्रै उनीहरु गमलाबाट खुसा्रनी टिपेर ल्याई खान्छन् । राई भन्छिन् ुबजारबाट किनेर ल्याएकोभन्दा आफैंले फलाएको खुसा्रनीको स्वाद कति मिठो कति ।ु मिठो नहुनु पनि कसरी । कति दिनअघि टिपेर बजारसम्म ल्याइएका खुसा्रनी ओइलाइसकेको मात्रै होइन तिनलाई ताजा देखाउन विभिन्न किसिमका विषादी प्रयोग गरिएको हुन्छ भने गमलामा फलाइएको खुसा्रनी भात खानेबेला आवश्यकता अनुसार टिपे भयो । अनि स्वादिलो हुँदैन त आफैंले फलाएको अकबरे खुसा्रनी

पछिल्लो समयमा पूर्वााचलबाट काठमाडौं आउनेहरुले कोसेलीपातकै रुपमा अकबरे खुसा्रनी बोकेर आउन थालेका छन् । आफन्त पूर्वबाट काठमाडौं आउने जानकारी पाउनसाथ अकबरे खुसा्रनीचाहिँ नबिसर्ी ल्याउनु है भन्न पछि पर्दैनन् अकबरे खुसा्रनी मनपराउनेहरु ।

Friday, July 22, 2011

वर्ष : ५०, शैक्षिक याग्यता : १२ अध्ययनरत


(दीपेन्द्र राई)
 
नाम : मीनबहादुर ओली । ठेगाना : मुरु-४ रुकुम । उमेर : ५० । शैक्षिक योग्यता : १२ अध्ययनरत ।

‘समाज रुपान्तरणका लागि पढेको मानिसको भूमिका उल्लेख्य हुने भएकाले नै यो उमेरमा पढाइलाई निरन्तरता दिइरहेको छुु,’ पढाइको महत्त्व प्रस्ट पार्दै ओलीले भने, ‘म पढेको देखेर गाउँका पाँच वृद्ध पुनः पढ्न थालेका छन् ।’

मीनबहादुर ओली
साधारण उच्च माध्यमिक विद्यालय रुकुम शिक्षाशास्त्र संकायका विद्यार्थी उनले नौ कक्षामा पढ्दा-पढ्दै पढाइ छाडेका थिए । विक्रम सम्वत् २०३६ मा बहुदलमा लागेको भन्दै स्थानीय पूर्णबहादुर खड्कालगायतका नेताले सिकायत गरेपछि उनले अनावश्यक मुद्दा-मामिला खेप्नुपर् यो । लगत्तै उनको बुबाको मृत्यु भयो । त्यसकारण उनको पढाइ प्रभावित हुन पुग्यो ।

‘एकातिर बुबा बितेको शोक अर्काेतिर सरकारले ममाथि प्रत्यक्ष-अप्रत्यक्ष निगरानी राख्दै गयो । त्यसो भएपछि पढाइलाई निरन्तरता दिन सकिनँ,’ ओलीले भने । तसर्थ उनको पढाइ छुटेको छुट्यै भयो ।

सरकारले उनको गतिविधि नियालिरह्यो । ओली भने खेतीकिसानमै व्यस्त रहे । विसं। ०४२ मा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिए । ०४६/४७ मा मुरु गाउँ विकास समितिमा सकि्रय भूमिका निर्वाह गरेबापत उनले तात्कालिक मोटो मशालको सदस्यता पाए ।

आफू संलग्न रहेको पार्टी ०५२ देखि सशस्त्र विद्रोहमा लागेपछि उनी पनि भूमिगत भए । पार्टी शान्तिप्रकि्रयामा आएको दुई वर्षपछि उनले पुनः दस कक्षामा नाम लेखाए ।

०६५ मा पहिलोपटक प्रवेशिका परीक्षा एसएलसी मा सहभागी भएका उनी गणित अंग्रेजी र विज्ञान विषयमा असफल रहे । दोस्रोपटक ०६६ मा उनले एसएलसी पास गरे । अहिले ओलीकी छोरी स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् भने उनीचाहिँ १२ कक्षा । उनी माओवादीका जिल्लास्तरीय नेतासमेत हुन् ।
      

सगरमाथाको काखमा आर्ट ग्यालरी


-दीपेन्द्र राई

सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेबाट पूर्वतिर हेर्दा थामसेर्कु कुसुमकङ्गारु आमडब्लम र विश्वकै छानो मानिने सगरमाथा आँखैअगाडि देखिन्छ । पश्चिमपट्टि हेरेमा देखिन्छ- थक्सेर्मु र फरिलाप्का । उत्तरतिर हेर्दा देखिन्छ खुम्बिला र तबुचे पिक भने दक्षिणमा कोङ्दे हिमालको मनोमोहक दृश्य ।

त्यही ठाउँमा बसेर ती दृश्यलाई रङ र कुचीको माध्यमबाट क्यानभासमा उतारिरहेका भेटिन्छन्- कलाकार भक्तबहादुर  राई । तीन वर्ष भयो राईले एभरेष्ट आर्ट ग्यालरी खोली नाम्चेमा बसॆर खुम्बुका दृश्य क्यानभासमा उतार्न थालेको । यहीँ बसेर उनले पाँच सयको हाराहारीमा चित्र कोरिसकेका छन् । उनले कोरेका चित्रमा खुम्बुका हिमशृङ्खला पहाड गाउँघर स्थानीय बासिन्दाको ग्रामीण जीवनशैली कला संस्कृति र सांस्कृतिक सौन्दर्य देख्न सकिन्छ । अनि देख्न सकिन्छ- विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको तेङ्बोचे गुम्बा र पर्यटक भरियाकाको कारुणिक जिन्दगी । खुम्बुको ग्रामीण जनजीवनको यथार्थता पनि बोलेको छ उनले कोरेकॊ चित्रले ।

सोही ग्यालरीमा भेटिएका अमेरिकी पर्यटक भिक गौलेटले भने ुखुम्बु क्षेत्रको यथार्थता बुझ्न एभरेष्ट आर्ट ग्यालरीको चित्रकला हेरे काफी हुँदोरहेछ ।ु भिक गौलेटजस्ता चित्रकला पारखी विदेशी पर्यटक नै हुन् कलाकार राईका ग्राहक । उनी भन्छन् ुयहाँको मौसम गडबड हुनासाथ विदेशी पर्यटक समय सदुपयोग गर्न एभरेष्ट आर्ट ग्यालरी छिर्छन् । चित्रकलामै भए पनि खुम्बु क्षेत्रको दृश्य हेरेर उनीहरु पुलकित हुन्छन् ।ु

ुआपुूले रङ र कुचीसँग खेल्न सुरु गरेदेखि नै पर्यटकीय स्थलमा बसेर चित्र कोर्न थालेकोु उनले बताए । भनॆ ुअहिलेसम्म पोखराको बिरेठाँटी चितवनको सौराहा मुस्ताङको जोमसोममा बसेर त्यहाँको दृश्यलाई क्यानभास उतारिसकेको छु ।ु

नेपालको विभिन्न पर्यटकीयस्थलमा बसेर त्यहाँको दृश्यलाई क्यानभासमा उतारिसक्नुभएका उनै भक्तबहादुर राईले चित्रकारितासम्बन्धी औपचारिक शिक्षा भने लिएका छैनन् । सोलुखुम्बुको जुभिङ दिदमका बासिन्दा उनले विद्यालय पढ्दैदेखि चित्रकलासम्बन्धी मोह भएको बताए । त्यही मोहले निरन्तरता पाइरहेको छ । उनले नाम्चेको चिसो सिरेटोमा बसेर चित्र बनाउन छाडेका छैनन् अहिले पनि । बाल्यकालदेखिको चित्रकलासम्बन्धी त्यही मोह नै अहिले उनको व्यवसाय बनेको छ । 


जुत्ता नहुँदा अयोग्य

दीपेन्द्र राई


२०४० कात्तिकदेखि म टे्रकिङ मजदुरीमा हिँडेँ । पहिलोपटक नै १९००० फिट उचाइमा रहेको थोरङ पास जानुपर्ने भयो । काठमाडौंबाट तनहुँको डुम्रेसम्म बसमा गयौँ । त्यहाँबाट पैदल यात्रा सुरु हुन्थ्यो । तनहुँ पुगेपछि सरदारसँग पैसा मागेँ । पैसा थापेर नाम्लो किनेँ । त्यसपछि पर्यटकको भारी बोकेर उकालो लागियो । साथमा मजस्ता आठ-नौजना भरिया थिए ।

लमजुङको भोटेओडार हुँदै मस्र्याङ्दी नदी तरेर बाहुनडाँडा छिचोलेपछि मनाङको चामे पुगियो । त्यतिवेलै कहीँ नभएको हिउँ पर् यो । मसँग जुत्ता थिएन । जुत्ता नभएकाले थोरङ पास गर्न सकिँदैनथ्यो । जुत्ता किनुँ पैसाले नपुग्ने नकिनु गन्तव्यसम्म कसरी पुग्ने  जुत्ता नभएपछि सरदारले मलाई चामेबाटै फर्काए । अमिलो मन पार्दै नाम्लो बोकेर म काठमाडौँ फर्किएँ । 

कसोकसो गरी मैले जुत्ता किनेँ । जुत्ता किन्दा संसार जितेजस्तो लाग्यो । मैले पर्यटकको भारी बोकेर एकपटक स्पेयर ब्वाई अतिरिक्त भरिया भएर दुईपटक र नौपटक सेर्पा गाइड गरी तीन वर्षमा बाह्रपटक थोरङ पास गरेँ । दिनको ३० रुपैयाँ पारिश्रमिक पाउने पर्यटक भरिया स्पेयर व्बाई हुँदै सेर्पा गाइड भएपछि मलाई केही सहज भयो आम्दानी र काम दुवै हिसाबले । भरियाले ३० किलोग्रामबराबरको भारी बोक्नुपर्ने नियम भए पनि सरदारले ५० केजी बढी तौलको भारी बोकाउँथे । र पनि कसैले केही बोल्नै सक्दैनथे । सेर्पा गाइड भएपछि ५० केजी तौलको भारी बोकेर पर्यटकको पछि लाग्ने मेरो थाप्लोले पालो पायो । अब मैले पर्यटकलाई ुदिस वे उस वेु भन्दै हिँड्नुपथ्र्याे । पाल टाँग्नु उठाउनु त छँदै छ ।

भरिया र स्पेयर ब्याईभन्दा ठूलो पद हो- सेर्पा गाइड । सेर्पा गाइडले अंग्रेजी भाषा जान्नैपर्छ । अंग्रेजी भाषा राम्रै भएकाले म छोटो समयमै सेर्पा गाइड भएँ । लाग्छ- अंग्रेजी भाषा राम्रै भएकाले नै त होला सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड टे्रकिङ जाँदा मैैले ुद इनिसियल टे्रकिङ इन नेपालु शीर्षाकृत नाटक लेखेर स्थानीय भेला पारी प्रदर्शन गरेको थिएँ । सेर्पा गाइडले पर्यटकका लागि पकाइएको खानासमेत खान पाउँछ । सेर्पा गाइडभन्दा माथि कुक र कुकभन्दा माथि सरदार हुन्छ । ०४४;४५ सालतिर सरदार हुनु भनेको प्रधानमन्त्री हुनुभन्दा गाह्रॊ मानिन्थ्यो ।

मैले टे्रकिङ मजदुर भएर नेपालको थुप्रै गाउँठाउँ घुमेको छु । मुस्ताङ पूर्वका गाउँठाउँ प्रायः घुमेँ । भरियाकै भेषमा नेपाली जनजीवन नजिकबाट नियाल्ने मौका मिल्यो । अन्नपूर्ण राउन्डमात्रै बाह्रपटक गरेँ । अन्नपूर्ण राउन्ड गर्दा पन्चासे घान्द्रुक लान्द्रुकतिर पर्यटक घुमाएको अनि ट्रेकिङ जाँदा आफैँ मादल बजाउँदै रेशम फिरिरी गीत गाएर पर्यटकलाई मनोराजन दिन गरेको प्रयास हिजैजस्तो लाग्छ । 

