Sunday, June 19, 2011

सरकारले हामीलाई गहना मात्रै ठान्यो

दीपेन्द्र राई 
जन्मेको सात वर्षपछि झमक घिमिरेले साउँअक्षर चिनिन् । कसैको प्रशिक्षणविना एकलव्य साधनाले घिमिरेले साउँअक्षर चिनेकी हुन् । उनले साउँअक्षर चिन्न थालेको तीन वर्षपछि मात्रै उनको घरपरिवारले थाहा पाए ।
साउँअक्षर छिचोल्न झमकलाई ठ्याम्मै वर्ष दिन लाग्यो । त्यो समय अवधिमा उनले कम्ती सास्ती भोग्नु परेन । अन्ततः उनले विक्रम सम्वत् २०४४ मा साउँअक्षर चिनिछाडिन् । भनिन् ुसाउँअक्षर छिचोल्दा धेरै कुरा सिकेजस्तो लागेको थियो । त्यसबेला युद्ध जितेर फर्केको सिपाहीभन्दा बढी खुसी र उत्साहित भएकी थिएँ ।ु
झमक घिमिरे
झमकका अनुसार उनले पहिलोपटक चिनेको व्याजन वर्ण ुकु हो । त्यसपछि उनले चिनिन्- ुऊ र ुवु । साउँअक्षर जानेर मात्रै पनि त भएन । शब्द र वाक्य जान्नुपर् यो । वाक्यगठनबारे ज्ञान नभई कसरी पढ्न र लेख्न सक्नु  उनका लागि चुनौतीमाथि चुनौती थपिँदै गयॊ । त्यसैले उनले एउटा-एउटा अक्षर जोडेर त्यसको अर्थ लगाउन थालिन् । लामो समयको अभ्यासपछि उनलाई थाहा भो- अक्षर-अक्षरबाट शब्द बन्दो रहेछ । अक्षर-अक्षरबाट शब्द बन्छ भनेर थाहा पाउन उनले दुई-तीन वर्ष मेहनत गर्नुपरेको थियो ।
झमकको एकलव्य साधनाले मूलबाटो पहिल्याउँदै गयो । पढ्न सक्ने भइसकेकी उनले त्यतिन्जेल लेख्न पनि थालिसकेकी थिइन् । भनिन् ुधरतीलाई अभ्यास पुस्तिका खुट्टाका औँलालाई पे_िन्सल र इरेजर बनाएकी थिएँ । यो मेरो बाध्यता थियो ।ु निरन्तरको अभ्यासपछि उनले सहज रुपमा खुट्टाले लेख्न थालिन् । लेख्न सक्ने भएपछि विसं। ०५३ बाट साहित्यका विभिन्न विधामा कलम चलाउन थालिन् उनले । <br>
झमक घिमिरे
लेख्न त्यति सजिलो कहाँ थियो र । अध्ययन चिन्तन- मननविना साहित्य लेखिँदैन भन्ने भेउ पाएकी उनले आफ्नो अध्ययनलाई फराकिलो बनाउन थालिन् । साहित्यका विभिन्न विधामा कलम चलाउनअघि दर्शन राजनीतिशास्त्र धर्मग्रन्थ इतिहास विभिन्न साहित्यिक किताब र पत्रपत्रिका त्यो पनि उपलब्ध भएजति अध्ययन गरेपछि सो अध्ययनले उनलाई दृष्टिकोण बनाउन सघायो । त्यसो भएपछि लेख्ने विषयवस्तुको कमी भएन उनलाई । ुसुरुसुरुमा त म पनि लेख्न सक्छु भन्ने पटक्कै विश्वास थिएन । एकखालको हीनताबोध हुन्थ्यो । तर जब म १५&#247;१६ वर्षकी भएँ त्यसपछि मात्रै म पनि लेख्न सक्छु भन्ने आत्मविश्वास लाग्योु उनले भनिन् ुअब भने मलाई लेखक बन्छु भन्ने सतप्रतिशत विश्वास छ ।ु लेखेरै खान सक्ने हैसियत बनाएकी छन् उनले । आफैँले कमाएर बाँचेकीमा उनी अत्यन्तै गौरवान्वित छन् । हो नि- पसिनाको गीत गाएर खानुको आनन्द बेग्लै हुन्छ । 
लेख्न जान्ने भएपछि उनले पहिलोपटक कविता लेखेकी थिइन् । त्यो समयदेखि आजसम्म उनले लेख्न छाडेकी छैनन् । देब्रे खुट्टाको चोरऔँला र बूढीऔँलामा कलम च्यापेर लेख्ने झमकले आफूलाई चित्त नबुझेको साहित्यिक सिर्जना मात्रै होइन आलेखसमेत च्यातेर फाल्ने गर्छिन् । किन  उनको सहज उत्तर थियो ुमैले लेखेको कुनै पनि साहित्यिक सिर्जना वा आलेखले मलाई त चित्त बुभुदैन भने पाठकलाई कसरी चित्त बुझ्ला  त्यसैले च्यातेर फालिदिन्छु ।ु उनको यो कामले आज पनि निरन्तरता पाएकै छ । च्यातिने च्यातिएकै छन् । लेख्ने र च्यातिने क्रम चलिरहन्छ । पछिल्लो समय उनले कविता निबन्ध र उपन्यास लेख्दै आएकी छन् । भन्छिन् ुउपन्यासचाहिँ पाठकले पढ्न पाउनेमा शंका छ ।ु चित्रकारिता उनको मन पर्ने विषय हो । समय मिलाएर उनी चित्र पनि कोर्ने गर्छिन् ।
साहित्यका अलावा झमकले सातामा एउटा आलेख अनिवार्य रुपमा लेख्नैपर्छ । काठमाडौँबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा उनी ुआफ्नै परिवेशु नामक स्तम्भ लेख्छिन् । उनले साताको दुई घन्टा समय आलेख लेख्न छुट्टुउनुपर्छ । खुट्टाले लेखेर तयार भएको उनको आलेख कहिले बहिनी कहिले आमा त कहिले बुबाले सम्बन्धित पत्रिकाको कार्यालयसम्म पुर् याइदिन्छन् । अहिलेसम्म उनले खुट्टाले लेखेको गुरुकापी 
मूलकापी नै पत्रिकाको कार्यालय पठाइने गरिन्छ । धनकुटा रहँदा भने आफूले लेखेको आलेख फ्याक्समार्फत पठाउने गरेको झमकले बताइन् । 
आफ्नो काम आफैँ गर्न मन पराउने झमक आपुूले गर्न सक्ने काम अरुको आस गर्दिनन् । लेख्नु त छँदै छ खुट्टाकै सहाराले उनले भात खाने ब्रस गर्ने रेडियो टीभी कम्प्युटर र बाकस खोल्ने गर्छिन् । किताब तथा कापी झिक्न र पल्टाउन उनलाई अरुको सहयोग चाहिँदैन । भन्छिन् ुमलाई आफ्नो काम अरुले गरिदिएको मन पर्दैन ।ु
