Sunday, June 19, 2011

मन्त्रीको घर


-दीपेन्द्र राई
३ असार ०६६ । असार भन्नेबित्तिकै किसान व्यस्त रहने समय । त्यसैले असार रोपेर मंसिर फलाउने ध्याउन्नमा छन् उनी किसान हरु । पसिनाको गीत गाएर खानुको आनन्द पाखुरा बजार्नेलाई मात्र थाहा हुन्छ । त्यही आनन्द सँगालेर असार रोप्न खेतबारीमा व्यस्त छन् पावै सोलुखुम्बु का किसान । <br>
असार साउँदै मंसिर िभ&#339;याउने लोभमा छन् पावैका किसान । किनकि धेरैभन्दा धेरै मंसिर िभ&#339;याउनु छ उनीहरुलाई । त्यही हतारो र चटारोमा रमाइरहेका स्थानीय किसानले मंसिर फलाउन असार साउँदै गरेको दृश्य नियाल्दै हामी साचारकर्मीद्वय पीटी लोप्चन भोजेन्द्र बस्नेत र पंक्तिकार सल्लेरी फर्कंदै छौँ । सल्लेरी सोलुखुम्बुको सदरमुकाम हो । 
पावै सोताङ लोखिम जुभु गुदेल बुङ र छेस्काम सोलुखुम्बुअन्तर्गत दूधकोसीपारिका गाउँ विकास समितिमा पर्छन् । त्यसमध्ये एउटा गाविस हो पावै । सोलुखुम्बुवासी भन्छन् ुमन्त्री जन्माउने गाविस हो पावै ।ु त्यही गाविसबाट हामी सल्लेरी फर्कंदै छौँ । घाम हाम्रै टाउकामाथि भएको भान भइरहेको छ । त्यतिमात्र होइन सातवटा घाम एकैपटक लागिरहेको हो कि भन्ने लागिरहेको छ । प्रचण्ड गर्मीले हामीलाई त्यस्तो अनुभव गराएको हुनुपर्छ ।
रापिलो घामले पोलेकाले साचारकर्मीद्वय लोप्चन र बस्नेत जतिसक्दो बाटो छोट्टुउन चाहन्थे । म भने मन्त्री घर हेरेरै फर्कने पक्षमा थिएँ । मेरो एकोहोरो आग्रहलाई उहाँहरुले नाइनास्ती गर्न सक्नु भएन । मन्त्रीको घर हेरेरै फर्कने सहमतिमा पुगेका हामी पूर्वसंस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किरातीको पुख्र्याैली घरतिर जाँदै छौँ । पथपदर्शकका रुपमा छन्- शिक्षक धनराज नाछिरिङ । नाछिरिङले हामीलाई मन्त्री किरातीको घरसम्म पुर् याए ।
 सर्वहारा मन्त्रीको घर कस्तो होला  कति तले घर होला उनको । कस्ता घरमा उनी जन्मेका थिए  खुल्दुली लागिरहेकै बेला मन्त्रीको घर पुगियो । मकैका बोटले छपक्कै छोपिएको थियो मन्त्रीको घर । घरभन्दा मकैका बोट अग्ला-अग्ला देखिन्थे भने मकैका बोटको तुलनामा मन्त्रीको घर बामपुड्के देखिन्थ्यो । मकैका बोटभन्दा मन्त्रीको घर हेर्नुहोस् तस्बिरको घर बामपुड्के देखिएपछि तपाईंले लख काट्नुभयो होला भूतपूर्व मन्त्रीको घरको अवस्था । तस्बिरमा देखिएको घरको दक्षिणपट्टि दुईवटा ढोका छन् । ढोका खुलै रहेको थुप्रै भयो । ढोकाले ढोकाको काम गर्दैन ढोकाको खापामात्रै बाँकी रहेकाले । घरभित्र केही कोही नछिरुन् भनेर होला दुवैपट्टिको ढोकामा काठ ठडुइएको छ । दुवै ढोकामध्ये पूर्वपट्टिको ढोकामा अझै पनि चाइनिज ताल्चा झुन्डिरहेको छ भने पश्चिमपट्टिको ढोकाको खापामा ुखम्बुवान जिन्दावादु लेखिएको छ ।