पर्यटकसँगै खाना खान पाउने भएपछि मैले एक पैसा पनि बाटोमा लिइनँ । सबै पैसा कार्यालयमै लिन्थेँ । बाटोमा पैसा लिनेले विसंगतितिर लागेर सिध्याउँथॆ । मलाई त्यसो गर्ने छुट थिएन । भदौमै मकै सकिने फागुनमै कोदोको खोलेसमेत खान नपाउने परिवारमा हुर्केको मैले आफ्नो पारिवारिक पृष्ठभूमि बिस्रन हुँदैनथ्यो । चार माना मकै पिँधेर दैनिक चार मुठीका दरले नाप्दै चारजनाको परिवारले आठ-दस दिन खानुपर्ने मेरो घरको बाध्यता थियो । त्यति गर्दा पनि केही नलागेपछि आमा र दिदीले जंगलबाट खोजिल्याउनुभएको गिठ्ठा-भ्याकुर पोलिखाई बाँचेका थियौँ । त्यसले पनि नपुगेपछि भकिम्लो र काभ्राको पात उसिनेर खोले बनाएर खाइबाँचेको म विसंगतितिर कसरी लाग्थेँ

टे्रकिङ र एक्सपिडिसन फरक-फरक काम हुन् । टे्रकिङ जाँदा ठाउँ हेरिन्छ । एक्सपिडिसन भनेको आरोहण गर्न जाने हो । तसर्थ आरोहण गर्नलाई गम्भीर मानिन्छ । त्यसमाथि विन्टर एक्सपिडिसन हिउँदे आरोहण ज्यादै गाह्रो काम हो । एक्सपिडिसन जाँदा हाइअल्टिच्युड लेक लाग्ने हुन्छ । त्यसबाट बच्न आवश्यक सामग्री भएन भने ठूलो समस्या आइपर्छ । बाटो तेसा्रे भए पनि त्यतिवेला लेक लागेर हिँड्नै सकिँदैन । यस्ता थुप्रै समस्या बेहोर्नुपर्छ ट्रेकिङ जाँदा । हिउँदे आरोहणमा मकालु संखुवासभा जाँदा यस्ता विकराल समस्या मैले पनि बेहोरेको छु । जीवनको पूरै तागत भएकाले नै होला त्यतिवेला खासै अप्ठ्यारो महसुस भएन ।

पोल्यान्डका पर्यटकसँग ०४४ कात्तिक जाँदो मंसिर लाग्दो मकालु आरोहणमा निक्ल्यौैँ । पर्यटक असाध्य रुखो स्वभावका थिए । मजदुरलाई हेप्थे । त्यतिवेला मैले मेलव्बाई चिट्ठी ओसारपसार को काम पाएको थिएँ । म मेलव्बाई भए पनि अतिरिक्त पैसा कमाउने लोभमा थाप्लो कुच्चिने गरी भारी बोक्थेँ । मकालु आरोहणका क्रममा हामी बास बसेको ठाउँदेखि मकालु हिमालको फेदीसम्म सामान पुर् याएबापत पाँच सय र पहिलो क्याम्पसम्म पुर् याउनेलाई साढे सात सय पारिश्रमिक दिइन्थ्यो । आफ्नो दायित्वअनुसारको तलब छुट्टैे थियो । घरको दुःख सम्झेर म काममा गधाझैँ जोतिएको थिएँ । 

गोपाल किरातीक बायाँ र नेत्रविक्रम चन्द  

टे्रकिङ जाँदा पर्याप्त सामान नहुँदाको पीडा एकातिर सरदार र पर्यटकबाट हेपिनुको पीडा अर्काेतिर थियो । त्यसमाथि पर्वतारोहण क्षेत्रमा त्यतिवेला सेर्पा जातिले गैरसेर्पालाई यसले काम गर्न सक्दैन भन्ने दम्भ थियो । अहिले के छ थाहा छैन । त्यो दम्भसँग गैरसेर्पा जातिले लड्नपथ्र्याे । तसर्थ गैरसेर्पा जातिले जोखिमभन्दा जोखिम काम गर्न तयार हुनुपथ्र्याे । त्यसो गर्न सकिएन भने नैतिक संकटमा परिन्थ्यो । सम्बन्धित कामका लागि अयोग्य ठहरिन्थ्यो । यसरी थिचिनु किचिनुको पीडा खनिखोस्री साध्य छैन ।

मकालु आरोहण सकिएको थिएन । पुस अन्तिम र माघ लाग्दैतिर गु्रपलिडरले लेखेको चिट्ठी लिएर म एक्लै काठमाडौँ फर्कें । फर्कंदा संखुवासभामा पर्ने मुबुक ओडारमा बास बसेँ । बेलुका कहीँ नभएको हिउँ पर् यो । बिहान उठ्दा हिउँले ओडार बन्द थियो । ओडारबाट निक्लन खोजेँ सकिनँ । दुई दिन दुई रात ओडारमै सुतेर बिताएँ । दिसा-पिसाबसमेत ओडारभित्रै गरेँ । त्यतिवेला भोकभोकै हिँडेको ती दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ ।

टे्रकिङ जाँदा टिप्स पाइन्थ्यो । टिप्स भनेपछि मरिहत्ते गर्नेहरु ट्रेकिङ जाँदा तीनसेट कपडा बोकेर हिँड्थे । त्यसमध्ये एउटा पूरै फाटेको थोत्रो । त्यो लुगा लगाउँदा मुस्किलले लाज ढाक्थ्यो । अर्काे अर्धनो र तेस्रो राम्रैखालको लुगा हुन्थ्यो । यदि १५ दिनको टे्रकिङ गएको हो भने उनीहरु सुरुका पाँच दिन राम्रो कपडा लगाएर हिँड्थे । बीचको पाँच दिन अर्धनो र बाँकी ११ देखि १५ दिन सबैभन्दा थोत्रो लुगा लगाउँथे । यसको मतलब उनीहरुको आकांक्षा हुन्थ्यो- पर्यटकले आफ्नो दुःख देखोस् र राम्रा कपडा देओस् । मैले कहिल्यै त्यसो गरिनँ । बरु सिन्धुपाल्चोकको भैरवकुण्डबाट फर्कने क्रममा टिप्स लिन नमान्दा मलाई सरदारले हप्कीदप्की गरेका थिए । टिप्सका नाममा बाँडिने थोत्रो कपडाप्रति मलाई त्यति मोह थिएन । ुटिप्स लिए पनि नलिए पनि तँलाई कुहिरेको पुच्छरै भन्छन् क्यारेु भन्दै मलाई सरदारले त्यतिवेला गाली गरेको आज पनि बिस्रेको छैन । त्यतिवेला मैले टिप्स नलिँदा किन टिप्स नलिएको भनी सोध्नेलाई मैले भनेको थिएँ- मलाई यो थाङ्नामुङ्ना चाहिँदैन । मेरो उत्तर सुनेपछि हामीसँग भैरवकुण्ड गएका पर्यटकमध्येका प्रश्नकर्ताले मलाई टिप्सस्वरुप पाँच सय दिँदा मलाई गाली गर्ने सरदारसमेत तीनछक परेका थिए ।

ुव्यक्ति धनी भएर समाज धनी हुँदैन समाज धनी भएमा व्यक्ति स्वतः धनी हुन्छु भन्ने मैले सिकेको पहिलो माक्स्रवाद थियो । मैले जानेबुझेको माक्स्रवादअनुसार मैले पाएको टिप्स आफैँ राखेँ भने म धनी हुन्छु भन्ने डर मान्दै आफूले टिप्सस्वरुप पाएको कपडा साथीहरुलाई बाँड्थेँ ।

टे्रकिङ जाने क्रम जारी थियो । लाहुर जाने सपना देख्न छाडेको थिइनँ । गेटपास पाएर पोखरासम्म पुगेकै हुँ । सिम्मा उपन्यास पढेपछि लाहुर जाने मन मरेर आयो । त्यसपछि पढेर विद्वान् बन्ने लोभमा फसेँ । एक दिन निराजनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डार असनबाट ६ हजार रुपैयाँमा एक रिक्सा किताब किनेँ । किनेको किताब पढिसक्न ०४४ फागुनबाट ०४५ असारसम्म लाग्यो । माक्स्रवादी दर्शन पढ्न थालेपछि घरपरिवारमाथि बरोबर ध्यान दिने म आधाउधी निष्ठुर भइसकेको थिएँ । राजनीति बुभुदै गएपछि ०४५ सालदेखि ममा एकाएक परिवर्तन आयो । त्यहाँदेखि म राजनीतितिर लागेँ । बन्धकीमा परेको आमाको सुनको बुलाकी बुलाकी मावली हजुरबुबाले आमालाई दिनुभएको थियो धन कमाएर फर्काउँछु भनी संकल्प गरेको थिएँ । ६-६ हजारमा किताब किनेँ तर आमाको बुलाकी निखन्न भ्यागुताको धार्नी कहिल्यै पुगेन मेरा लागि । गाउँकै प्रधानपन्चको रिन बुझाउँदा रित्तिएको गोठ रित्तिएको रित्तियै भयो । साइँली दिदीले ल्याइदिनुभएको आठ सयको नेसनल पानासोनिक रेडियो अर्काकै घरमा घन्किरह्यो । 

साल्पापोखरीको सौन्दर्य


(दीपेन्द्र राई)

सल्पापोखरी  । तस्बिर सौजन्य : राजेश राई
सिलिचुङ । पूर्वााचलकै सबैभन्दा अग्लो थुम्कॊ । यो थुम्कॊ खोटाङ भोजपुर संखुवासभा र सोलुखुम्बुको संगमस्थल पनि हो । समुद्र सतहबाट ४१५३ मिटर उचाइमा रहेको यो थुम्कोको काखैमा रहेको छ- साल्पापोखरी ।

दोभाने-८ भोजपुरमा रहेको यो पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सके खोटाङ भोजपुर संखुवासभा र सोलुखुम्बुवासीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । धार्मिक सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेको यो पोखरी सबै धर्मावलम्बीका लागि उत्तिकै पवित्र मानिन्छ । 

‘मैले देखेको नेपाल’ किताबमा डा. हर्क गुरुङले लेखेका छन्- साल्पा सबै धर्म-समुदायको सांस्कृतिक संगमस्थल रहेछ मैले पहिलोपटक यस्तो ठाउँको भ्रमण गरेँ । त्यस्तो ठाउँ भएर नै होला वर्षैभरि स्वदेशी तथा विदेशी कोही न कोही साल्पापोखरी पुगिरहेका हुन्छन् । कुलुङ राई भाषामा सल्पा भनेको लाम्चो हुन्छ । लाम्चो भएकाले नै यस पोखरीलाई सल्पापोखरी भन्ने गरिएको । सल्पापोखरीलाई पछि साल्पापोखरी भन्न थालिएको हो ।

साल्पापोखरीलाई गंगा नदीको शिर हो भनिन्छ  । धर्मभीरुहरु गंगाभन्दा साल्पापोखरीलाई चोखो मान्छन् । त्यसैले होला गंगामा नुहाउसकेपछि साल्पामा नुहाउनैपर्ने किम्वदन्ती रहेको छ । भनिन्छ, ‘साल्पामा नुहाएपछि गंगामा नुहाउन हुँदैन ।’ वर्षमा यहाँ दुईपटक मकर नुहाउने मेला लाग्छ । यहाँ एकपटक नुहाइसकेपछि अनिवार्य रुपमा तीनपटकसम्म नुहाउनुपर्ने मान्यता रहिआएको छ ।

साल्पापोखरी जाँदा बाटोमा थुप्रै स-साना पोखरी भेटिन्छन् । धर्मभीरुहरु यी सबै पोखरीमा देउताले बास गरेको सम्झँदै नुहाउने गर्छन् । तिनै स-साना पोखरीमध्ये कालो रंगको एउटा पोखरी पनि देखिन्छ । त्यही कालो रंगको पोखरीलाई हाँडीपोखरी पोखरीको नामले चिनिन्छ । जुन पोखरी साल्पाको सौता हो भनेको हामीले पनि सुनेका हौँ भन्दै स्थानीय बताउँछन् । जोकोहीले साल्पापोखरी तीनपटक परिक्रमा गरे पाप काटिने विश्वास रहिआएको छ । तसर्थ, स्वदेश तथा विदेशबाट बाबुआमा लिएर साल्पापोखरी पुग्ने छोराछोरी बाक्लै भेटिन्छन् ।