उखानै बनेको छ- ुनेपाली भाषा जान्नेले जाउलोसम्म खान पाउँछन् भने अंग्रेजी जान्नेले भातु । उल्लिखित उखानले अंग्रेजी भाषाको मह&#338;वलाई प्राथमिकतामा राखेको छ । झमकले उल्लिखित उखान सुनेकी थिइन् कि थिइनन् तर उनी अंग्रेजी भाषाको मह&;वबारे अनभिज्ञ थिइनन् भन्ने कुरा प्रस्ट छ । अंग्रेजी भाषाको मह&#338;व थाहा भएकैले उनले अंग्रेजी सिकिन् । जम्माजम्मी तीन महिना अंग्रेजी भाषाको कक्षा लिए पनि सिकाइ त्यति प्रभावकारी नभएको उनले संकेत गरिन् । विविध कठिनाइका कारण महिनामा १२ दिन जति मात्रै उनले कक्षा लिन्थिन् । त्यो पनि एक घन्टाका दरले । यो वर्ष दिनअघिको कुरा हो । जति सिकिन् त्यो पनि उपलब्धिमूलक बनेको थियो । अंग्रेजी भाषा सिकेकाले नै उनको मोबाइल नम्बर ९८४२०७१२८८ मा आफन्त तथा शुभचिन्तकले पठाएको सन्देशको प्रतिउत्तर खुट्टाले टाइप गरेर सेन्ड गर्छिन् । अंग्रेजी भाषा सिक्ने मोह झन्झन् बढ्दै गएको उनी बताउँछिन् ।
झमक खुट्टाले लेख्ने मात्रै होइन कम्प्युटर पनि चलाउँछिन् । केही वर्षअघि उनले कम्प्युटर सिकेकी हुन् । ुसामान्य टाइप गर्न आउँछु उनले भनिन् ुकम्प्युटर प्रयोगमा ल्याए पनि इमेल इन्टरनेट भने सिकेकी छैन । सिक्ने रहर भने छ ।ु आखिर जीवन भन्नु नै सिकाइको शृंखला न हो ।
लेखनको अलावा अध्ययनलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने झमकले समाजशास्त्र र राजनीतिशास्त्र अध्ययन गरिरहेकी छन् । उनले परिकल्पना गरेको समाज र राजनीति कस्तो होला  ती दुवै शास्त्र अध्ययन गरेपछि उनले कल्पना गरेको आदर्श समाज कहाँनजिक पाइन्  भन्छिन् ुमैले कल्पना गरेको समाज निर्माण भएकै रहेनछ । मैले जुन समाजको परिकल्पना गरेकी छु त्यो समाजमा मलगायत समग्र मानव जातिको हितानुकूल हुनुपर्छ । मैले पढेको समाजशास्त्रले त्यो बोल्दैन ।ु समाजशास्त्र र राजनीतिशास्त्र अध्ययन गरेपछि उनले थाहा पाइन्- जहिले पनि राजनीतिले जनताका नाममा शासन गर्दाे रहेछ । जबसम्म यो क्रमले निरन्तरता पाउँछ तबसम्म त्यो भव्य र सभ्य समाजको परिकल्पना गर्न सकिँदैन । 
प्रत्येक सचेत नागरिकसँग राजनीतिक चेतना हुनुपर्छ । राजनीतिक चेत नहुने नागरिकले आफ्नो हक-अधिकार सुनिश्चित गर्न सक्दैन । झमकसँग राजनीतिक सुझबुझपूर्ण विवेक छ । उनको सरकारसँग केही लिनुदिनु छैन । सरकारसँग केही कुराको आस पनि गर्दिनन् उनी । चाहेर पनि सरकारसँग केही माग्ने छैनन् उनले । आफू शारीरिक रुपमा अशक्त भए पनि मैले कमजोर मानसिकता बनाएको छैन । त्यसैले उनले सहयोगको भिक्षा माग्नु छैन सरकारसँग र कहिल्यै माग्ने पनि छैन रे । सरकारसँग सहयोग माग्नुभन्दा सरकारको कमीकमजोरी खुट्टुउँदै उनले भनिन् ुसरकारले हामीलाई जहिले पनि गहना मात्रै ठान्यो तर अंगचाहिँ कहिल्यै ठानेन ।ु
धनसर कचिडे धनकुटा नगरपालिकाको २ नम्बर वडामा पर्छ । सोही गाउँमा विसं। ०३७ असार २१ गते झमकको जन्म भयो । उनका बुबा कृष्णबहादुर घिमिरे विभिन्न धार्मिक ग्रन्थ पढ्ने गर्थे । बुबाले रामायण पढेको झमक ध्यान दिएर सुन्थिन् । बुबाले पढेझैँ रामायण पढ्ने लोभको थियो उनलाई पनि । रामायण पढ्नलाई अक्षर चिन्नुपथ्र्याे । लगत्तै उनी लागिन् अक्षर चिन्ने अभियानमा । नभन्दै उनले पढ्न सक्ने भइन् । पढ्न जान्ने भएपछि उनले चार दिन लगाएर रामायण पढेकी थिइन् । रामायण पढ्दा उनलाई राक्षसप्रति सहानुभूति जाग्यो । भनिन् ुरामायणमा राक्षस पात्र रावणले राजा भएर आफ्ना जनतालाई आफूजस्तै क्षमतावान् बनाउन खोज्थ्यो । त्यसैले मलाई रावणप्रति सहानुभूति जाग्यो ।ु ुकल्पना त हो त्यो पनि कालीदासकोु यसो भन्दै उनी लामो हाँसो हाँसिन् ।
धनकुटाकी झमक काठमाडौं डेरा सरेकी छन् । उनको नाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठान खुलेको छ । सोही प्रतिष्ठानले झमक घिमिरेको जीवनीमा आधारित वृत्तचित्र निर्माणमा लागेको छ । केही समयअघि कवि अनिल पौडेलद्वारा निर्मित झमकको जीवनीमा आधारित १९ मिनेटको वृत्तचित्रलाई नै सम्पादन गरेर फेरि वृत्तचित्र बनाउन लागिएको हो ।
जन्मँदै शारीरिक रुपमा अशक्त झमक सात वर्षसम्म सुतिरहिन् । त्यसपछि मात्रै बस्नसम्म सक्ने भएकी हुन् । उनको दुवै हात राम्ररी चल्दैन । त्यसैले उनले गर्न सक्ने सबै काम खुट्टाले नै गर्ने गर्छिन् । शारीरिक रुपमा अशक्त भएर के भो र एउटा सांग मानिसको जस्तै सकि्रय र लोभलाग्दो जीवन बाँचेकी छन् उनले ।

