Sunday, June 19, 2011

रुकुम युद्ध पर्यटकीय गन्तव्य बन्न सक्ने




दीपेन्द्र राई  
रुकुम १३ चैत
दसवर्षे सशस्त्र जनयुद्धमा माओवादी लडाकुले धेरैपटक ओहोर-दोहोर गरेको रुकुमका गाउँठाउँलाई ुयुद्ध पर्यटकीयु गन्तव्यका रुपमा प्रवद्र्धन गरिने भएको छ । सो अवधिमा जनसेना र सरकारी सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको स्थान जनसेनालाई प्रशिक्षण दिइएको ठाउँ र माओवादीले पहिलोपटक जनसरकार घोषणा गरेको गाउँ बाँफीकोट लाई ुयुद्ध पर्यटकीयु गन्तव्यका रुपमा प्रवद्र्धन गर्न अध्ययन सुरु गरिएको हो । 
ुपर्यटनलाई रुकुमेली जनतासँग जोड्न ढिलो भइसक्योु सभासद् कमला रोकाले भनिन् ुसामाजिक रुपान्तरणका लागि रुकुमेली जनताको त्याग तपस्या कीर्तिमान र सशस्त्र युद्धका क्रममा यहाँ घटेका घटना दुर्घटनाको अवशेषलाई अभिलेखका रुपमा राखिएमा रुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सकिन्छ ।ु पर्यटन प्रवद्र्धन गर्न सके यहाँका जनताको जीवनस्तर उकास्न धेरै समय नलाग्ने उनले बताइन् ।
रुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न अध्ययन सुरु भएपछि स्थानीय बासिन्दाबीच बहस सुरु भएको छ । ुनेपालको सन्दर्भमा ुवार टुरिजमुको अवधारणा नयाँ विषयका रुपमा आएको छु रुकुमका प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले भने ुविस्तृत अध्ययनपछि मात्रै यसको सकारात्मक तथा नकारात्मक पाटो केलाउन सकिन्छ ।ु तर अनेरास्ववियु जिल्ला अध्यक्ष धनराज खड्काले भने युद्ध पर्यटकीय गन्तव्यका रुपमा जिल्लालाई चिनाउँदा दसवर्षे सशस्त्र युद्धको घाउ बल्झिने बताए । 
प्राकृतिक सांस्कृतिक र कृषि पर्यटनको प्रचुर सम्भावना रहेको रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन सबैभन्दा पहिले भौतिक पूर्वाधार विस्तार गरिनुपर्नेमा माओवादी रुकुम इन्चार्ज शरुण बाँठामगरले जोड दिए । ुजनयुद्धले रुकुमेली जनता र जनजीवनमा पारेको प्रभाव जनयुद्ध प्रभावित ठाउँ र यहाँको संस्कृति शोधका विषय बन्छन् भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन किन नहुने ु उनले प्रतिप्रश्न गरे ुचीनको ग्रेटवाल पनि त युद्धकै चिनारी हो । ग्रेटवाल चीनको समृद्धिमा सहायक बन्छ भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाएर यहाँको जनताको जीवनस्तर किन नउकास्ने ु
पेरुका विद्रोही नेता गोन्जालोले आफू लुक्न र आपुना गुरिल्लालाई प्रशिक्षण दिन प्रयोग गरेको एन्डिज पर्वत अहिले युद्ध पर्यटकीय गन्तव्यका रुपमा चिनिएको छ भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन किन सकिन्न भन्दै सामाजिक पर्यटन प्रवद्र्धक अशोक महर्जनले भने ुरुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दा दलविशेषको मात्रै नभएर स्थानीय सबैको सहभागिता हुनुपर्छ र त्यसको फाइदा पनि उनीहरुले नै पाउनुपर्छ ।ु युद्धमा प्रत्यक्ष संलग्न स्थानीय व्यक्तिलाई नै पथप्रदर्शक छानियो भने युद्धकालमा घटेका घटना दुर्घटनाबारे पर्यटकलाई प्रस्ट पार्न सक्ने उनको धारणा छ । त्यतिमात्रै होइन जिल्लाको बाटोघाटोको योजना कार्यान्वयन गर्दा हिजोका संरचना जोगाउनुपर्नेमा समेत उनले जोड दिए ।
रुकुमलाई पनि युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सल्यान र रुकुमको सिमाना खौला खारा सिम्रुतु खलंगाबजार गिल्वाङ बाँफीकोट स्यार्पु पीपल पोखरा रुकुमकोट महत काँक्री तकसेरा दाम्चन ढोरपाटन आरक्षण हुँदै बाग्लुङको बोबाङलाई सम्भावित ुगुरिल्ला ट्रेल्सुका रुपमा प्रवद्र्धन गर्न गतिशील युवा समाज रुकुम र हिमालय मेन्टर काठमाडौंले अध्ययन गरेको थियो । टोलीमा काठमाडौंबाट गएका साचारकर्मीको समेत सहभागिता थियो ।

No comments:

Post a Comment