तीनपटक साल्पापोखरी पुगेका साचारकर्मी राजेश राई भन्छन्, ‘केही गर्न नसके पनि साल्पापोखरी पुर्याएर बाबुआमालाई तीनपटक परिक्रमा गराए ती छोराछोरीले दूधको भारा चुक्ता गरेको ठहरिन्छ ।’ साल्पापोखरीमा नुहाउँदा चिताएको कुरा पूरा हुने विश्वासमा हिजोआज पनि कमी आएको छैन । 

धार्मिकमात्रै होइन, साल्पाको सांस्कृतिक महत्त्व पनि त्यत्तिकै रहेको छ । धामीझाँक्रीले साल्पापोखरीलाई आफ्नो उत्पत्ति थलोका रुपमा मान्दै आएका छन् । सिलिचुङवरिपरि नै आफ्ना गुरुले बास गर्ने गरेको धामीझाँक्रीको विश्वास छ । आफ्नो उत्पत्ति थलो र आफ्ना गुरु यहीँ बसोबास गर्ने भएकाले नै उनीहरु सालिन्दा साल्पा पुगी गुरुसँग आशिर्वचनका साथै शक्ति लिने गर्छन् । धामीझाँक्रीको मेला लाग्ने ठाउँ भनेर पनि चिनिन्छ साल्पापोखरीलाई ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको साल्पाले प्राकृतिक रुपमा पनि त्यत्तिकै प्रसिद्धि पाएको छ । साल्पा र सिलिचुङको अन्योन्याश्रित सम्बन्ध छ । साल्पालाई कख्याएर राखेको सिलिचुङ त्यत्तिकै गौरवान्वित थुम्को हो । जुन थुम्कोबाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथामात्रै देखिँदैन, नेपालकै सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन पनि यहीँबाट देखिन्छ । यही थुम्कोबाट मकालु, कुम्भकर्ण, कञ्चनजंघा आँखैअगाडि देखिँदा त्यतैतिर क्यामेरा सोझ्याउनेहरु हतारिएका हुन्छन् । अनि यहीँबाट प्रस्ट र धेरै समय सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्नसमेत पाइन्छ ।
सल्पापोखरी  । 
यहाँ १३ भन्दा बढी प्रजातिको गुराँस पाइन्छन् । एउटै थुम्कोलाई १३ भन्दा प्रजातिको गुराँसले सिँगारेको छ । वसन्त ऋतुमा गुराँसको सुगन्धले बाटो काट्न सहज बनाउँछ । गुराँसको अलावा सुनपाती, भैरुङपाती, चिमाल, तोलिन्दा वनैभरि देख्न सकिन्छ । यही ठाउँमा सिन्कौली, चिराइतो, जिम्बु, सतुवा, पाखनवेद, पाँचऔँलेजस्ता जडीबुटी पाइन्छन् । यी जडीबुटी बजार अभावमा त्यत्तिकै खेर गइहेका छन् ।

स्थानीय दौलत राई भन्छन्, ‘साल्पापोखरीलाई धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो भनेर चिनाउन लागिपरेका छौँ ।’ साल्पालाई पर्यटकीय गन्तव्य बनाउन साचारकर्मी शाहीमान राईले साल्पा-सिलिचुङ वृत्तचित्र निर्माण गरेका छन् । साल्पालाई पर्यटकीय गन्तव्य बनाउन सके यहाँ उत्पादित छुर्पी, सेरग्याम, चौरी र भेडाको घीउ, भीरमौरीको मह र कुरौनीले बजार पाउनेछ । यहाँ आइपुगेका जोकोहीले कोसेलीका रुपमा मात्रै भए पनि केही न केही किनिदिए स्थानीय किसानका पसिनाले मूल्य पाउनेछ । साथसाथै यहाँका आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई आदिवासी जनजातिको परम्परागत खानपिनको स्वाद चखाउन हौस्याएमा स्थानीयको आम्दानीको स्रोत बढ्नेछ । मकै-भटमासमात्रै बेच्न सकेमा नुन, तेल किन्न स्थानीयले रिनपान नै गर्नु पर्दैनथ्यो ।

साल्पा जान चाहनेका लागि हवाई र बस सेवा उपलब्ध छ । काठमाडौंबाट ४५ मिनेटमा संखुवासभाको तुम्लिङटार पुगिन्छ । त्यहाँबाट चेवाबेँसी, गोथेबजार, तेन्दो र साल्पाफेदी हुँदै साल्पापोखरी पुगिन्छ । काठमाडौं या तराईबाट बसबाट त्यता जाँदै हुनुहुन्छ भने धरान, धनकुटा र तुम्लिङटार जानुपर्छ । साल्पा जान चाहने खोटाङ र सोलुखुम्बुवासी पनि पैदलै हिँडेर जानुपर्नेछ । 


Wednesday, July 20, 2011

हामी अरु नै अंगमा रुपान्तरित भयौँ कि

(दीपेन्द्र राई)
मोहन मैनाली

सिद्धान्ततः पत्रकारितालाई राष्ट्रको चौथो अंग मानिएको छ । भनिआएका कुरा नकार्न दह्रो प्रमाण चाहिन्छ । तर पत्रकारितालाई चौथो अंग भन्न सक्ने अवस्था भने छैन । हामी चौथो अंगबाट अरु नै अंगमा रुपान्तरित भयौँ कि  चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । हामी शक्तिमा भएकाले जसरी जुनवेला प्रयोग गर्छन् त्यसरी नै प्रयोग भइरहेका छौँ । लाग्छ- हामीले शक्तिमा बसेकालाई हामीलाई दुरुपयोग गर्न सहमति दिँदै आएका छौँ ।

भनिन्छ- पत्रकारितामा आउन चाहने मानिस समाजका शिक्षित हुनुपर्छ । सायद हाम्रोमा त्यो अवस्था छैन कि  हरेक दृष्टिले पत्रकारितालाई गौरवमय व्यवसाय बनाई शिक्षित वर्गलाई यतातिर आकर्षित गर्दै हामी अर्काको लठ्ठी बन्नबाट जोगिनुपर्छ । नत्र हामीले विवेक गुमाउँदै जान्छौँ । विवेक त अरुले पनि गुमाइरहेका छन् तर उनीहरु आफ्नो स्वार्थका लागि विवेकी छन् । हामीचाहिँ आफ्नो स्वार्थसम्म पनि नहेर्ने भयौँ । 

 हामी अरुले गरेको गल्तीचाहिँ खुट्टुउँछौँ आफूले गरेको गल्ती खुट्टुउन अरुलाई मौका दिँदैनौ । त्यसो भएपछि नेपाली साचारमाध्यमलाई कसरी सबैको भरोसायोग्य मान्ने  हामीले अस्तिको दिन लेखेको समाचार आजसम्म सही भयो कि भएन भनेर आत्मसमीक्षा गर्नपट्टि कहिल्यै लागेनौ । ६ महिनाअघि लेखेकै कुरा ६ महिनापछि पनि लेखिरहेका हुन्छौँ । लेख्नै पर्छ भने ुयोचाहिँ अस्तिकै सदर हैु भनेर लेखिदिए भइगयो नि ।

हिजो राजालाई जे गरे नि ठाउँ दिइन्थ्यो । आजका नयाँ राजाले जे बोले गरे पनि ठाउँ दिने  यो त हामीले अचाक्ली नै पो गर् यौँ  कि । जसले दुई वर्षमा संविधान बनाउँछौँ भने बनाएनन् । त्यस्तै उनीहरुले चार-पाँ
च महिनादेखि नयाँ सरकार बनाउन सकेका छैनन् । तिनै नकाम गर्नेलाई मात्रै ठाउँ दिँदै गयौँ । काम गरेर यो देश बचाउने मानिसका बारेमा चाहिँ लेख्नु पर्दैन हामीले  हामीले त्यतातिर पो ध्यान दिने हो कि  जसका कामले गर्दा देश बचेको छ तिनका बारेमा लेख्दा पो राम्रो हुन्थ्यो ।

अहिलेको तुलनामा पहिलेको पत्रकारितालाई त्यति व्यावसायिक भन्न मिल्दैन । ताप्लेजुङको नाग्मपोखरी फुट्यो । यो २०३७ सालको कुरा हो । पोखरी फुटेपछि बाढी आयो । पोखरी फुट्नबित्तिकै बाढीले आठजना बगायो । तर त्यतिवेला हाम्रो रेडियोले भारतका साजय गान्धी मरेको खबर सुनायो । तर पोखरी फुटेर आइलागेको आपत्ति हामीले देखेनौ । साचारमाध्यमको काम मानिस बचाउनु पनि त हो नि । माथि बाढी आउँदै छ है भनेर साचारमाध्यमले खबर दिएको भए अरु मानिस नदीकिनारबाट भाग्थे । त्यतिवेला कतिपय मानिस माछा मार्न जाँदा अकालमै मरॆ । रेडियोबाट त्यति समाचार भनिदिएको भए तिनीहरुको ज्यान त जोगिने थियो ।

नाग्मपोखरी फुटेपछि बाढी चतरा सुनसरी आउन तीन दिन लागेछ तर त्यो समाचार ६;७ दिनपछि प्रसारण गरियो । तसर्थ त्यतिवेलाको साचारमाध्यम कति प्रभावकारी थियो भनेर अन्दाज गर्न सकिन्छ । 
स्रोत साधन प्रविधि सुविधा र सामाजिक अवस्थाले त्यतिवेलाको पत्रकारिता पछाडि नै थियो । अहिले हामी जुन अवस्थामा आइपुगेका छौँ त्यो पहिलेको तुलनामा राम्रै भए पनि त्यसलाई पहिलेभन्दा राम्रो भन्न मिल्दैन । किनकि पहिले हामी अत्यन्तै कमजोर थियौँ । ुकन्टेन्ट प्रडक्सनुमा अहिले पनि हामी कमजोरै
छाँै । हामीलाई अर्काले बनाएको प्रविधिले हामीलाई जति सजिलो बनाइदिएको छ त्यसलाई उपयोग गरी हामीले जति आफूलाई सुधार्नुपथ्र्याे त्यति सुधारेनौ ।
 
नेपाली साचार प्रकाशन;प्रसारण माध्यममा दुईखालका साचारकर्मीको अनुहार देखिन्छ । पहिलो- विश्वविद्यालयबाट प्रमाणपत्र हात पारी पत्रकारिता गर्दै गरेका र अर्काे- विभिन्न इ_िन्स्टच्युटबाट तालिम लिएका ।

साचारमाध्यम कतातिर जाँदै छ भनी अध्ययन अनुसन्धान र विश्लेषण गर्ने हो भने विश्वविद्यालयमै पत्रकारिता पढ्नु प्रभावकारी हुन्छ । त्यहाँ मिडिया अध्ययन कसरी हुन्छ साचार कारोबार कसरी हुन्छ संसारभरि साचारमाध्यमलाई कसरी दुरुपयोग गरिन्छ आदि-इत्यादि विस्तृत रुपमा पढ्न पाइन्छ । तसर्थ साचारमाध्यमको नीति निर्माण तहमा बस्ने हो भने आमसाचार नै पढ्नु बेस । तर ुडे टु डेु पत्रकारिता मात्रै गर्ने हो भने योचाहिँ व्यवसाय हो तसर्थ व्यावसायिक तालिम लिनु नै राम्रो मानिन्छ ।

पत्रकारितामा दुइटा कुरा जाने पुग्छ । के विषयको जानकारी दिने  र विषयवस्तुलाई कसरी आकर्षक ढंगले प्रस्तुत गर्ने  विश्वविद्यालयमा पत्रकारिता पढ्यो भने उसले अर्थशास्त्र समाजशास्त्र राजनीतिशास्त्र भूगोल आदि जस्ता पत्रकारले लेख्नुपर्ने विषयवस्तुका बारेमा पढ्ने अवसर गुम्छ । पत्रकारिता पढ्दा कसरी प्रस्तुत मात्रै जानिन्छ । मतलब काठ नभएको गतिलो मिस्त्री जस्तै हो विश्वविद्यालयको पढाइ । हामीलाई काठ पनि चाहिएको छ र त्यसलाई राम्रो टेबल बनाउने सीप पनि ।

