Sunday, June 19, 2011

सोइ ढोले सोइ नयाँ संविधान खोई



दीपेन्द्र राई


लगाइएकॊ बालीमा कीरा-फट्याङ्ग्रा नलागोस् । असिनापानीले सखाप नपारोस् । पोहोरभन्दा यसपालि झनै राम्रो उब्जनी होस् भन्दै किरात राईहरुले आदिकालदेखि भूमिपूजा गर्दै आएका छन् । प्रकृतिपुजक राईहरुले सालिन्दा वैशाखे पूर्णिमामा भूमि पूजा गर्ने गर्छन् । पूजा गरिसकेपछि साकेला बहुभाषी किरात राईहरुले फरक-फरक नामले पुकार्छन् नाच्ने गर्छन् ।

अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने साकेला कतै १५ दिन त कतै महिना दिनसम्म मनाइने गरिन्छ । यसपालिको वैशाखे पूर्णिमा जेठ ३ गते परेको छ÷थियो । किरात राईहरुको सघन बसोबास रहेको ओल्लोकिरात माझकिरात र पल्लोकिरात त्यो पनि किरात राई बस्ती यतिबेला साकेलामय बनेको छ ।

हिँड्न सक्नेदेखि उभिनसक्नेसम्मका सबैले साकेला नाच्ने गर्छन् । किरात भेषभूषा र गरगहना लगाएर राईहरुका मौलिक बाजा ढोल र झ्याम्टा बजाउँदै सिली टिपिन्छ । हात खुट्टाको सहायताले अभिनय गर्दै देखाइने कलालाई सिली भनिन्छ । सिली टिप्ने अग्रणी भूमिका निर्वाह गर्ने पुरुष र महिलालाई क्रमशः सिलिमाङ्पा र सिलिमाङ्मा भन्ने गरिन्छ । सिलिमाङ्पा र सिलिमाङ्माले गरेको अभिनयलाई अरुहरुले आत्मसात् गर्ने गर्छन् ।

भनिन्छ, ‘१०८ प्रकारका सिली प्रचलनमा छन् ।’ किरात राई समुदायको सम्पूर्ण अवयव सिलीमै प्रस्तुत गरिन्छ । किसानले बाली लगाउँदा िभœयाउँदा मात्रै होइन कपास रोप्ने टिप्ने धागो कात्ने चर्खा चलाउने पिउरी पार्ने धान रोपेको गोडेको काटेको झाँटेको कुटेको पिसेको अनि पकाएको खाएको जाँतो पिँधेको तान बुनेकोलगायत विभिन्न जीवजन्तुको हाउभाउसमेत साकेला सिलीमा प्रस्तुत गरिन्छ । यिनै सिलीहरुको जीवन्त प्रस्तुति साकेला नाचमा हेर्न पाइन्छ ।

पहिले-पहिले राईबाहेक अन्य जातिले साकेला नाच्न पाउँदैनथे । तर अहिले त्यस्तो कडिकडाउ छैन । त्यसैले अन्य जातिका मानिस पनि किरात राईहरुको महान् चाड साकेलामा भेला भएर रमाइलो गर्ने गर्छन् । त्यसमध्येका एक हुन्- संस्कृतिकर्मी सन्जोग लाफामगर । उदयपुरका मगर भन्छन्म, ‘माझकिरातमै जन्मेँ हुर्कें । बस्दा उठ्दा र सुत्दासमेत राई संस्कार संस्कृतिसँग नजिक रहन पाएँ । त्यही भएर कसैले नबोलाए पनि म सालिन्दा साकेलामा सहभागी भइरहन्छु ।’ काठमाडौं आएपछि मात्रै यसपालिसहित म साकेलामा बीसौँपटक सहभागी भएँ भन्दै उनले भने, ‘ढोल-झ्याम्टा बजेको सुन्नसाथ साकेला नाचिरहेको ठाउँ पुगिहालौँ भन्ने लाग्छ । यो चाडले मलाई जातीय अपनत्व बोध गराउँछ ।’