                   

मेरा आधा दर्जन विवाद

पूर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराती धेरै विवादमा मुछिएका छन् । पशुपतिनाथको पुजारी नियुक्ति होस् या हरेक नागरिकलाई बन्दुक राख्न दिनुपर्छ भन्ने अभिव्यक्ति होस् आठ सय जिल्लाको प्रस्ताव होस् या भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार प्रकरण । यस्तो लाग्छ- उनलाई विवादले पछ्याइरहेको हुन्छ । उनका आधा दर्जन विवादवारे उनको प्रस्टीकरण ः  

इन्द्रजात्रा पूजा खर्च
काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने इन्द्रजात्रा पूजाका लागि दरबारबाटै सालिन्दा रकम विनियोजन हुने रहेछ । दरबार खाली भएपछि त्यो खर्च नेपाल सरकार नेपाल सरकारको पनि संस्कृति मन्त्रालयले दिनुपर्ने हो वा होइन सकभर नदिनेतर्फ उन्मुख हुने पेटबोलीसहितको चिट्ठी अर्थ मन्त्रालयले संस्कृति मन्त्रालयलाई लेख्यॊ । चिट्ठीमा उल्लेख थियो- यस सम्बन्धमा नीति निर्माण तय गरी जवाफ दिनु । <br>
सो चिट्ठी अर्थ मन्त्रालयले संस्कृति मन्त्रालयका मन्त्री वा सचिवलाई बुझाउनुपथ्र्याे । चिट्ठी संस्कृति मन्त्रालयसम्म आइपुगेकै थिएन हाम्रो मन्त्रालयमै कार्यरत क्षेत्रपाटीतिरका सह-सचिवले आफ्नो टोलमा अफवाह फैलाएछन्- यसपटकदेखि प्रचण्ड र बाबुरामले इन्द्रजात्रा पूजा गर्न नदिने भए भनेर । वास्तविकता नै नबुझी उपत्यकाका नेवार आक्रोशित भए । उपत्यकाका गुठी नेपाल भाषा मंक खलः र नेवा राष्ट्रिय मुक्तिमोर्चासँग छलफल गरेर मात्रै सो विषयमा निर्णय गर्ने सोच बनाइराखिएको थियो । उपत्यकाका नेवार जातिले इन्द्रजात्रा पूजाका लागि एक करोड चार लाख रुपैयाँ पाउँदा लिम्बूवानका लिम्बूले थारुवानका थारुले ताम्सालिङका तामाङले मगरातका मगरलगायत अन्यले सांस्कृतिक पर्वका नाममा खर्च मागे भने दिने कि नदिने  तसर्थ के गर्ने भनेर तात्कालिक प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल चलाइरहेको थिएँ । <br>
छलफल चलिरहेकै थियो- मेरो पुत्ला जलाउन थालियो । त्यसपछि म प्रधानमन्त्रीनिवास गएँ । अर्थमन्त्री बाबुराम भट्टराई पनि त्यहीँ भेटिए । अन्ततः इन्द्रजात्रा पूजा खर्चबापत एक करोड चार लाख रुपैयाँ विनियोजन गर्नैपर् यो । मन्त्री हुनासाथ यसरी म पहिलोपटक विवादमा तानिएँ ।<br>
<br>
पशुपतिमा नेपाली पुजारी नियुक्ति
 म मन्त्री भएको केही दिनमै पाँचजना पुजारीले व्यस्तता बिरामी वृद्ध भएको कारण देखाउँदै राजीनामा दिए । त्यहाँ रहेका भारतीय पुजारी कसरी हटाउने होला भनेर सोचिरहेकै अवस्थामा उनीहरुले राजीनामा दिएपछि स्वीकृत नगर्ने कुरै भएन । नयाँ संस्कृतिमन्त्री बदलिएपछि पशुपतिका पुजारीले राजीनामा दिनॆ चलन जस्तै रहेछ ।
राजीनामा स्वीकृत गरेपछि बबन्डर मच्चियो । सर्वाेच्च अदालतमा रिट दायर भयो । अदालतले अन्तरिम आदेश जारी गर् यो । कारणदेखाऊ आदेश जारी गरेको भए ुपशुपतिका मूल भट्ट महाबलेश्वर भारतीय नागरिक भएकाले उनलाई यहाँ राखिरहन आवश्यक ठानेनाँै तसर्थ पशुपतिमा नेपाली नागरिक नै पुजारी राखिनुपर्छु भनेर कारण देखाउँथ्यौँ । तर अदालतले कारण देखाऊ आदेश जारी नगरी अन्तरिम आदेश जारी गरेर हामीलाई बोल्नै दिएन । 
पशुपतिमा नेपाली ब्राह्मण पुजारी हुनुपर्छ र यहाँको आर्थिक पारदर्शितासमेत हुनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यही मान्यता कार्यान्वयन गर्न सकियो भने पशुपति क्षेत्रकै पर्यटनबापतको आम्दानीले त्यो मन्दिरको रेखदेख संरक्षण र कर्मचारीको भरनपोषण सम्भव हुन्छ भने बचेको रकम नेपाल सरकारलाई दिन सकिन्छ भन्ने सोचेको थिएँ । एकातिर पशुपति विकास कोषका नाममा सालिन्दा १२ करोड रकम छुट्टुइने अर्काेतिर त्यहाँ संकलित भेटीघाटीको हिसाब-किताब नराखिएपछि यॊ त अचाक्ली नै भयो भनेर केही गर्न खोज्दा उल्टै विवादमा पारियो । अन्ततः नेपाली पुजारी नियुक्त गरिएको सात दिनपछि उसलाई पाखा लगाई भारतीय पुजारी नै कायम राखियो । 