युरोप अमेरिकातिर आकर्षक दस व्यवसायमध्ये पत्रकारिता पनि पर्छ । जापानमा पनि त्यस्तै छ । तर हाम्रो देशमा भने साचारकर्मी श्रमशोषणमा परेको पर् यै छन् । त्यो पनि सबैभन्दा बढी प्रसारणमाध्यम रेडियो र टेलिभिजनमा काम गर्नेहरु । नेपालका रेडियो तथा टेलिभिजन उहिलेका साप्ताहिक पत्रिका जस्तै भएका
छन् ।

मोहन मैनाली
संसारभरि इन्टर्नसिप र भोलेन्टियस्र भनेर राख्ने चलन छ । त्यो अवधिमा उनीहरुले केवल काम सिक्ने हो । दत्तचित्त भएर उनीहरुले काम
सिक्छन् । निश्चित अवधि सकिँदा उनीहरु हातहातै बिक्ने हुन्छन् । हामीले पनि त्यसो किन नगर्ने  विश्वविद्यालय पढ्दा हामीलाई कसैले रुपैयाँ त
दिँदैनन् । इन्टर्नसिपलाई पनि विश्वविद्यालयकै तर व्यावसायिक पढाइका रुपमा लिनुपर् यो । यत्ति हो विश्वविद्यालयमा शुल्क तिर्नुपर्छ त्यहाँ पर्दैन । हाम्रा साचारमाध्यमले प्रशिक्षार्थी पत्रकार चाहियो भनेर सालिन्दा आह्वान गरी काम लगाउनुपर् यो । म भइदिएको भए वर्ष दिनसम्म उसको स्रोत साधन र प्लेटफर्म प्रयोग गरी जहाँसुकै बिक्ने हुन्थें । सायद उनीहरु रेडियो तथा टेलिभिजनमा काम गर्नेले नि त्यसो गर्न नसकेका हुन् कि ।

सक्षम नभएर पनि हामी शोषणको जाँतोमा पिसिएका हौँ । भनिन्छ- एउटा मानिसले अर्काे मानिसको स्वीकृतिविना शोषण गर्न सक्दैन । हामीले पनि अलिकति स्वीकृति त दिएका छाँै कि भन्ने लाग्छ । फिनल्यान्डको पत्रकार महासंघले कुनै पनि साचारकर्मीलाई तलब दिएन भने सम्बन्धित साचारमाध्यमलाई तुरुन्त दिने बनाउँछन् । तर हाम्रो पत्रकार महासंघ त्यति तगडा कहाँ छ र ।

संसारभरि साचारगृहमा एउटा अनौठो चलन आएको भनिन्छ । त्यो के भने मालिक जनताप्रति नभएर सेयर होल्डरप्रति उत्तरदायी हुन थाले । एउटा बैंक चलाएजस्तै हो साचारमाध्यम चलाउनु पनि । त्यसो भएपछि पाठकले सारा पत्रिका पढे पनि नयाँ कुरा त केही पाउँदैनन् । त्यसो हुँदा हामी जनताको विश्वास गुमाउन
पुग्छौँ । त्यसैले दमकल र एम्बुलेन्स जस्तै बन्दका वेला पनि निष्फिक्री हिँड्ने अधिकार हामीमा रहँदैन । त्यसकारण हामी जनताका तर्फबाट अलिकति भए पनि बोल्नै पर्छ । मालिककै अभिरुचिअनुसार मात्रै चल्ने हो भनेदेखि त हामीले किन पत्रकार भनेर त्यो सुविधा खोज्छाँै । जनताको सूचनाको हकको जगेर्ना गर्ने र त्यसको माध्यम भएको नाताले हामीले अरुभन्दा अलि बढी सुरक्षा खोज्छौँ ।

अहिलेका साचारकर्मीले जसरी काम गरिरहेका छन् त्यो ठीक छैन । मैलेचाहिँ त्यसरी काम गर्ने थिइनँ । संस्था मोटाउँदै जाने मजदुरचाहिँ दुब्लाउँदै । त्यसो भएकाले दामअनुसार काम गर्नै पर् यो । जहाँको समाचार आउनै पथ्र्याे त्यो आउन सकेको छैन । संस्थागत निराशाले व्यक्तिगत ऊर्जा ह्रास हुँदै गएको छ । हामी बाउको लजमा सुतेर आमाको रेस्टुराँमा खाँदै कति दिन पत्रकारिता गर्न सक्छौँ । त्यसो भएपछि एनजिओले जे लेख भन्छ हामी त्यही लेख्न बाध्य हुन्छौँ । एनजिओले घुमाए झनै मज्जाले लेख्छौँ । तर हामीले त घुमाउन नसक्नेको कुरा पो लेख्नुपर्ने हो । शक्तिशालीको होइन शक्तिहीनको आवाज पो बुलन्द पार्नुपर्छ ।

पत्रकारलाई स्थायी गर्नुपर्छ भन्नेमा म सहमत छैन । स्थायी नगर्ने तर काम गरेको वेला पर्याप्त रुपैयाँ दिने बिमा गरिदिने । किनभने हाम्रोजस्तो ुवर्क कल्चरु नभएको देशमा विश्वविद्यालयका प्राध्यापकहरुले भनेझैँ ुनेपाली जुन दिनदेखि स्थायी हुन्छन् त्यही दिनदेखि उनीहरु रिटायर्ड हुन्छन् ।ु अर्थात् काम गर्न छाड्छन् । हामी पत्रकार पनि कामचोर हुन्छौँ भनेर स्थायी गर्नुहुन्न भनेको हुँ । साचारकर्मीलाई काममा जोत्ने जोतेअनुसार रुपैयाँ पनि दिने गर्नुपर्छ । अहिले कुनै साचारकर्मीको खुट्टा भाँचिए स्वयम् साचारकर्मीबाट सहयोग उठाउनुपर्ने बाध्यता छ । ऊसम्बद्ध साचारमाध्यमले हिजो थोरै बिमा गरिदिएको भए त्यसो गरिरहनु पर्दैनथ्यो नि त । हामी मालिक र मजदुर दुवै अतिवादी छौँ । त्यसो भएपछि साचारकर्मीलाई मात्रै होइन मालिकलाई पनि घाटा हुन्छ । तलब पनि थोरै । काम पनि त्यस्तै ।

भारतीय प्रसिद्ध लेखक खुश्वन्त िसंहले पत्रकारितालाई वेश्यावृत्ति गर्नुभन्दा तल्लोस्तरको काम भने पनि त्यतिविघ्न हो जस्तो लाग्दैन मलाई । तर हामी कहिले एनजिओका वाहन हुन्छौँ । कहिले राजनीतिक
दलका । कहिले विदेशी दूतावासका स्वार्थ पूरा गरिदिन्छौँ । भनेपछि हामीले जनताको स्वार्थचाहिँ कहिले पूरा गर्ने <br>
मोहन मैनाली
हामी गल्ती गर्दै फेरि गल्ती गर्छाैं । अरुले गल्तीबाट सिक्छन् तर हामीचाहिँ एउटा गल्ती गर्छाैं अनि फेरि अर्काे । त्यसो भए हामी कहिल्यै नसुधि्रने  हाम्रा साचारमाध्यम जसरी चल्नुपर्ने त्यसरी चलेका छैनन् । मार्क ट्वेनले भनेका थिए ुइफ यु दुनट रिड द न्युजपेपर युआर नट इन्फम्र्ड । इफ यु रिड द न्युजपेपर यु मिस इन्फम्र्ड ।ु अर्थात् पत्रिका पढेन भने जानकारी पाइँदैन पत्रिका पढ्यो भने गलत जानकारी पाइन्छ । उनले कम्तीमा सय वर्षअघि भनेको कुरा नेपालमा अहिले पनि लागू भएकै छ ।

हामी पत्रकार सधैँ तथ्यको नजिक पुग्न खोज्ने मानिस । हुन त तथ्य कहिल्यै भेटिँदै भनिन्छ । तर त्यसको सबभन्दा नजिक कसरी पुग्ने  हाम्रो ध्याउन्न त्यतिमात्र हुन्छ । हाम्रो भूमिका देशमा भइरहेका विद्यमान विकृति र विसंगतिको खबरदारी गर्न गर्नु र राम्रा कुरा बाहिर ल्याउनु नै हो । तर हामीकहाँ घटना घट्नुअगावै हामीलाई समाचार लेख्ने होडबाजी हुन्छ । विशेषतः यो होडबाजी रेडियो र टेलिभिजनमा बढी लागू हुन्छ । जुन कुरा चाँडो दिएर श्रोता दर्शक र पाठकलाई फाइदा हुँदैन भने किन हतार गर्ने  कोसीमा बाढी आउँदै छ भनेचाहिँ दिनुपर् यो । माथि बाँध भत्केपछि तल बसोबास गर्नेलाई बचाउनका लागि त्यतिवेला प्रत्येक सेकेन्ड-सेकेन्डको मह&#338;व हुन्छ । तर भोलि सरकार बन्दै छ भन्ने समाचारको के अर्थ  त्यो पनि दिनैपिच्छे त्यही कुरा लेख्ने अनि सरकारचाहिँ चार-पाँच महिनासम्म नबन्ने ।

जे कुरा पाइयो त्यसको जाँचपड्ताल नगरी छापिहाल्ने हतारो हुन्छ हामीलाई । आफूले लेखेको समाचारमा प्रयोग भएका शब्दको अर्कै अर्थ पो लागिरहेको छ कि हामीलाई त्यतातिर ध्यानै छैन । दिमागी कुपोषण पो भएको छ कि हामीलाई । हामी अरुले दुव्र्यवहार नगरोस् भन्ने चाहन्छौँ भने हामीले पनि त अरुलाई दुव्र्यवहार गर्नु भएन नि त । तर हामी शब्दले व्यवहारले अरुलाई दुव्र्यवहार गरिरहेका हुन्छौँ । अर्काे चुनौती के छ भने हामीले कसैलाई दुव्र्यवहार गर् यौँ भने त संसारको अघि पो दुव्र्यवहार गर्छांै त । हामीले त्यसरी दिनदिनै कतिलाई दुव्र्यवहार गरेका हौँला । समाचारको नयाँ परिभाषा छ- ुन्युज द्याट वान् क्यान युजु अर्थात् मानिसलाई उपयोगी जानकारी नै समाचार हो । त्यो हामीले गरेका रहेनछौँ । त्यस्तै नेपालमा भएका ुनेचुरल साइन्सु र ुसोसल साइन्सुमा भएका अध्ययनले पत्ता लगाएको तथ्य जनतासम्म पुर् याउनै सकेका छैनौ हामीले । साचारमाध्यममा जुन किसिमका कुरा आउँछ त्यसले सो समाजको प्रतिविम्ब झल्किनुपर्छ
भनिन्छ । खै त्यो भएको