संस्कृतिकर्मी मगरमात्रै होइनन् नेपाली संस्कृतिबारे अध्ययन गर्न विदेशबाट आएका विद्यार्थीसमेत साकेला नाच्न पछि पर्दैनन् । राईहरुको सघन बसोबास रहेको बस्तीमा अन्य जातिको बसोबास रहेको छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनीहरुले पनि यो चाड मनाइरहेका हुन्छन् । किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष तथा उपप्राध्यापक चतुरभक्त राईले भने, ‘कतिपय गाउँठाउँमा हिजोआजसमेत गैरराई जातिले घरैपिच्छे एक माना दुई माना अन्न उठाएर हामीलाई दिने गर्छन् । जाँड पकाउँदा उनीहरुले खुसीसाथ दिएको अन्न पनि मिसाइन्छ । भूमि पूजा गर्दा हामीले त्यही जाँड प्रयोगमा ल्याउँछौँ । खुसीसाथ हामीलाई अन्न दिनु भनेको उनीहरु गैरराई जाति ले पनि प्रकृति पूजालाई हार्दिकतापूर्वक स्विकारेको मान्न सकिन्छ ।’ तसर्थ प्रकृतिलाई अनुपम शक्तिका रुपमा लिँदै मनाइने साकेला एक-अर्कामा सद्भाव बाँड्ने चाड पनि हो भनेर भन्न सकिन्छ । लगाइएको बाली िभœयाएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मङ्सिरे पूर्णिमाको दिन पुर्खालाई चढाएपछि मात्रै उनीहरुले प्रयोगमा ल्याउँछन् । जसलाई मङ्सिरे पूर्णिमा उँधौली भनिन्छ ।

मल्लकालका एक राजाले साकेला चाडमाथि प्रतिबन्ध लगाएका थिए । त्यसताका पनि राईहरु आफ्नो मौलिक एवम् महान् चाड आफ्नै किसिमले मनाउँदै आए । वैशाखे पूर्णिमा उँभौली र मङ्सिरे पूर्णिमा उँधौली ०४७ सालबाट भने भव्य र सभ्य तरिकाले मनाउन थालिएको हो । यही चाडले उनीहरुलाई सालिन्दा दुईपटक एक ठाउँमा जम्मा गराउँछ । त्यही अवसरमा उनीहरु शुभकामना आदान-प्रदान गर्छन् । दुःख-सुखमात्रै होइन आत्मीयता साटासाट गर्छन् । विभिन्न शीर्षकमा परदेशिएकाहरु यही अवसरमा घर फर्कन्छन् । छोरीचेलीहरु कहिले साकेला आउला र माइती जाउँला भनेर औँला भाँचिरहेका हुन्छन् भने कतिपयले त भित्तेपात्रोमा पहिले नै चिनो लगाइसकेका हुन्छन् । समाजशास्त्री डम्बर चेम्जोङको ठम्याइ छ- दर्शक भएर हेर्दा साकेलामा उनीहरु नाचेको देख्छाँै । नाच्दा जीनवका सम्पूर्ण अवयवसहितको अभिनय गरेको देखिन्छ । त्यो सम्पूर्ण प्रकि्रयाभित्र साकेला मनाउने समुदायको नातापद्धति कि्रयाशील भएर आएको हुन्छ । जुन हेर्दै लोभलाग्दो देखिन्छ ।
सोइ ढोले सोइ स्वायत्त राज्य खोई

सोइ ढोले सोइ नयाँ संविधान खोई

पछिल्लो समय साकेलामा सांस्कृतिकमात्रै होइन राजनीतिक जागरणका गीतहरुसमेत सुन्न थालिएको छ । राजनीतिबाट कोही पनि अछुतो रहन सक्दैन । त्यसो भएकाले राईहरुको संस्कार संस्कृति पनि राजनीतिबाट टाढा रहन सक्दैन । पूर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराती भन्छन्, ‘जातीय संस्कार संस्कृति आफँैमा राजनीति भए पनि साकेला पूर्ण राजनीति भने होइन । किनकि कम्युनिस्ट कांग्रेसलगायत अन्य दलविशेषको छुट्टाछुट्टै समूह बनाएर साकेला नाचिँदैन ।’

साकेलाले एउटा राजनीतिक अर्थ बोध गराइरहेको हुन्छ । ‘साकेलामा सबै राईहरु एकठाउँमा जम्मा हुनु पनि त राजनीति नै हो । साकेलालाई दलविशेषले गर्ने राजनीतिका रुपमा पनि हेर्न नसकिनेचाहिँ होइन, समाजशास्त्री चेम्जोङ भन्छन्, ‘तर केचाहिँ होइन भने साकेलाको माध्यमबाट यो चाड मनाउनेले एउटै दलविशेषलाई भोट दिउँु भन्न खोजेको छैन ।’ त्यही भएर विभिन्न राजनीतिक विचारधारासँग नजिक रहेका सबै राईहरुले आजसम्म एकैठाउँमा जम्मा भएर यो चाड मनाउँदै आएका छन् ।


साकेला कहिलेदेखि मनाउन थालियो कसैको एकमत नभए पनि राईहरु कृषि युगमा आइपुगेपछि यो चाड मनाउन थालिएको हो भन्नेमा धेरैको एकमत रहेको छ । इच्छापूर्ण राईले ‘साकेवा संस्कृति र चुनौती’ आलेखमा लेखेका छन्- एक हजार तीन सय ४८ वर्षपहिले अर्थात् ६०६ सालबाट साकेला सुरु भएको हो । साकेला कहिलेबाट सुरु भयो भन्ने गौण मानिन्छ प्रधान कुरा त यसको सांस्कृतिक पक्षचाहिँ कति मौलिक र व्यावहारिक छ भन्ने हो ।