 ८०० जिल्लाको प्रस्ताव
राज्यको स्थानीय संरचना निर्माणको गल्तीले मानिसलाई गधा र गोरु बनाउनु हुँदैन । आधुनिक नेपालमा पनि जनतालाई त्यसरी गधा र गोरु बनाइएको मलाई कत्ति पनि मन परेको थिएन । त्यसैले राज्यको पुनःसंरचना वडा तहसम्म हुनुपर्छ भन्ने मेरो मान्यता थियो ।
 नेपालमा राज्यको पुनः संरचना भनेको खालि संघीय र स्वायत्तप्रदेश भनेर मात्रै बुझिएको छ । यथार्थ त्यस्तो होइन । तसर्थ वडा तहसम्मको पुनःसंरचना गर्नुपर्छ भनी मैले आठ सय जिल्लाको नयाँ नेपालको प्रस्ताव अघि सारेकॊ थिएँ । जहाँ सबै गाविस र वडाको संरचना हटाइन्थ्यो । स्थानीय निकायलाई जिल्ला भन्ने र तीनदेखि १५ गाविसलाई मिलाएर एउटा जिल्लाको परिकल्पना गरिएको थियो । 
प्रस्तावित आठ सय जिल्लाबाट क्रमशः जिल्लाहरु घट्दै थिए । मैले सात महानगरपालिको प्रस्ताव पनि अघि सारेको थिएँ । जस्तै- एकीकृत नेकपा माओवादीले झापा मोरङ र सुनसरीलाई कोचिला राज्य भनेको छ त्यो गणराज्य पनि भयो अनि त्यो तीन जिल्लालाई मिलाएर एउटै कोचिला महानगरपालिका पनि भन्न सकियॊ । त्यहाँ कोचिला गणराज्य सरकार पनि हुन्छ र कोचिला महानगरपालिका पनि । त्यही आधारमा तराईमा पाँच र काठमाडौं भक्तपुर र ललितपुर मिलाएर एउटै नेवाः महानगरपालिका बनाउने र सो महानगरपालिकालाई नेवाः गणराज्य पनि बनाइनुका साथै पोखरावरपरका नगरपालिका मिलाएर पोखरा महानगरपालिकाका लागि प्रस्ताव पेस गरेको थिएँ । 
यसो गर्दा ठुल्ठूला सहर निर्माण हुन्थ्यो । करिब चार हजार गाविस ५९ नगरपालिका ७५ जिल्ला १४ अाचल पाँच विकास क्षेत्रको संरचनाजस्तै जिल्ला विकास समितिको नौ सय २७ इलाका छन् । नौ सय २७ इलाकालाई आधार बनाएर एक सय २७ लाई वरपर थप्ने र आठ सयलाई पि्र_िन्सपल बनाएर जाउँु भन्ने सोचेको थिएँ । गाउँ इकाइमा स्थानीय निकायलाई जिल्ला बनाएपछि यातायातको सुविधा नभएको पहाडी इलाकामा बिहान घरमै भात खाएर सदरमुकाम पुगी सरकारी काम सकेर बेलुका घरै फर्कन सम्भव होस् । यो अवधारणा त्यहाँ निहित थियो । 
मैले तयार पारेको यो प्रस्ताव पुस्तिका र पर्चा बनाएर बाँडियो । मन्त्री भएपछि विभिन्न साचारमाध्यममा अन्तर्वार्ता दिने क्रममा पनि मैले त्यो विषयमा बोल्दै गएँ । त्यसपछि सर्वत्र सकारात्मक नकारात्मक चर्चा चल्यो । बहस भयो । कांग्रेस एमाले तमलोपा र सद्भावना पार्टीले खुलेरै विरोध गरे । बहसका लागि तयार पारिएको सो प्रस्ताव कार्यान्वयन गर्ने नगर्ने संविधानसभाले निर्णय गथ्र्याे । तर उल्टै ममाथि अनावश्यक टिप्पणी पो गरियो ।
प्रज्ञाप्रतिष्ठान गठन
मोहन वैद्य ुकिरणु पार्टीको सांस्कृतिक विभागप्रमुख हुनुहुन्थ्यो । प्रज्ञाप्रतिष्ठान गठनका लागि सल्लाह माग्दा उहाँले भन्नुहुन्थ्यो ुकमसेकम कुलपति त जनयुद्ध लडेको मानिस हुनुपर् यो नि ।ु को हुन सक्लान् उनी  भन्दिनुस् भन्दा उहाँ भन्नुहुन्नथ्यो । सांस्कृतिक विभागप्रमुख भएर पनि उहाँ त्योचाहिँ अध्यक्ष प्रचण्डलाई सोध्नुस् मात्रै भन्नुहुन्थ्यो ।
अध्यक्षलाई सोधेँ । को-को सोचेका छौ भनेर उहाँले सोध्नुभएपछि मैले सम्भावित नाम पेस गरेँ । अध्यक्षले भन्नुभयो ुभाषासाहित्य प्रज्ञाप्रतिष्ठानका लागि खगेन्द्र संग्रौला संगीत प्रज्ञाप्रतिष्ठानमा रायन ललितकला प्रज्ञाप्रतिष्ठानमा किरण मानन्धर ठीक छन् ।ु त्यो सुझाव र सल्लाहमात्रै थियो । तर अध्यक्षले ठोस निर्णय दिनु भएन ।
मैले ती-ती मानिससँग पटक-पटक कुराकानी गरेँ । पहिलो चरणकै छलफलमा संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति बनाइँदै गरिएका रायनसँग छलफल भयो । उहाँले आफूलाई काम गर्न सजिलोका लागि एक सदस्यसचिव रोज्नुभयॊ । उहाँले रोजेको व्यक्ति पनि माओवादीकै हुनुहुन्थ्यो र योग्य पनि । उहाँलाई सदस्यसचिव बनाए माओवादी जनसांस्कृतिक महासंघका मुख्य हिस्साले मलाई सार्वजनिक बहिष्कार गर्ने चेतावनी दिए । आफ्नै साथीहरुबाट म बहिष्कृत हुनु थिएन । त्यसो भएपछि पहिलो चरण यसरी नै गुजि्रयो ।