Tuesday, July 19, 2011

नेपालभन्दा ४० वर्षअघि सोच्ने दार्जिलिङ

दार्जिलिङ
(दीपेन्द्र राई)
     माइमझुवा इलामकी रीता राराहाङ राई रेडियो फिक्कलमा काम गर्छिन् । दार्जिलिङ घुम्न जानकै लागि भनेर राईले आफू कार्यरत संस्थाबाट केही दिनका लागि बिदा स्वीकृत गराइन् । चार महिनाअघि दार्जिलिङ जान ठिक्क परे पनि उनी त्यता जान पाइनन् । साथीसाथी मिलेर दार्जिलिङ जान ठिक्क परेकै बेला केही साथीको बिदा नमिलेपछि रीताको दार्जिलिङ घुम्ने रहर पूरा भएन ।
     दार्जिलिङकै सीमावर्ती जिल्ला हो इलाम । इलामकी रीताजस्तै एकपटक दार्जिलिङ घुम्न जान रहर गर्ने कति होलान् कति । यात्रामा रमाउनेहरु भन्छन् ुदार्जिलिङ आजै पुगिहालौँ जस्तो लाग्छ ।ुदार्जिलिङ पुगेपछि घुम्नैपर्ने ठाउँ थुप्रै छन् । चौरस्ता बोटानिकल गार्डेन जापनिज टेम्पल नेचुरल हिस्ट्री म्युजियम जुलोजिकल पार्क बतासे पुल हिमालयन माउन्टेरिङ इ_िन्स्टच्युट गंगामाया पार्क फोक्सेरिङ चिया बगान रक गार्डेन र टाइगरहिल नपुगे यात्रा अधुरै हुन्छ । तपाईंसँग समय छ भने यहाँका पुराना गुम्बाहरु हेर्न नछुटाउनुहोला ।
     डाँडाकाँडा छिचोल्दै गुड्ने सानो रेल दार्जिलिङमा देख्न पाइन्छ । १३१ वर्षदेखि गुड्दै आएको यो रेल विश्वसम्पदा सूचीमा समेत परेको छ । त्यस्तै ४० हजार एकड जमिनमा चियाखेती गरिने दार्जिलिङमा ७५ चिया बगान छन् । चिया पिउने तर चियाबारे अनभिज्ञलाई यहाँका चिया बगान घुमाएर पर्यटकको बसाइ लम्ब्याउन सक्छ दार्जिलिङले ।
     यहाँका मुख्य पर्यटकीयस्थलमा एकजना मानिस ठूलो झोला बोकेर यताउता दौडिरहेका भेटिन्छन् । उनी हुन्- प्रकाश राई । ५० वर्षीय राईको झोलामा दौरा-सुरवाल चौबन्दी चोलो गुन्यु ढाकाटोपी नक्कली गहना र खुकुरी हुन्छ । उनी आफूसँग भएको पोसाक लगाएर पर्यटकलाई फोटो खिच्न अनुरोध गरिरहेका भेटिन्छन् । यदि फोटो खिच्ने रहर भए तपाईंले भारतीय ३० रुपैयाँ खर्च गर्न तयार हुनुपर्छ । फोटोग्राफर राईले भने ुकपडा लगाएको भाडा १० अनि फोटो खिचेर धुलाएबापत प्रतिफोटो २० रुपैयाँ लाग्छ ।ु २८ वर्षदेखि दार्जिलिङवरपर फोटो खिचेरै उनले जीविकोपार्जन गरिरहेका छन् ।
     चौरस्तामा रहेको भानुभक्तको सालिकको देब्रपटि बदाम चना केराउ र चटपटे बेच्न राखिएका हुन्छन् । बाहिरफेर निस्कँदा खान त्यति नरुचाउने तेह्रथुमका पूर्वसांसद विजय सुब्बाले १० वर्षअघि दार्जिलिङ घुमेको सम्झे ुचौरस्तामा मैले पनि चटपटे र पानपुरी खाएँ ।ु
     दार्जिलिङका फुटपाथे पसललेको व्यवहारले काठमाडौंको भृकुटीमन्डमा रहेको हङकङ बजारको झल्को दिन्छ । कति पनि फरक छैन यहाँ सामानको मोलतोल गर्ने शैली । भाउ नमिलेपछि एउटा पसलदेखि अर्काे पसल नपुगेसम्म बोलाउने प्रवृत्ति भृकुटीमन्डप बजारका व्यापारीसँग ठ्याक्कै मेल खान्छ ।
नेपालीहरु विभिन्न शीर्षकमा दार्जिलिङ पुगेका छन् । कोही घुमफिरका लागि त कोही कामको खोजीमा । कामकै खोजीमा दार्जिलिङ आइपुगेका थुप्रै नेपाली भेटिन्छन् । चरिकोट दोलखाका १२;१३ जनाका समूहले ठेलागाडामै बोकेर दार्जिलिङका सात सय घरधुरीका मानिसलाई पानी आपूर्ति गर्दै आएका छन् । दार्जिलिङ पहाडी भेगको बजार भएकाले सबै घरमा पानीट्यांकर जाने बाटो छैन । त्यसैले यहाँका सात सय घरधुरीलाई दोलखाका दाजुभाइले ढुंगेधाराको पानी आपूर्ति गर्दै आएका हुन् । उनीहरुका अनुसार सात सय घरधुरीलाई एक लाख लिटर पानी चाहिन्छ ।
     इलामेहरुका लागि दार्जिलिङ पानीपँधेरो भएको छ । यहाँको सदर अस्पतालमा स्वास्थोपचार गर्न आउने इलामेहरु बाक्लै भेटिन्छन् । स्वास्थोपचारका लागि बिहान दार्जिलिङ आएकाहरु बेलुका घरै फर्कन्छन् । पन्चकन्या फिक्कल श्रीअन्तु कन्याम गाउँ विकास समितिलगायत जिल्लाका कतिपय अभिभावकले आफ्ना छोराछोरी दार्जिलिङमै पढाउन मन पराउँछन् ।
     पूर्वराजा वीरेन्द्रको स्कुले जीवन दार्जिलिङमै बितेको हो । नेपाल भूटान र भारतका खानदानी परिवारका छोराछोरी हिजोआज पनि दार्जिलिङ पढ्दै छन् । बि्रटिस गोरखा सैनिकका छोराछोरी पढ्ने पढाइने रोज्जा ठाउँ दार्जिलिङ नै बनेको छ । एकताका बैरागी काइँला ईश्वर बल्लभलगायतका साहित्यिक सर्जकहरुले दार्जिलिङलाई नजिकबाट पढेका थिए । दार्जिलिङको प्रशंसा गर्दै नाटककार बालकृष्ण समले भनेका थिए ुआज दार्जिलिङले जे सोच्छ नेपालले त्यो कुरा ४० वर्षपछाडि मात्र सोच्छ ।ु
     परिवारमा दुख-बिमार पर्नसाथ इलामेहरु दार्जिलिङ दौडिहाल्छन् । धरान र काठमाडौं जानभन्दा दार्जिलिङ पुग्न नजिक पर्छ उनीहरुलाई । दार्जिलिङ गइरहने कन्याम- रन्जु साम्पाङले भनिन् ुहाम्रो त आफन्त नै दार्जिलिङमा हुनुहुन्छ । तसर्थ आइजाइ भइरहन्छ ।ु दार्जिलिङमा बाह्रैमास चिसो हावा चल्छ ।
     कन्याम इलामकी रन्जु दार्जिलिङ गइरहे पनि माइमझुवा इलामकी रीतालाई दार्जिलिङ जाने साइत जुरेको छैन । उनलाई दार्जिलिङ पुगेर मःमः खाने रहर छ । रीताले भनिन् ुदार्जिलिङमा गोरुको मासुको दामी मःमः पाइन्छ रे । दार्जिलिङ पुगेर ताइपो आलु अन्डा र प्याज लगाएर पकाइने एकप्रकारको परिकार खाने घोडा र डुंगा चढ्ने उस्तै रहर रीतालाई ।
     मेचीपारि नेपाली भाषी बसोबास गर्ने दार्जिलिङ सिक्किम मिरिक खसा्रङ कालेम्पोङमा नेपाली गीत घन्किरहेका सुनिन्छ । यहाँ गुड्ने गाडीमा समेत नेपाली गीत नै घन्किरहेको हुन्छ । खसा्रङ रेडियोबाट हिजोआज पनि नेपाली गीत उत्तिकै प्राथमिकतासाथ बजिरहेकै छन् ।
     भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले समेत मान्यता पाएको छ । त्यसैले दार्जिलिङमा नेपाली भाषा नै बोलिन्छ । यहाँ बोलिने अनौठो लवज विचित्रको छ । सिक्किम भारतको बाइसौं राज्य बने पनि दार्जिलिङका नेपाली भाषीले सय वर्षदेखि अलग गोरखाल्यान्ड राज्यको माग गर्दै आएका छन् । र पनि भारतीय सरकारले वास्ता गरेको छैन । इतिहासको कालखण्डमा कहिले नेपाल त कहिले सिक्किमको अधीनमा रहेको दार्जिलिङका नेपाली भाषा आन्दोलन गर्न थाकेका छैनन् । दार्जिलिङमा आन्दोलन हुँदा नेपालका साचार प्रकाशन;प्रसारण माध्यममा प्राथमिकसाथ समाचार प्रकाशन तथा प्रसारण हुँदै आएको छ ।

खाराको खत

जयबहादुर मल्ल
(दीपेन्द्र राई)
जयबहादुर मल्ललाई अनावश्यक रिस उठ्छ । मल्लले रिस ठाम्नै सक्दैनन् । रिसको पारो चढेपछि उनीवरिपरि रहेका जोकोही सतर्क हुनुपर्छ ।  

सार्वजनिक सभा, समारोह होस् वा बैठकमा कुराकानी चलिरहँदा जयबहादुर एक्कासि झुक्दै जान्छन् । उनी यसरी झुक्न थालेको ६ वर्ष भइसक्यो । यस्तो अवस्था कसरी सिर्जना भयो कारण प्रस्ट पार्दै ४४ वर्षीय जयबहादुर मल्ल भन्छन्, ‘टाउकोमा एके-४७ को एउटा छर्रा गाडिएको छ । त्यसले मलाई सन्चोले बाँच्न दिएको छैन ।’

०६१ चैत २५  मा दोस्रोपटक खारा प्रहरी चौकी आक्रमण गर्दा उनको टाउकोमा एके-४७ को चारवटा छर्रा लागेको थियो । शल्यक्रिया गरेर तीनवटा निकालिए पनि हड्डीमा गाडिएकाले एउटा भने निकाल्न सकिएन । काठमाडौं, चितवन र बुटवलमा उपचार गर्दा पनि टाउकोको पनि हड्डीमा गाडिएकाले छर्रा निकाल्न नमिल्ने चिकित्सकले बताएपछि उनीमाथि यस्तो विपत्ति आइलागेको हो । 

यस्तो विपत्ति आइलागे पनि उनी घर-व्यवहारदेखि आफूसम्बद्ध माओवादी पार्टीमा सक्रिय छन् । मगरात राज्य समिति सदस्य उनी प्रतिकूलतामा पनि अनुकूलता खोज्नुपर्छ भन्छन् । उनको त्यही मान्यताले गर्दा होला, टाउकोमा रहेको छर्राले सधैँ टाउको भारी बनाए पनि पार्टीले दिएको जिम्मेवारीबाट विचलित भएका छैनन् । रुकुमकोटमा रहेको कमलदहमा आयोजित कार्यक्रममा भेटिएका उनले भने, ‘टाउकोमा गाडिएको छर्राले गर्दा बिर्सने बानी छ । काम गर्न पनि त्यत्तिकै अप्ठ्यारो हुन्छ । चिसो समयमा त झन जिउ दुखेर मर्नु हुन्छ नि ।’

रुकुमकोट-९ निवासी जयबहादुर ०५४ भदौ २१ देखि पार्टीमा होलटाइमर बनेका थिए । खारा रुकुमकोट, बेनी बाग्लुङ, बाहुनडाँडा, बुटवल, पाल्पा तिनगिरे गुल्मी अर्घाखाँची सिमानाको भिडन्तमा उनको प्रत्यक्ष संलग्नता थियो ।

घुम्न जाउँ खोटाङ

-दीपेन्द्र राई
दिक्तेल बजार
आन्तरिक तथा बाह्य पर्यटक कहिलेदेखि खोटाङ आउन थाले तोकेरै भन्न सकिँदैन । किराती राजा साङ्खहाङले कलिगत २२४७ मा र अर्का किराती राजा येकेनहाङका जेठा छोरा लेमिङहाङले कलिगत २२९५ मा खोटाङको हलेसी महादेवको दर्शन गरेका थिए । बौद्ध धर्मका प्रसिद्ध भिक्ष्ा पद्मसम्भवले सातौँ शताब्दीमा हलेसीमै तपस्या गरेको बौद्ध धर्मसम्बन्धी प्राचीन ग्रन्थहरुमा उल्लेख छ । यिनै आधारमा भन्न सकिन्छ- निकै पहिलेदेखि नै कुनै न कुनै शीर्षकमा कोही न कोही खोटाङ आइपुगेका रहेछन् ।