राई समुदायमा आफ्नो संस्कार र संस्कृतिबारे जान्न-बुझ्न खोज्ने बढ्दै गएका छन् । साकेलाबारे अनभिज्ञ गायिका मेलिना राई चाम्लिङ दुई/तीन वर्षयता सालिन्दा उँभौली तथा उँधौलीमा सहभागी भइरहेका छन् । गायिका राईले भनिन्, ‘म गायनमा लागेको हुनाले एकातिर पीआर पब्लिक रिलेसनु पनि बन्ने अर्काेतिर आफ्नो संस्कार र संस्कृतिबारे कसैले सोधिहालेमा मलाई त थाहा छैन भन्नु पर्दैन ।’ गायिका राई मात्रै होइन सांस्कृतिक चाडपर्व कार्यक्रम र गविविधिहरुमा किरात राई समुदायका ‘योङ जेनेरेसन’ को उपस्थिति रहरलाग्दो देखिन्छ । रहरलाग्दो उपस्थितिले केही विकृति िभœयायो भन्ने गुनासो सुन्न थालिएको छ । छोटाछोटा लुगा लगाएर पप र र् याप शैलीमा अभिनय गर्दै साकेला नाचेपछि उनीहरुमाथि यस्तो अप्टिक आइलागेको हो । किरात राई पत्रकार सङ्घका अध्यक्ष पदम राई छोटाछोटा लुगा लगाएर साकेला नाच्नुलाई विकृति मान्छन् । अध्यक्ष राई भन्छन्, ‘युवा पुस्तामा यस्तो कि्रयाकलाप बढेर गएको छ । ती पुस्तालाई यायोक्खाले सचेत गराउनुपर्छ । नत्र हाम्रो संस्कार संस्कृतिसमेत रिमिक्स बन्न बेर लाग्दैन ।’

पहिचानविनाको मानिस नागरिकता नभएको नागरिक जस्तै हुन् । किरात राईहरु आफ्नो पहिचानलाई सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् । त्यसैले यतिबेला उनीहरुले प्रयोग गर्ने मोबाइलको रिङटोनमा समेत सांस्कृतिक जागरणका साकेला गीतहरु सुन्न पाइन्छन् । त्यतिमात्रै होइन कतिपयले फेसबुकमा ‘आई लभ यु साकेला’ समूह बनाएर किरात एकताको सन्देश प्रवाह गरिहेका हुन्छन् । यतिबेला किरात राईहरुले प्रयोगमा ल्याएका इमेल र फेसबुक इन्बक्समा उभौलीको शुभकामनाले भरिएका छन् । साथै उनीहरुको इमेल र फेसबुक स्टाटसमा लेखिएका छन् :

चोलिया सिउनु कुमकुमको

भेट भयो आज थुमथुमको



बसेरी वनको धोद्रे साल

को मर्दाे बाँच्दो आउँदो साल

यतिबेला राईहरुको सघन बसोबास रहेको नेपालका पूर्वी पहाडी जिल्लाहरु मात्रै होइन ङकङ बेलायत ब्रुनाई अमेरिका जापान दुबई कतार साउदी अरब मलेसिया र भारतको सिक्किम दार्जिलिङमा समेत साकेला मनाइँदै छ । काठमाडौं ललितपुर र भक्तपुरमा समेत ३१ वर्ष अघिदेखि यो चाड मनाउन थालिएको हो । क्याम्पस पढ्न ०३५ सालमा काठमाडौं आएका संगीतकार बुलु मुकारुङको पहलमा काठमाडौंमा साकेला मनाउन थालिएको हो । ०३६ सालमा शङ्करदेव क्याम्पसको आँगनमा सहपाठी खम्बासेर राई एनबी राईलगायत साकेला नाचेको मुकारुङले सम्झे । त्यो क्षण सम्झँदै संगीतकार मुकारुङले भने, ०३७ सालदेखि हामीले व्यवस्थित रुपमा साकेला मनाउन थाल्यौँ । हामीसँग ढोल-झ्याम्टा नभएकाले कीर्तिपुर काठमाडौं का नेवारहरुसँग मागेर काम चलायौँ । त्यो साल हामी २०/२२ जनाले साकेला नाचेका थियौँ ।’

१२ लाख किरातीले मनाउँदै आएको यो चाडले ०५८ सालबाट ‘किराती चाड’ का रुपमा मान्यता पाएको हो । सरकारले ०६४ सालदेखि भने वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा सार्वजनिक बिदा दिन थालेको छ । जनगणना ०५८ अनुसार नेपालमा ३ दशमलव ४ प्रतिशत किरात धर्मावलम्बी रहेका छन् ।

(तस्बिर सौजन्य : कैलाश राई)











No comments:

Post a Comment