समावेशी र समानुपातिक संरचना बनाउन हामीले तीनैवटा प्रतिष्ठान एकैपटक गठन गर्न चाह्यौँ । दोस्रो चरणमा जसलाई सिफारिस समितिमा राखियो उनैले भाँडभैलो गरे । प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री हुनाले सिफारिस समितिको सिफारिसमा मन्त्रीले प्रस्ताव अघि बढाउने र प्रमले स्वीकृत गरेपछि लागू गराउने व्यवस्था छ त्यो सबै गरिसकेपछि हस्ताक्षर गर्ने दिन के-के गरियो भनेर सिफारिस समितिका एकजना व्यक्तिले भने । प्रधानमन्त्रीबाट यसो-यसो गर्ने निर्देशन भाुछ त्यहीअनुसार गर्ने भइयो आउनुहोस् न भन्दा उहाँले भन्नुभयो ुतपाईंहरुले गर्नपर्ने काम गर्नुस् म भोलि आएर हस्ताक्षर गर्छु ।ु भोलिपल्ट हस्ताक्षर गर्नुसट्टा उनले बबन्डर मच्चाए । मन्त्रीको अधिनायकत्व तोड्ने भनेर वक्तव्यबाजी गरियो । अदालतमा मुद्दा दायर भयो । त्यसो भएपछि पुनर्गठित प्रज्ञाप्रतिष्ठानले मान्यता पाएन । माओवादीभित्रको पनि केही निहित स्वार्थी मानिसको स्वार्थ पूरा गर्न नसक्दा पुनर्गठित प्रज्ञाप्रतिष्ठान विघटन हुनपुग्यो ।
राज्य पुनस्रंरचनामा बन्दुकको स्थान
देशमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभाग जनमुक्ति सेना छ तैपनि एकजना महिला बलात्कृत हुँदा राज्यको त्यो सुरक्षाशक्तिले ती महिलालाई बलात्कृत हुनबाट जोगाउन सक्दैन ।<br>
एउटा नागरिकको घरमा चोरी हुन्छ डकैती हुन्छ । त्यो नागरिक अपहरणसमेत हुन सक्छ । दुई लाखको हाराहारीमा रहेको सुरक्षाशक्तिले नेपाली नागरिकलाई त्यो अनिष्ट हुनबाट जोगाउन सक्दैन । त्यसैले सबै नागरिकलाई हतियार दिनुपर्छ । मानवअधिकारको ग्यारेन्टी विकास निर्माण राष्ट्रिय स्वाधीनता सुनिश्चित र सुदृढ गर्न र नागरिकको जिउधनको सुरक्षा गर्न हरेक नागरिकले बन्दुक राख्न पाउने व्यवस्था गरियो भने मात्रै उसको मानवअधिकार राष्ट्रिय अधिकार नागरिक अधिकार सर्वहारा वर्गीय किसान मजदुरको अधिकार ग्यारेन्टी हुन्छ ।
विसं ०६५ फागुनमा धनगढीमा आयोजित राज्य पुनस्रंरचनासम्बन्धी अन्तकिर््रयामा ुमानवअधिकारको ग्यारेन्टी गर्न जबसम्म समाजमा बन्दुकको आवश्यकता रहनेछ तबसम्म हरेक नागरिकले बन्दुक राख्न पाउने व्यवस्था गर्नुपर्छु भन्ने विचार राखेको थिएँ । मेरो विचार सार्वजनिक भएपछि यसबारेमा पनि सर्वत्र टीका-टिप्पणी भए । पश्चिम नेपालका एक व्यक्तिले एक दैनिकमा पाठकपत्र लेखे । पाठकपत्रमा लेखिएको थियो- ुपहिलो बन्दुक तेरै छातीमा पड्काइन्छ ।ु 
राजदूत सुदमाथि जुत्ताप्रहार
२० असोजमा नेपालका लागि भारतीय राजदूत राकेश सुद सोलुखुम्बु आए । उनीसँगै लामा लिब्जुङका साथै श्रीमान्-श्रीमती भेषधारण गरी भारतीय सेनाका अधिकारीसमेत आएका थिए । लिब्जुङ भने मनाङ मुस्ताङको खम्पा काण्डमा सहभागी व्यक्ति हुन् ।
नेपाल-भारत मानव विकास तथा मैत्री संघ कार्यालय उद्घाटन गर्ने शीर्षकमा सुद सोलु आउन लागेको बताइएको थियो । हामीले यो पनि थाहा पाइसकेका थियौँ- संघका नाममा  पचहत्तरै जिल्लामा त्यसका शाखा विस्तार गरी नेपालका नागरिकलाई संगठित गर्दै जनाधार खडा भएपछि भारतको प्रत्यक्ष निर्देशनमा चल्ने नेपालमा नयाँ राजनीतिक दल खोलिँदै छ भनेर । त्यतिमात्रै होइन खानेपानी शिलान्यास गर्न खुम्जुङ जाने भनिए पनि उनी थामे गएका थिए । ०२८ सम्म थामेमा भारतीय सेना चेकपोस्ट रहेको थियो । जुन बाटो भएर तिब्बत गइन्छ । उनी जाने भएपछि हामीलाई शंका लाग्यो ।  
सुद सोलु आउनुको उल्लिखित कारण थाहा पाएपछि हामीले विरोध गर् यौँ । फाप्लु विमानस्थल ओर्लिनबित्तिकै आक्रोशित भीडबाट ुराकेश सुद गेटआउट भारतीय विस्तारवाद मूर्दावादु भन्दै नारा मात्रै लागेन आक्रोशित भीडले जुत्ता चप्पल र ढुंगामुढा गरे । निर्देशन नभए पनि आक्रोशित भीडबाट कसैले जुत्ता चप्पल र ढुंगामुढा प्रहार गरे ।