अहिले खोटाङ आउने आन्तरिक तथा बाह्य पर्यटक बाक्लिँदै गएका छन् । प्राकृतिक सांस्कृतिक र धार्मिक पर्यटनको संगमस्थल मानिएकाले नै आन्तरिक तथा बाह्य पर्यटक खोटाङ आउन लोभिन्छन् । पूर्वका पशुपतिनाथको जिल्ला भनेर नाम चलेको खोटाङमा हलेसी महादेवस्थानका अलावा थुप्रै ऐतिहासिक प्राकृतिक धार्मिक तथा सांंंस्कृतिक मह8;व बोकेका पर्यटकीय स्थल छन् । खोटाङ आइपुगेका पर्यटकलाई ग्रामीण पदयात्रा गराउन प्रेरित गर्दै यहाँ रहेका ऐतिहासिक प्राकृतिक धार्मिक तथा सांंंस्कृतिक मह8;व बोकेको गाउँ-ठाउँ घुमाउन सके खोटाङमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।


बराहपोखरी
खोटाङ आइपुगेका जोकोहीलाई दुर्छिमको किनामा नुनथलाको चिया हलेसीको बदाम लामिडाँडा खार्पा रतन्छा राजापानी मात्तिम र याम्खाको सुन्तला अनि छितापोखरी खिदिमा र ऐंसेलुखर्कको आलु र गुन्द्रुकको अचारको स्वाद चखाउँदै विशुद्ध गाउँले खाना र खाजामा पल्काउँदै आन्तरिक तथा बाह्य पर्यटक खोटाङसम्म बोलाउन मेला महोत्सव नै आयोजना गरिरहन पर्दैन । जिल्लामा रहेको लामिडाँडा मनमाया राई र थामखर्क विमानस्थलले खोटाङ आउन चाहने पर्यटकको यात्रा सहज बनाइदिएको छ । तपाईं गाडीबाट खोटाङ आउँदै हुनुहुन्छ भने काठमाडौंबाट सिन्धुली हुँदै र उदयपुरको कटारीबाट ओखलढुंंगा हुँदै सीधै खोटाङ आउन सक्नुहन्छ । उदयपुरकै गाईघाट र सुनसरीको धरान धनकुटा र भोजपुरको चखेवाभन्ज्याङ हुँदै पनि खोटाङ आइपुग्न सकिन्छ । खोटाङ आइपुगेकाले हलेसीदेखि रावाखोला हुँदै सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्न सक्छन् ।

हलेसी ः  किरात बौद्ध र हिन्दू धर्मावलम्बीले विशेष ठाउँका रुपमा लिने गर्छन्- हलेसी महादेवस्थानलाई । हिन्दू धर्मावलम्बीले यो ठाउँलाई पूर्वको पशुपतिनाथसँग तुलना गर्ने गर्छन् भने किरात राई जातिको आदिम सभ्यता हलेसीसँग जोडिएको छ । त्यसो त बौद्ध भिक्ष्ा पद्मसम्भवले सातौँ शताब्दीमा यही ठाउँमा तपस्या गरेकाले बौद्ध धर्मावलम्बीले हलेसीलाई पवित्र तपोभूमि मान्दै आएका छन् ।

किराती राजा होलेसुङले सिकार खेल्दै जाँदा यो गुफा पत्ता लगाएकाले उनकै नामबाट गुफाको नामकरण गरिएको हो । होलसुङ अपभ्रंश हुँदै सरल भाषामा उच्चारण गर्दै जाँदा हलेसी भन्न थालिएको बताइन्छ । धार्मिक दृष्टिकोणले लुम्बिनी र पशुपतिनाथजत्तिकै प्रसिद्ध मानिने हलेसी सात;आठ सय वर्ष अघिदेखि अस्तित्वमा रहेको पुरात&#338;व विभागको सर्वेक्षणमा उल्लेख छ ।

तीन धर्मावलम्बीको पवित्र स्थलका रुपमा चिनिएको हलेसीले अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाएको छ । हलेसी महादेवको दर्शन गरे सन्तान नहुनेलाई सन्तान दिने दुष्टको संहार गर्ने खडेरीमा पानी दिने रोगीको रोग निर्मूल पार्ने पितृलाई पार तार्ने दीनदुःखीको कल्याण गर्ने र चिताएका कुरा पूरा हुने विश्वासमा कमी आएको छैन । ुछोरी-छोरी जन्मेपछि हलेसी महादेवको दर्शन गरेर पुत्रलाभको कामना गरेपछि भूटानका पूर्वनरेश जिग्मे सिङ्घे वाङ्चुकको जन्म भएको वाङ्चुककी आमाले हलेसी आउँदा बताएकी थिइन् ।

जापान प्रुान्स अमेरिका थाइल्यान्ड भूटान तिब्बत भारत र नेपालका विभिन्न ठाउँबाट हलेसी महादेवको दर्शन गर्न आउने गर्छन् । सालिन्दा रामनवमी शिवरात्रि बालाचतुर्दश्ाी र तीजमा यहाँ भव्य मेला लाग्छ ।  

तुवाचुङ ः किरात आदिम सभ्यता बोकेको ठाउँ हो- तुवाचुङ । आफ्नो उद्गमस्थल मान्ने तुवाचुङमा किरात राई जातिका आदिम पुर्खा तायामा ख्लियामा र खोचिलिप्पाले पहिलोपटक खेतीपाती गर्न थालेका थिए । कपासको खेती गर्दै तायामा ख्लियामा दिदीबहिनीले यही ठाउँमा खाँडी कपडा बुनेर कपडा उद्योग साचालनमा ल्याए । त्यस्तै खोचिलिप्पा तायामा र ख्लियामाका भाइले सुँगुरपालन गरेको प्रमाणका रुपमा सुँगुरखोरको भग्नावशेषस्वरुप केही ढुंगा अझै भेटिन्छन् । उल्लिखित लोककथा सुनेर यहाँसम्म आउनेहरु बढ्दै गएका छन् । किरात ऐतिहासिक मह&व बोकेको यो ठाउँको प्रचार-प्रसार गरेमा ऐतिहासिक पर्यटकीयस्थल बनाउन सकिनेछ ।  

साल्पापोखरी ः खोटाङ सोलुखुम्बु भोजपुर र संखुवासभाको सिमानामा पर्ने साल्पापोखरीलाई गंगा नदीको शिर मानिन्छ । त्यसैले यो पोखरीलाई पवित्र मानिएको हो । भनिन्छ- साल्पामा नुहाएपछि गंगामा नुहाउनु हुँदैन । यहाँ सालिन्दा दुईपटक मकर नुहाउने ठूलो मेला लाग्छ ।
साल्पापोखरी र खोटाङको बराहपोखरी दिदीबहिनी हुन् भन्ने किम्वदन्ती रहेको छ । साल्पापोखरी जाँदा बाटोमा थुप्रै स-साना पोखरी भेटिन्छन् । बाटोमा कालो रंगको पानी देखिने अचम्मको पोखरी छ । जसलाई हाँडीपोखरी भनिन्छ । ३६७२ मिटर उचाइमा रहेको साल्पापोखरीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सके खोटाङ सोलुखुम्बु भोजपुर र संखुवासभालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा पुग्नेछ ।
 
बराहपोखरी ः पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरी गाउँ विकास समितिको ६ नम्बर वडामा रहेको यो पोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । 
 
ट्याम्के ः  पूर्वााचलकै उचाइमा रहेको डाँडो हो- ट्याम्के । ३११० मिटर उचाइमा रहेको यहाँबाट हिमाल पहाड तराई नियाल्नुको आनन्द अरु केहीसँग तुलना गर्न सकिँदैन । यही ठाउँमा ३६५ फिट अग्लो ुगणतन्त्र टावरु बन्दै छ । अमेरिकाको लिबर्टी स्ट्याचु प्रुान्सको आइफल टावर र भारतको इन्डियागेट जस्तै मह&#338;व राख्ने किरात गणराज्य स्मारकका रुपमा बन्दै गरेको सो टावर विश्वकै सबैभन्दा उचाइमा बन्दै गरेको टावर भनेर दाबी गरिएको छ ।

बन्दै गरेको टावरभित्र किराती सांस्कृतिक संग्रहालय पुस्तकालय मेडिकल हल सपिङ कम्प्लेक्स रेस्टुरेन्ट र दसवर्षे जनयुद्धको संस्मरण कक्ष बनाइने भएकाले ट्याम्के लोभलाग्दो पर्यटकीय स्थल बन्नेछ । टावर बनेपछि खोटाङमा हलेसीपछि दोस्रो ठूलो पर्यटकीय स्थल बन्नेछ ट्याम्के ।

रुपाकोट
रुपाकोट ः २३०० मिटर उचाइमा रहेको रुपाकोट जालपा खार्मी दिक्तेल र नेर्पा गाविसको शिर मानिन्छ । हिजोआज फुस्रद मिल्नसाथ रुपाकोट चढिहाल्छन् । नयाँ वर्षको अघिल्लो दिन नै रुपाकोट पुगी पुरानो वर्षको अन्तिम सूर्यास्त अवलोकन गरी मध्यरातसम्म नाचगान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्छन् खोटाङेहरु । रुपाकोटबाट धेरै बेरसम्म सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्न सकिन्छ ।

कपाल काटेको पारिश्रमिक एक मानो अन्न

नरेन्द्र राई कपाल काटिदिँदै
 दीपेन्द्र राई 
गाउँघरमा कपाल काटिदिनेले पारिश्रमिक कति पाउला  २५ ३० ४० वा ५० रुपैयाँ  सोताङ सोलुखुम्बुका नरेन्द्र राई ५७ ले कपाल काटिदिएबापत उल्लिखित रुपैयाँ पाउँदैनन् । पाउँछन् त केवल एक मानो अन्न ।
हुन त राईले एकपटक कपाल काटेको पारिश्रमिक ३० रुपैयाँ निर्धारण गरेका छन् । अनि दाह्री काटेको १५ रुपैयाँ ।  तर गाउँघरमा त्यति रुपैयाँ बुझाएर कपाल र दाह्री काट्ने हैसियत भएका हुन्छन् नै भन्ने छैन । तसर्थ उनले कपाल काटेको पारिश्रमिकस्वरुप अन्नसमेत लिँदै आएका छन् । राईले भनॆ ुसक्नेले रुपैयाँ दिन्छन् नसक्नेले एक मानो अन्न ।
 सोताङ-२ सोलुखुम्बुका नरेन्द्र राईले व्यावसायिक रुपमा कपाल काट्न थालेको १० वर्ष भयो । केयर नेपालले विक्रम सम्वत् २०५७ मा १५ दिने तालिम दिएपछि उनले गाउँघरका मानिसका कपाल र दाह्री काट्दै आएका हुन् । उनले भनॆ ुपहिले-पहिले पनि कपाल त काट्थेँ तालिम लिएपछि भने व्यावसायिक रुपमा कपाल काट्न थालेको हुँ । तालिम लिएपछि भने कपाल काट्न सजिलो भएको छ ।ु
ग्ााउँघरका अलावा उनले सोताङमा लाग्ने शनिबारे हटियामा पनि कपाल काट्न पुग्छन् । हटियामा भने कपाल काट्नले रुपैयाँ नै दिन्छन् भन्दै उनले भने ुकपाल काटिदिएबापत निकै अघि एक इन्सपेक्टरले ५० रुपैयाँ दिएका थिए । त्यतिवेला साह्रै खुसी लाग्यो ।ु हटियामा कपाल काट्ने जमिन ओगटेबापत साप्ताहिक रुपमा उनले बजार व्यवस्थापन समितिलाई पाँच रुपैयाँ कर बुझाउनुपर्छ ।
 कपाल काटेर नुन-तेलको जोहोसम्म गर्न सकेको बताउने राईलाई आफ्नो कपाल काट्न भने सधैँ समस्या पर्छ । कपाल काटिदिएर अरुलाई सहज बनाइदिए पनि आफ्नो कपाल काटिदिने मानिस पाउन मुस्किल पर्ने उनले बताए । कपाल काटिदिएबापत रुपैयाँ दिने चाहने बालबालिकादेखि वृद्धवृद्धा सबैबाट ३० रुपैयाँ लिँदै आएको छु । केटाकेटीको कपाल काट्न साह्रै अप्ठ्यारो हुने उनको अनुभव छ ।

Sunday, July 17, 2011

बिसेक भएन द्वन्द्वको घाउ

(दीपेन्द्र राई)

