Saturday, June 18, 2011

मर्चा बेचेरै जीविकोपार्जन

दीपेन्द्र राई
जेठ लाग्नबित्तिकै गाउँ विकास समितिका सबैको घर-आँगन पुग्ने देउसा-६ सोलुखुम्बुका कुम्भे तामाङ मंसिरमा पनि त्यसरी नै सबैको घर-आँगन पुग्ने गर्छन् । वर्षमा दुईपटक सबैको घर-आँगन पुग्नु तामाङको गरिखाने माध्यम बनेको छ । 

गाविसभरिको घर-आँगन पुग्दैमा गरिखाने माध्यम कसरी बन्ला भन्ने खुल्दुली लाग्नु स्वाभाविकै हो । वर्षमा दुईपटक सबैको घर-आँगन पुग्नु उनको रहर होइन बाध्यता । जेठमा जाँड पकाउने औषधि मर्चा लिएर सबैको घर पुग्ने उनी मंसिरमा चाहिँ मर्चा पुर् याउन होइन जेठमा पुर् याइएको मर्चाको पारिश्रमिक लिन सबैको घर पुग्ने गर्छन् ।

कुम्भे तामाङ
पारिश्रमिकस्वरुप उनले गाउँलेबाट रुपैयाँ होइन अन्न पाउँछन् । मर्चा व्यवसायी तामाङ भन्छन् ुएक माना अन्नबराबर तीन दाना मर्चा दिने गरेको छु ।ु पारिश्रमिकस्वरुप उठेको त्यही अन्नबाट उनले परिवार पाल्दै आएका छन् । परिवार पाल्नु मात्रै होइन नौजना छोराछोरी पढाउन पनि यही व्यवसायले सघाएको छ उनलाई । मर्चा व्यवसाय गर्दै पढाएको एक छोरा सरकारी जागिरे भइसकेका छन् । कतिपय छोराछोरी आफ्नै खुट्टामा उभिनसक्ने भइसके । 

एकताका मर्चा बेच्दै छिमेकी गाविस गार्मा र काँकुसम्म पुग्ने तामाङ मीठो मर्चा बनाउने व्यवसायी भनेर जिल्लामै कहलिएका छन् । ुहामीलाई मर्चा नभई नहुने । मर्चा बनाउने सीप भएका उहाँलाई मर्चासँग अन्न साट्दा छोराछोरी पाल्नुपर्ने बाध्यता । जसले गर्दा हामीजस्ता मर्चापानी खानेको गर्जाे नि टर् यो । छोराछोरी पाल्न उहाँलाई नि सजिलोु देउसा गाविसका निवर्तमान अध्यक्ष सोमरेन्जी राईले भनॆ ।

पछिल्लो समयमा तामाङको व्यवसाय ओरालो लाग्न थालेको छ । गाविसभरि मर्चा बनाउने उनी एक्लै हुँदा व्यवसाय फस्टाए पनि पछिल्लो समय गाउँमा सबैले मर्चा बनाउन अभ्यस्त भएपछि आफ्नो व्यवसाय ओरालो लागेको उनले बताए ।  

No comments:

Post a Comment