प्रस्तुति  दीपेन्द्र राई

रुकुम युद्ध पर्यटकीय गन्तव्य बन्न सक्ने




दीपेन्द्र राई  
रुकुम १३ चैत
दसवर्षे सशस्त्र जनयुद्धमा माओवादी लडाकुले धेरैपटक ओहोर-दोहोर गरेको रुकुमका गाउँठाउँलाई ुयुद्ध पर्यटकीयु गन्तव्यका रुपमा प्रवद्र्धन गरिने भएको छ । सो अवधिमा जनसेना र सरकारी सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको स्थान जनसेनालाई प्रशिक्षण दिइएको ठाउँ र माओवादीले पहिलोपटक जनसरकार घोषणा गरेको गाउँ बाँफीकोट लाई ुयुद्ध पर्यटकीयु गन्तव्यका रुपमा प्रवद्र्धन गर्न अध्ययन सुरु गरिएको हो । 
ुपर्यटनलाई रुकुमेली जनतासँग जोड्न ढिलो भइसक्योु सभासद् कमला रोकाले भनिन् ुसामाजिक रुपान्तरणका लागि रुकुमेली जनताको त्याग तपस्या कीर्तिमान र सशस्त्र युद्धका क्रममा यहाँ घटेका घटना दुर्घटनाको अवशेषलाई अभिलेखका रुपमा राखिएमा रुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सकिन्छ ।ु पर्यटन प्रवद्र्धन गर्न सके यहाँका जनताको जीवनस्तर उकास्न धेरै समय नलाग्ने उनले बताइन् ।
रुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न अध्ययन सुरु भएपछि स्थानीय बासिन्दाबीच बहस सुरु भएको छ । ुनेपालको सन्दर्भमा ुवार टुरिजमुको अवधारणा नयाँ विषयका रुपमा आएको छु रुकुमका प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले भने ुविस्तृत अध्ययनपछि मात्रै यसको सकारात्मक तथा नकारात्मक पाटो केलाउन सकिन्छ ।ु तर अनेरास्ववियु जिल्ला अध्यक्ष धनराज खड्काले भने युद्ध पर्यटकीय गन्तव्यका रुपमा जिल्लालाई चिनाउँदा दसवर्षे सशस्त्र युद्धको घाउ बल्झिने बताए । 
प्राकृतिक सांस्कृतिक र कृषि पर्यटनको प्रचुर सम्भावना रहेको रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन सबैभन्दा पहिले भौतिक पूर्वाधार विस्तार गरिनुपर्नेमा माओवादी रुकुम इन्चार्ज शरुण बाँठामगरले जोड दिए । ुजनयुद्धले रुकुमेली जनता र जनजीवनमा पारेको प्रभाव जनयुद्ध प्रभावित ठाउँ र यहाँको संस्कृति शोधका विषय बन्छन् भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन किन नहुने ु उनले प्रतिप्रश्न गरे ुचीनको ग्रेटवाल पनि त युद्धकै चिनारी हो । ग्रेटवाल चीनको समृद्धिमा सहायक बन्छ भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाएर यहाँको जनताको जीवनस्तर किन नउकास्ने ु
पेरुका विद्रोही नेता गोन्जालोले आफू लुक्न र आपुना गुरिल्लालाई प्रशिक्षण दिन प्रयोग गरेको एन्डिज पर्वत अहिले युद्ध पर्यटकीय गन्तव्यका रुपमा चिनिएको छ भने रुकुमलाई युद्ध पर्यटकीय गन्तव्य बनाउन किन सकिन्न भन्दै सामाजिक पर्यटन प्रवद्र्धक अशोक महर्जनले भने ुरुकुमलाई युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दा दलविशेषको मात्रै नभएर स्थानीय सबैको सहभागिता हुनुपर्छ र त्यसको फाइदा पनि उनीहरुले नै पाउनुपर्छ ।ु युद्धमा प्रत्यक्ष संलग्न स्थानीय व्यक्तिलाई नै पथप्रदर्शक छानियो भने युद्धकालमा घटेका घटना दुर्घटनाबारे पर्यटकलाई प्रस्ट पार्न सक्ने उनको धारणा छ । त्यतिमात्रै होइन जिल्लाको बाटोघाटोको योजना कार्यान्वयन गर्दा हिजोका संरचना जोगाउनुपर्नेमा समेत उनले जोड दिए ।
रुकुमलाई पनि युद्ध पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सल्यान र रुकुमको सिमाना खौला खारा सिम्रुतु खलंगाबजार गिल्वाङ बाँफीकोट स्यार्पु पीपल पोखरा रुकुमकोट महत काँक्री तकसेरा दाम्चन ढोरपाटन आरक्षण हुँदै बाग्लुङको बोबाङलाई सम्भावित ुगुरिल्ला ट्रेल्सुका रुपमा प्रवद्र्धन गर्न गतिशील युवा समाज रुकुम र हिमालय मेन्टर काठमाडौंले अध्ययन गरेको थियो । टोलीमा काठमाडौंबाट गएका साचारकर्मीको समेत सहभागिता थियो ।

पनौतीमा पाप पखाल्दा


(दीपेन्द्र राई)

नेपाली समाजमा आठ/बाह्रलाई अशुभ मान्नेहरु कम छैनन् । उनीहरु टाढाको यात्रा गर्नुअघि र कुनै शुभकार्यको साइत जुराउँदा आठ/बाह्र अंकबाट जोगिन्छन् । उनीहरुले अशुभ मानेका तिनै अंकसँग जोडिएर बनेको उखान पनि प्रायःलाई कण्ठै छ । सबैलाई कण्ठ भएको सो उखान हो- ‘बाह्र वर्षमा त खोलो पनि फर्कन्छ ।’

कतिपय विद्यार्थीले भनेको सुनेको छु- परीक्षा भनेको पनौतीमा लाग्ने बाह्रवर्षे मेला हो र थोरै । उनीहरुले परीक्षालाई समेत पनौतीमा लाग्ने मेलासँग जोडेर कहावत बनाएका छन् । त्यस्तै एकथरि नेपाली समाजले अशुभ मानेकोमध्ये १२ अंकसँग जोडिएर पनौती (काभ्रे) मा मेला लाग्ने गर्छ । जुन मेला यसपालि २०६६ माघभरि पनौतीमा लाग्दै छ । प्रत्येक १२ वर्षमा लाग्ने पनौती मेला हिन्दू धर्मावलम्बीका लागि ठूलै तीर्थधाम मानिन्छ ।