दसवर्षे सशस्त्र द्वन्द्वमा घाइते भएका जिल्लाका ६ सय ६३ ले अहिलेसम्म उपचार गराउन सकेका छैनन् । उपचारका लागि कहीँ-कतैबाट
सहयोग नपाएपछि उनीहरूले उपचार गराउन नसकेका हुन् । 

शान्ति मन्त्रालयको निर्देशिकाअनुसार प्रत्येक जिल्लामा औषधि उपचार समिति गठन गरिएको छ । गठित समितिले उपचारका लागि यहाँका ६ सय ६३ मध्ये १ सय २५ जनाको नाम सिफारिस गरी शान्ति मन्त्रालय पठाएको थियो । तर, सुनुवाई नभएको शान्ति समिति रुकुमका सचिव पुस्तक चन्दले बताए ।

'द्वन्द्वमा घाइते भएकामध्ये पहिलो प्राथमिकता जनमुक्ति सेनालाई दिइनेछ,' सभासद् कमला रोकाले भनिन्, 'प्रत्यक्ष भिडन्तमा परी घाइते भएकाले उपचार गराई सम्बन्धित अस्पताल र चिकित्सकले दिएको कागजात पेस गरेपछि उनीहरूले क्षतिपूर्ति पाउनेछन् ।'
द्वन्द्वमा जिल्लाका ७ सय ९३ घरपरिवार विस्थापित भएका थिए । जिल्लाका हुकाम गाविसबाट मात्रै ३२ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई ०५९ साल दसैँको टीकाको दिन उल्टो शंख बजाएर गाउँनिकाला गरिएको थियो ।

स्थानीय शान्ति समितिले क्षतिपूर्तिका लागि विस्थापित सबै घरपरिवारको सिफारिस गरी शान्ति मन्त्रालय पठाए पनि अहिलेसम्म १ सय २ घरपरिवारले मात्र क्षतिपूर्ति पाएका छन् । सचिव चन्दले भने, 'सदरमुुकामबाट पाँच किलोमिटरका दूरीलाई एक हजार र सोभन्दा बढीलाई दूरीका आधारमा बाटो खर्च दिइएको थियो । विस्थापित परिवारलाई घर मर्मत खर्च र उनीहरूलाई तीन महिना खान पुग्ने खाद्यान्नको जोहोसमेत गरिएको थियो ।'

सशस्त्र द्वन्द्वकै समयमा जिल्लाका ४ सय २ घरमा आगो लगाइएको थियो । त्यसताका, १ हजार १ सय ८२ घरमा लुटपाट गरिएको
थियो । आगो लगाइएका र लुटपाटमा परेका घरपरिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । द्वन्द्वकालमै यहाँका ७ सय १ अपहरणमा परेका थिए । अपहरणमा परेकामध्ये २ सय १७ कैदी-बन्दी हुन् ।


द्वन्द्वकालमा जिल्लाका ८ सय १४ जनाको अंंगभंंग भएको थियो । त्यसमा ६२ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । क्षतिपूर्ति पाउनेमा ५४ जनमुक्ति सेना छन् भने नेपाली सेना र प्रहरी गरी ८ जना रहेका छन् । उनीहरूले अपांंगता प्रतिशतका आधारमा क्षतिपूर्ति पाएका
थिए ।


द्वन्द्वताका जिल्लाका ६ सय ८५ जनाले ज्यान गुमाएका थिए । चन्दले भने, 'ज्यान गुमाएकाहरू रुकुममै जन्मेर रुकुममै मारिएका हुन् । ६ सय ८५ मध्ये ५ सय ९५ राज्य पक्षको कारबाहीमा मारिएका थिए भने विद्रोही पक्षको कारबाहीमा ९२ ले ज्यान गुमाए । त्यसताका ज्यान गुमाएका ३२ जना विवादित छन् ।' द्वन्द्वमा जिल्लाको महत गाविसका ४७ ले ज्यान गुमाएका थिए । त्यसैगरी, स्यालापाखा ४४, चुनवाङ ३७, पीपल ३३, शोभा ३१, रन्मामैकोट ३१, खारा २९, साँख २४ र विजेश्वरीका २२ ले ज्यान गुमाए ।

शान्ति समितिका अनुसार, रुँघा २१, खोलागाउँ २१, हुकाम २१, मुरु २०, बाँफीकोट १९, दुली १८, मग्मा, १७, काँक्री १७, चौखावाङ १६, प्वाङ १६ र छिवाङका १६ जनाले ज्यान गुमाए । त्यस्तै, पुर्तिमडाँडा १५, सिम्ली १४, जाङ १३, गराइला १३, कोटजहारी १२, झुला १२, तकसेरा १२, आठबिस डाँडागाउँ ११, खलंगा ११, भलाक्चा ९, आठबिसकोट ८, नुवाकोट ५, मोरावाङ ५, पोखरा ५, पेउघा ५, स्यालाखदी ४, काँडा ४, राङ्सी ३, कोल ३, गोतामकोट ३, अर्मा ३ र सिस्ने गाविसका १ जनाको ज्यान गएको थियो । जिल्लामा ४३ गाविस रहे पनि घेत्मा गाविसका कसैले ज्यान गुमाउनु परेन ।

ज्यान गुमाएकामध्ये ६ सय ६७ का परिवारले एक लाखका दरले क्षतिपूर्ति पाइसकेका छन् । १८ जनाले पाउन बाँकी छ । जिल्लाका २ सय २४ एकल महिलाले समेत २५ हजारका दरले क्षतिपूर्ति पाइसकेका छन् भने ६ जनाले पाउन बाँकी छ । 

प्रकाशन मिति : २०६७ असार २३ 
(नयाँ पत्रिका दैनिक)

कार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर स्ट्रङ हुनैपर्छ


                                                                                                         (दीपेन्द्र राई)
 व्यंग्यचित्र कार्टुन छापिने पत्रपत्रिका गहना लगाएको दुलहीजस्तै देखिन्छ । त्यसैले कार्टुनलाई पत्रपत्रिकाको गहनासँग तुलना गरिएको हो । कार्टुन क्यारिकेचर र सेन्स अफ ह्युमरको एउटा मीठो संगम हो । नत्र कार्टुन कार्टुन बन्नै सक्दैन । कार्टुनिस्ट रविन साय्मि भन्छन् ुदैनिक पत्रिकामा कार्टुन भनेर छापिने सबैलाई कार्टुन भन्न मिल्दैन । थोरै कार्टुन हुन् धेरै घटना चित्र ।ु

समाचार र कार्टुनबारे साय्मिको आफ्नै धारणा छ ुसमाचारले कुनै प्रसंगको यथार्थ चित्रण गर्छ भने कार्टुनले त्यसको अन्तर्वस्तुलाई प्रकाश पारिदिन्छ । पत्रिकामा छापिने कार्टुन देख्नेबित्तिकै पाठक सो प्रसंगको सतही मात्र होइन अन्तरनिहित यथार्थ बोध गर्न पुग्छन् ।ु

व्यंग्य गर्ने र चित्र लेख्ने दुवै कला हुनुपर्छ कार्टुनिस्टसँग । कमै कार्टुनिस्टहरुमा यी दुवै कला निहित हुन्छ । साय्मि भन्छन् ुकार्टुनिस्ट संसारको दुर्लभ प्राणीमा पर्छन् ।ु तिनै दुर्लभमध्येका एक उनी आफँै पनि हुन् । साय्मि युवापुस्ताका अब्बल कार्टुनिस्टका रुपमा परिचित छन् । उनले ०४६ पछिको राजनीतिक घटनाक्रमलाई कार्टुनमार्पुत व्यंग्य गर्दै आएका छन् । त्योभन्दा अघि उनले स्केच गर्थे । आठ कक्षा पढ्दाताका नै ुसहलहु नामक नेपाल भाषा डाइजेस्टमा उनको कमिक स्ट्रिप छापिएको थियो ।
विषयगत घटनालाई कलात्मक ढंगले व्यंग्य गर्न सिपालु छन्
रविन । समाजका विविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु उनी आफ्नो कर्तव्य ठान्छन् । कर्तव्य निर्वाह गर्दा उनले बनाएका कार्टुनले कतिपय न्यायालयको ढोकासम्म पुग्न बाध्य हुन्छन् । तर उनी कत्ति पनि विचलित छैनन् । सिरहाका एक न्यायाधीश काठ तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भयो । सोही विषयलाई ४ मंसिर ०४८ को दृष्टि साप्ताहिकमा उनले बनाएको ुलकडी चोर न्यायाधीशु शीर्षाकृत कार्टुन छापिँदा पत्रिकाका तात्कालिक प्रधानसम्पादक कमल कोइराला सम्पादक नारायण ढकाल र प्रकाशक शम्भु श्रेष्ठविरुद्ध मुद्दा हालियो । साँचो कुरा कार्टुनमार्फत व्यंग्य गरिँदा मुद्दा हालिएको विषयलाई झनै व्यंग्य गर्दै उनले सोही पत्रिकामा अर्काे कार्टुन बनाए- ुश्रीमान् क्षमा पाऊँ साँचो कुरा लेख्ने छैन ।ु कार्यपालिका न्यायपालिका र व्यवस्थापिकामाथि व्यंग्य गर्दै बनाएको कार्टुन हिमाल पाक्षिकमा छापिँदा पनि उनीविरुद्ध मुद्दा हालिएको थियो ।

भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरु कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । नेहरुले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे । नेपालका राजनीतिज्ञहरुमा नेहरुको जस्तो चेतना नभएको रविन साय्मिको दाबी छ । साय्मि भन्छन् ुहाम्रा देशको राजनीतिज्ञमा चेतनाको त्यो स्तर भइदिएको भए मुलुक यो अवस्थामा हुने थिएन ।ु

एकताका समीक्षा साप्ताहिक दुई#दुईपटक प्रतिबन्धित भएको थियो । प्रतिबन्धित हुनुको एउटै कारण थियो- कार्टुन । ०३५ मा सोही पत्रिकाले कार्टुनमार्फत तात्कालिक प्रधानमन्त्री कीर्तिनिधि विष्टमाथि व्यंग्य गर्दा १०#१० महिना पत्रिका बन्द गर्नुपरेको मुलुक पनि यही हो । ११ कात्तिक ०४९ को विमर्श साप्ताहिकमा ुटनकपुर सन्धि सम्बन्धमा अदालतको धारणाु शीर्षाकृत कार्टुन छापिँदा सम्पादक हरिहर विरहीले सात सय जरिवाना र सात दिन जेल सजाय भोग्नुपरेको थियो । तर रविन साय्मिले भने आजसम्म त्यस्तो दुःख बेहोर्नुपरेको छैन । <br>

कार्टुनमार्फत व्यंग्य गरेकै कारण जेलनेल भोग्नु पत्रिकामाथि प्रतिबन्ध लगाइनु भनेको सम्बन्धित देशको प्रजातन्त्रको स्तरमा भर पर्छ । रविन भन्छन् ुकुनै पनि देशको लोकतन्त्र कति उन्नत छ भनेर बुझ्न त्यो देशको कार्टुनिस्ट कति स्वतन्त्र छन् भनेर हेरे पुग्छ । त्यसकारण कार्टुन लोकतन्त्र मापन गर्ने एउटा साधन पनि हो ।ु
ुविविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु मेरो ड्युटी कर्तव्य हो । कर्तव्य निर्वाह गर्दा सत्तामा बस्नेकै बढी व्यंग्य गरिँदो रहेछु रविनको स्वीकारोक्ति छ । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि सत्तामा गिरिजाप्रसाद कोइरालाकै राइँदाइँ भयो । तसर्थ स्वाभाविक रुपमा कोइरालाकै बढी कार्टुन बनाए उनले । उनी भन्छन् ुमैले पोलिटिकल कार्टुन बनाउन सुरु गरेको नै गिरिजाप्रसाद कोइरालाबाट हो । ०४६ को जनआन्दोलन सफल भएपछि आन्दोलन नेतृत्वकर्ता दुई शक्ति वाममोर्चा र कांग्रेस मिलेर नै देशलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो वेला एककिसिमको आमसहमति थियो । तर त्यो सहमति तोड्न कोइरालाको भूमिका अहम् थियॊ । त्यसको असर अहिले पनि देशले भोग्दै छ । माले मण्डले मसाले एउटै हुन् भन्दै कोइरालाले तात्कालिक सयममा गरिएकॊ सहमति तोडेपछि त्यसको विरोधस्वरुप मैले एउटा कार्टुन बनाइ दृष्टिमा छपाएँ । जुन पछि गएर मेरा पेसा नै बन्यो ।ु