खम्बुवान मुक्तिमोर्चा ०४९ मा गठन गरिएको थियो मन्त्री किरातीकै नेतृत्वमा । त्यतिबेला उनी आफैँ नेता आफैँ कार्यकर्ता थिए । त्यहीताका त होला पश्चिमपट्टिको ढोकामा लेखिएको नारा अझै मेटिएको थिएन । एकतले घरको तलामाथिको दक्षिणपट्टिको बीचभागको गारो भत्कँदै गएको छ । घरको तलाको बीचभागमा ठूलो भ्वाङ परेको देखिन्छ । घरको छानोको ढाड भाँच्चिएको छ । जसले घरलाई घामपानीबाट जोगाउन सकिरहेको छैन । तसर्थ समग्र घर भत्कँदै गइरहेको छ । घरको अवस्था देख्दा लाग्छ- घर स्याहार्न छाडेको थुप्र्रै भइसक्यो ।
मन्त्रीको घर हेरिसकेपछि हामी बाटो लाग्यौँ । बूढीडाँडा पुग्नु छ आज । बाटैमा पर्ने रहेछ मन्त्री किरातीकी दिदी टीकाकुमारी राई ६१ को घर । बात मार्न हामीले बोलाउँदै गर्दा टीका दिदी मकैबारी पसेका बाँदर धपाउँदै थिइन् । गनिल्याउँदा २६ वर्ष भयो गोपाल किराती राजनीतिका पूर्णकालिक कार्यकर्ता भएको । राजनीतिमा लागेको यत्तिका अवधिमा भाइ सभासद् बनेको सुन्दा आफू छक्कै परेको उनले बताइन् । भनिन् ुउनै भाइ सभासद् मात्रै होइन मन्त्री बनेको खबर सुन्दा त झनै पत्याउनै सकिनँ । गरिबको छोरा कसरी मन्त्री भयो होला र  रेडियोबाट प्रसारित समाचार सुनेपछि भने पत्याएँ ।ु हामीसँगको भेटघाटमा आफूले भाइलाई लाहुरे बनाउन चाहेको कुरा नलुकाई दिदीले बताइन् । लाहुर लाग्न गेटपास पाएर भाइ पोखरासम्म पुगेको बिस्रेकी छैनन् रे टीका दिदीले ।
स्थानीय हुनेखानेले पेलेर पापडजस्तै बनाएका थिए मन्त्री किरातीलाई । त्यही पेलाइ सहन नसकेर टे्रकिङ मजदुरीमा हिँडेका उनी त्यतैत्यतै राजनीतिमा हामफाले । सारासारा त्यागेर राजनीतिमा लागेका उनले तस्बिरको घरमात्रै होइन स्थानीय सामन्तीले पेलेर पापडजस्तै बेलेका आफूजस्तैकाको मुक्तिका लागि घरबार त्यागेर राजनीतिमा लागेका थिए । 
मन्त्रीको घर हेर्न त्यहाँ पुगेका हामीमध्येका एक पीटी लोप्चनले भने ुराजनीतिमा लागेपछि मन्त्री किरातीजस्तो पो हुनुपर्छ । घरबार त्यागेर राष्ट्र बनाउने अभियानमा हिँडेका उनलाई लाग्यो होला राष्ट्र समुन्नत बन्यो भने त्यो राष्ट्रभित्र बन्ने घरहरु भरपर्दाे बन्नेछन् । मेरै घर पनि अहिलेको अवस्थाको जस्तो हुने छैन ।ु साचारकर्मी लोप्चनको विश्लेषणसँग हामी सहमत नहुने कुरै भएन । त्यतिबेला गत असार ३ गते हामीले देखेको मन्त्री किरातीको घर त्यस्तै छ कि ढल्यो  मन्त्री किरातीलाई नि थाहा छैन रे । किनकि उनी पनि आपुनो घर नफर्केको थुप्रै भइसकेको छ । अचेल मन्त्री किराती अनामनगरको सुकुम्बासी बस्तीमा दुइटा कोठा भाडामा लिएर बसेका छन् । 

No comments:

Post a Comment