प्रत्येक बाह्र वर्षमा लाग्ने पनौती मेला महिना दिन माघभरि लाग्ने गर्छ । सो मेला भर्न जाने भन्दै शैलेश चाम्लिङले टेलिफोनबाटै क्यामेरा मागे । प्रतिउत्तरमा म पनि जान्छु भनें । काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको मेला भर्न माघ १६ गते शनिबार त्यता लाग्यौं ।

पुरानो बसपार्कबाट पनौतीका लागि पाँच/पाँच मिनेटमा बस छुट्ने भए पनि सहज तरिकाले बस समात्न सकिएन । २०/२५ रुपियाँ भाडा एकोहोरो यात्राका लागि लिने पनौती रुटको बसले यतिबेला एकोहोरो यात्राका लागि सय र कुनै-कुनै बसले ५० रुपियाँ असुल्दै आएको छ । बस चढ्नुअघि नै विद्यार्थी सहुलियत छैन है भन्दै थिए- प्रत्येक बसका कन्डक्टर । बिहान ६ बजे पुरानोबसपार्क पुगे पनि बस समात्न नसकेर आजित थियौं शैलेश, पवन, नरेन्द्र र म । मुस्किलले बस समातेर पनौतीभन्दा २ किलोमिटर वर सुब्बागाउँ ओर्लियौं । 

तीर्थालु सुब्बागाउँदेखि नै पैदलयात्रामा छन् । मेला लाग्ने ठाउँसम्मै गाडी लैजान चाहनेह पनि कम छैनन् । सडकको क्षमताभन्दा बढी भएपछि सडकबाहिर हिँड्ने तीर्थयात्रीको बाहुल्य छ । उम्रनउम्रन आँटेका आलुबारीबाटै तीर्थयात्री बाटो खोज्दै छन् । आलुबारीबाटै हिँडेका तीर्थयात्रीलाई बारीमाझबाट हिँड्नु भएन नि भन्ने फुस्रद छैन कसैलाई । यहाँका बासिन्दा मेलाको नाममा विभिन्न शीर्षकमा कतै न कतै अलमलिएका छन् ।

भीड छिचोल्दै त्रिवेणीघाट पुग्यौं । त्रिवेणीघाटमा नुहाए पुण्य मिल्छ भन्ने विश्वास छ । ललितपुरको फुल्चोकीडाँडाबाट बग्ने लीलावती भक्तपुरको नगरकोटबाट बग्ने पुण्यमाता र भूमिगत रुपमा बग्ने रुद्रमतीको संगमस्थल त्रिवेणीघाटमा ननुहाए पनि मुखसम्म धोयौं हामीले । मुख धुँदै गर्दा शैलेशले भने, ‘देवराज इन्द्रले गरेजस्तो पाप हामीले नगरेकाले नुहाउन  आवश्यक छैन ।’ 

ठीकै लाग्यो- शैलेशको टिप्पणी । ‘हुन पनि स्वर्गका राजा इन्द्र पापिष्टै रहेछन् नि,’ पवनले थपे । इन्द्रले गरेको खन्दारी काम पवनलाई नि थाहा रहेछ । पवनलाई मात्रै होइन, हिन्दू धर्मावलम्बलीलाई इन्द्रले गरेको खन्दार थाहा छ । इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यालाई झुक्याएर अनैतिक काम गरेका कारण त्यो पापस्वरुप इन्द्रको शरीरभरि योनि उत्पन्न भएको थियो । त्यही पापबाट मुक्त हुन देवराज इन्द्रले त्रिवेणीघाटमा १२ वर्ष तपस्या गरी पापमोचन गरेको किंवदन्ती छ ।

मकरमेलामा लगाएको पिरती नटुट्ने किंवदन्ती युवायुवतीले बिर्सेका छैनन् । त्रिवेणीघाटबाट मुख धोएर इन्द्रेश्वर महादेव मन्दिर घुम्दै गर्दा पवनले भने, ‘यी तीर्थालु पापमोचनकै लागि यहाँ आएका हुन् त ?, त्रिवेणीघाटमा नुहाउँदैमा पापमोचन होला के ?’ नरेन्द्रले प्रतिप्रश्न गरे । ‘यहाँ आएका कतिपयले त इन्द्रले जस्तै कुकृत्य पनि गरेका होलान् है,’ शैलेशले बोले ।

देशकै ठूलो र धार्मिक मेला घुम्दा देखियो, यहाँका अधिकांश ढुंगेधारामा मकर अर्थात् गोहीको मुखाकृति । १७औं शताब्दीको ढुंगेधारा संरक्षण गरेकै रहेछन् पनौतीवासीले । मेलाको अर्काे आकर्षण रहेको छ- जय मानन्धरले छ्वालीबाट बनाएका मानव जीवनका अवयव ।

मेलामा खुट्टा राख्ने ठाउँसम्म छैन । सुब्बागाउँदेखि त्रिवेणीघाटसम्मै मानवसागर उर्लेको छ । मानवसागरमा युवायुवती, वॄद्धवृद्धा, केटाकेटीमात्रै होइन, छोराछोरीलाई पिठ्यूँमा बोकेर तीर्थ निक्लेकाहरु बाक्लै भेटिन्छन् । मेला आयोजक समितिले महिना दिनमा ५० लाख तीर्थालु पनौती आउने लख काटेका छन् । 

एकैछिनअघि त्रिवेणीघाटमा मुख धुँदै गर्दा गौँथली कोइरालाको व्यस्तता सम्झें । उनको व्यस्तता हेरुँहेरुँ लाग्ने देखिन्थ्यो । कोइरालाले भक्तजनलाई टीका र प्रसाद बाँड्नमै सास फेर्न फुर्सद पाएकी थिइनन् । दैनिक पाँच सय बढी तीर्थालुलाई टीका लगाइदिँदा उनको कमाइ पाँच सयदेखि एक हजार रुपैयाँसम्म दक्षिणा हात लाग्ने सोध्नेलाई बताउँदै थिइन् । सायद उनले कल्पेकी होलिन्- पनौतीमा सधैं यसरी नै मेला लागे त । मेलाका नाममा कमाउधन्दामा लाग्ने पनि कम छैनन् । अरु त अरु गोरखनाथ गणका सिपाहीसमेत बनेपा काभ्रेबाट ब्याग ल्याई सडकमै व्यापार गर्न थालेपछि ट्राफिक प्रहरीलाई बाटो खुलाउन हम्मेहम्मे परेको छ ।