पोलिटिकल कार्टुनमै केन्द्रित भएपछि राजनीतिज्ञ नै व्यंग्यका निसाना बन्छन् । त्यही निसानामा परेका विभिन्न दलका नेता उनले बनाएको कार्टुनका पात्र बन्छन् । कार्टुन भनेकै व्यंग्य गर्ने विधा भएकाले धेरै नेता रविनसँग नजानिँदो पारामा चिढिएका छन् । 

बहुदल स्थापनापछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच चिसो बढ्दै जाँदा सडकमा रहेका कांग्रेसका एक समूहले एमालेलाई ुलिफ्ट प्लिजु भन्दै गरेको कार्टुन बनाएका थिए उनले । संयोग नै मान्नुपर्छ त्यो कार्टुन छापिएपछि दुई समूहमा विभाजित कांग्रेस एक भएको थियो । फुट्नै लागेको कांग्रेस जुटेपछि एमाले पोलिटब्युरोको निष्कर्ष थियो- त्यही कार्टुनले गर्दा कांग्रेस जुट्यो । एमालेवृत्तमा त्यही कार्टुनलाई लिएर केही नेतामा तीव्र असन्तुष्टि पैदा भयो ।

कस्तो कार्टुनलाई उत्कृष्ट मान्ने  कसैले भन्छन् ुशब्दविहीन ।ु कसैको मान्यता छ सकेसम्म कम शब्द प्रयोग भएको । तर रविन यी दुवै मान्यतासँग सहमत छैनन् । उनी भन्छन् ुशब्दविहीन कार्टुन आफैँमा राम्रो मानिएला तर शब्द नहुँदैमा कार्टुन उत्कृष्ट बन्छ भन्ने होइन । कुनै पनि कार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर स्ट्रङ छैन भने शब्दविहीन हुँदैमा कार्टुनलाई उत्कृष्ट मान्न सकिँदैन ।ु

भारतका कट्टरपन्थी हिन्दू राजनीतिक नेता बाल ठाकरे एकताका सिद्धहस्त कार्टुनिस्ट मानिन्थे । बाल ठाकरेले ६० को दशकमा बनाएका कार्टुन रविनले हेर्न भ्याए । रविनका अनुसार बाल ठाकरेले कोरेका लाइन त्यत्तिकै लोभलाग्दा थिए । राजनीतिमा लागेपछि उनले कार्टुन कोर्न छाडे । त्यतिवेला बाल ठाकरेले कोरेका लोभलाग्दा लाइन सम्भँुदै रविन भन्छन् ुनेपालमा भने मनपरी ढंगले लाइन कोरेर कार्टुन बनाइने
गरिन्छ ।ु 

प्रविधिको विकाससँगै नेपालमा रंगीन कार्टुन छापिन थालेको १६ वर्ष नाघिसकेको छ । श्यामश्वेत कार्टुन बनाउँदै आएका कार्टुनिस्ट रंगीन कार्टुन बनाउन हौसिएका छन् । रंगीन हुँदैमा कार्टुन उत्कृष्ट हुने होइन तर श्यामश्वेतले देखाउन नसक्ने कतिपय कुरा रंगीन कार्टुनमार्फत देखाउन सहज हुने तर्क गर्दै साय्मिले भने ुअन्तर्राष्ट्रियस्तरको कार्टुनमा जस्तै हामीले पनि अब राम्रो क्यारिकेचरयुक्त कार्टुन बनाउने वेला भइसक्यो । राम्रो क्यारिकेचरले कार्टुनलाई उत्कृष्ट बनाउँछ । सकेसम्म शब्दविहीन कार्टुन बनाउन प्रयास पनि गरिरहेका छौँ । तर गाह्रो छ । शब्दबाट जस्तो रेखाद्वारा मात्र अभिव्यक्त गर्न त गाह्रै हुन्छ नि ।ु

विषयगत हिसाबले नेपालमा दुईकिसिमका कार्टुनको अभ्यास भएको पाइन्छ । ती हुन्- राजनीतिक र सामाजिक कार्टुन । रविन भने धेरैजसो राजनीतिक कार्टुन बनाउनमै रमाइरहेका छन् । मदन भण्डारी र जीवराज आश्रितको रहस्यम ढंगले हत्या भएपछि भड्केको आन्दोलनमा ७० को ज्यान गयॊ । तसर्थ गिरिजाप्रसाद कोइरालाको शासनशैली रविनलाई मन परिरहेको थिएन । त्यही अवस्थामा कोइरालाको शृंखलाबद्ध कार्टुन बनाए उनले । कोइरालाको अनुहार बिस्तारै मरिचमान बनेको कार्टुन दृष्टिमा छापियो । प्रविधिगत हिसाबले अहिले त्यति गाह्रो होइन तर त्यसवेला हातले बनाउनुपथ्र्यो जुन धेरै गाह्रो काम थियो । त्यतिवेला त्यो कार्टुन १५#२० हजारमा खरिद गर्छु भन्नेहरु धेरै निक्लिए । तर पनि बिक्री गरिएन ।
 
हामीले नै कार्टुनलाई व्यावसायिक रुप दिने हो भन्दै यो विधामा लागेका रविनले त्यतिवेला देखेका सपना अहिले विपनामा परिणत भएको छ । कार्टुन विधालाई व्यावसायिक बनाउँछु भनेर लागिपर्दा सुरुताका उनलाई बुबाले झपारेका थिए । त्यही ठिटो दक्षिण एसियाका कार्टुनिस्टको प्रतिनिधित्व गर्दै डेनमार्कसम्म
पुगे । मोहम्मद पैगम्बरको कार्टुन बनाउँदा विश्वभरि विवाद बढेपछि त्यसको निप्टारा लगाउन उनलाई डेनमार्क बोलाइएको थियो । रविन भन्छन् ुकसैको धार्मिक जातीय र भाषिक आस्थामाथि बनाइएको ुकार्टुनुले त्यस समुदायलाई गहिरो चोट पुर् याउन सक्छ । डेनमार्कमा मोहम्मदमाथि बनाइएको कार्टुन काण्ड त्यसको उदाहरण हो । सो काण्ड कुनै पनि रुपमा सही त थिएन तर ठूलै क्षति बेहोरेर भए पनि उक्त काण्डले कार्टुनको शक्ति भने पुष्टि गरिदिएको छ ।ु

Wednesday, July 6, 2011

जहाँ आफूखुसी घरजग्गा बेच्न पाइँदैन


दीपेन्द्र राई
सोलुखुम्बु २१ असार

आफूसँग भएको जायजेथा बेचेर मधेस तथा सहरतिर बसाइँ-सराइ गर्ने चलन पुरानै हो । हिजोआज पनि पहाडतिर यो क्रम रोकिएको छैन । तर शेर्पा जातिको बाहुल्य रहेको सोलुखुम्बुका शेर्पाहरुलाई भने मधेस र सहरको रमझमले तान्न सकेको छैन । 
उनीहरुलेमध्ये मधेस या सहरतिर बसाइँ-सराइ गर्न चाहनेले भएको जायजेठा आपुनै समुदायका जातिलाई बेच्नुपर्छ । यो स्थानीय खुम्जुङका शेर्पाले पालना गर्नुपर्ने अनिवार्य सर्त हो । सर्तको राख्नुको कारण प्रस्ट पार्दै खुम्जुङ गाउँ विकास समितिका निवर्तमान उपाध्यक्ष ल्हाक्पा शेर्पाले भने ुप्रथमतः यहाँ बेच्ने जग्गा नै छैन । दोस्रो हामीले घर-जग्गा किनबेचमा रोक लगाएका होइनौँ बेच्न चाहनेले आपुनै समुदायका नातागोता तथा इस्टमित्रलाई मात्रै बेचौँ है भनेका हौँ ।ु
पर्यटकीय क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटकमात्रै होइन कामको खोजीमा खुम्जुङ आइपुग्ने बाक्लै भेटिन्छन् । बाहिरबाट यहाँ आएर बसोबास गर्नेको बाहुल्य बढ्दै गएमा स्थानीय जातीय पहिचान नासिँदै जाला भन्ने डर छ हिमालयन इको रिसोर्ट खुम्जुङका साचालक तथा सामाजिक कार्यकर्ता तेम्बाछिरिङ शेर्पालाई । भन्छन् ुहामी हाम्रो गाउँठाउँलाई सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थलका रुपमा चिनाउन चाहन्छौँ । गाउँठाउँबाहिरकालाई घर-जग्गा बेच्यौँ भने सांस्कृतिक अतिक्रमण हुन्छ ।ु
दस वर्ष भयो खुम्जुङवासीले शेर्पाइतरका जातिलाई घर-जग्गा बेच्न रोक लगाइएको । ुयस्तो अभ्यास थालिए पनि व्यवहारमा कार्यान्वयन गर्न भने निकै अप्ठ्यारो परेकोु तेम्बाछिरिङ बताउँछन् । 
खुम्जुङका गाविससचिव शान्तिराम दाहालका अनुसार घर-जग्गा बेच्छु भन्नेले बेच्न पाएकै छन् । सायद यहाँका शेर्पाहरुले आन्तरिक रुपमै घर-जग्गा किनबेच गर्दा हुन् । उनीहरुले बनाएको स्थानीय नीतिले उनीहरुको समाज अस्तव्यस्त हुन नदिनु प्रधान कुरा हो । 
हुने-हुनेबीचमै घर-जग्गा किनबेच हुन्छ । आफ्नो गाउँठाउँमा बाहिरबाट आएका हुनेखानेको वर्चस्व रहेमा स्थानीय विस्थापित हुने सम्भावना उत्तिकै रहन्छ । मानवशास्त्री तथा समाजशास्त्री डम्बर चेम्जोङ भन्छन् ुसंस्कृति जोगाउने नाममा शेर्पा जातिका पितृहरुले बास गरेको आदिमभूमि बेच्न नचाहनु खुम्जुङे शेर्पाहरुको नैसर्गिक अधिकार हो । बेच्न चाहनेले समुदायभित्रकै किन्न चाहने ग्राहक खोजिदिनु कति राम्रो परम्परा । यस्तो परम्पराले सांस्कृतिक अतिक्रमण रोकिन्छ ।ु
बजारको प्रभावबारेमा त्यत्तिकै जानकार छन् शेर्पाहरु । बजारलाई कसरी उपभोग गर्न सकिन्छ भन्ने बुझेका छन् उनीहरुले । चेम्जोङ भन्छन् ुखुम्जुङ पर्यटकीय ठाउँ भएकाले व्यापारी तथा व्यवसायीको त्यो ठाउँमा आँखा लाग्नु स्वाभाविकै हो । तसर्थ बिक्रेताले भनेजति रुपैयाँ हालेर घर-जग्गा किन्ने जोकोही निक्लेलान् । त्यसो भयो भने वनसाङ्लोले घरसाङ्लो खेदेजस्तै अवस्था नहोला भन्न सकिन्न ।ु बाहिरबाट आएका व्यापारीबाट स्थानीय व्यापारी प्रभावित हुनुको भनेकै यहाँको स्थानीय अर्थतन्त्र तहसनहस हुनु हो । संस्कृति जोगाउने नाममा अन्य जातिलाई घर-जग्गा बेच्न नदिँदा गाउँमा आर्जेको सम्पत्ति गाउँबाहिर जाँदैन ।ु 
फरकमत राख्नेहरुको भनाइ छ- खुम्जुङे शेर्पाहरुले बनाएको यस्ताखालको नियम जातीय एकाधिकारवाद हो । तर आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा। ओम गुरुङ भने यो भनाइसँस सहमत छैनन् । डा। गुरुङ भन्छन् ुआपुनो संस्कृति जोगाइराख्न पाउने अधिकार सबैलाई हुन्छ । संस्कृति जोगाउने नाममा स्थानीय नीति-नियम बनाएर जातीय पहिचान बचाउन खोज्दा कसरी जातीय एकाधिकारवाद हुन्छ ु