व्यावसायिक व्यापारी पनि मेलालाई क्यास गर्ने ध्याउन्नमै छन् । सुब्बागाउँदेखि नै मेलास्थलसम्म जताततै पार्किङस्थल भेटिन्छन् । धाराको पानी भर्दै बेच्ने बालबालिकाको अपरिपक्व व्यावसायिक भूमिका देख्दा तीनछक लाग्यो । बस समात्न फर्किँदै गर्दा प्रधानमन्त्री माधवकुमार नेपालका सल्लाहकार रघुजी पन्त भने अल्छीलाग्दो पारामा मेलास्थल जाँदै थिए ।

मन्त्रीको घर


-दीपेन्द्र राई
३ असार ०६६ । असार भन्नेबित्तिकै किसान व्यस्त रहने समय । त्यसैले असार रोपेर मंसिर फलाउने ध्याउन्नमा छन् उनी किसान हरु । पसिनाको गीत गाएर खानुको आनन्द पाखुरा बजार्नेलाई मात्र थाहा हुन्छ । त्यही आनन्द सँगालेर असार रोप्न खेतबारीमा व्यस्त छन् पावै सोलुखुम्बु का किसान । <br>
असार साउँदै मंसिर िभ&#339;याउने लोभमा छन् पावैका किसान । किनकि धेरैभन्दा धेरै मंसिर िभ&#339;याउनु छ उनीहरुलाई । त्यही हतारो र चटारोमा रमाइरहेका स्थानीय किसानले मंसिर फलाउन असार साउँदै गरेको दृश्य नियाल्दै हामी साचारकर्मीद्वय पीटी लोप्चन भोजेन्द्र बस्नेत र पंक्तिकार सल्लेरी फर्कंदै छौँ । सल्लेरी सोलुखुम्बुको सदरमुकाम हो । 
पावै सोताङ लोखिम जुभु गुदेल बुङ र छेस्काम सोलुखुम्बुअन्तर्गत दूधकोसीपारिका गाउँ विकास समितिमा पर्छन् । त्यसमध्ये एउटा गाविस हो पावै । सोलुखुम्बुवासी भन्छन् ुमन्त्री जन्माउने गाविस हो पावै ।ु त्यही गाविसबाट हामी सल्लेरी फर्कंदै छौँ । घाम हाम्रै टाउकामाथि भएको भान भइरहेको छ । त्यतिमात्र होइन सातवटा घाम एकैपटक लागिरहेको हो कि भन्ने लागिरहेको छ । प्रचण्ड गर्मीले हामीलाई त्यस्तो अनुभव गराएको हुनुपर्छ ।
रापिलो घामले पोलेकाले साचारकर्मीद्वय लोप्चन र बस्नेत जतिसक्दो बाटो छोट्टुउन चाहन्थे । म भने मन्त्री घर हेरेरै फर्कने पक्षमा थिएँ । मेरो एकोहोरो आग्रहलाई उहाँहरुले नाइनास्ती गर्न सक्नु भएन । मन्त्रीको घर हेरेरै फर्कने सहमतिमा पुगेका हामी पूर्वसंस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किरातीको पुख्र्याैली घरतिर जाँदै छौँ । पथपदर्शकका रुपमा छन्- शिक्षक धनराज नाछिरिङ । नाछिरिङले हामीलाई मन्त्री किरातीको घरसम्म पुर् याए ।
 सर्वहारा मन्त्रीको घर कस्तो होला  कति तले घर होला उनको । कस्ता घरमा उनी जन्मेका थिए  खुल्दुली लागिरहेकै बेला मन्त्रीको घर पुगियो । मकैका बोटले छपक्कै छोपिएको थियो मन्त्रीको घर । घरभन्दा मकैका बोट अग्ला-अग्ला देखिन्थे भने मकैका बोटको तुलनामा मन्त्रीको घर बामपुड्के देखिन्थ्यो । मकैका बोटभन्दा मन्त्रीको घर हेर्नुहोस् तस्बिरको घर बामपुड्के देखिएपछि तपाईंले लख काट्नुभयो होला भूतपूर्व मन्त्रीको घरको अवस्था । तस्बिरमा देखिएको घरको दक्षिणपट्टि दुईवटा ढोका छन् । ढोका खुलै रहेको थुप्रै भयो । ढोकाले ढोकाको काम गर्दैन ढोकाको खापामात्रै बाँकी रहेकाले । घरभित्र केही कोही नछिरुन् भनेर होला दुवैपट्टिको ढोकामा काठ ठडुइएको छ । दुवै ढोकामध्ये पूर्वपट्टिको ढोकामा अझै पनि चाइनिज ताल्चा झुन्डिरहेको छ भने पश्चिमपट्टिको ढोकाको खापामा ुखम्बुवान जिन्दावादु लेखिएको छ ।
खम्बुवान मुक्तिमोर्चा ०४९ मा गठन गरिएको थियो मन्त्री किरातीकै नेतृत्वमा । त्यतिबेला उनी आफैँ नेता आफैँ कार्यकर्ता थिए । त्यहीताका त होला पश्चिमपट्टिको ढोकामा लेखिएको नारा अझै मेटिएको थिएन । एकतले घरको तलामाथिको दक्षिणपट्टिको बीचभागको गारो भत्कँदै गएको छ । घरको तलाको बीचभागमा ठूलो भ्वाङ परेको देखिन्छ । घरको छानोको ढाड भाँच्चिएको छ । जसले घरलाई घामपानीबाट जोगाउन सकिरहेको छैन । तसर्थ समग्र घर भत्कँदै गइरहेको छ । घरको अवस्था देख्दा लाग्छ- घर स्याहार्न छाडेको थुप्र्रै भइसक्यो ।
मन्त्रीको घर हेरिसकेपछि हामी बाटो लाग्यौँ । बूढीडाँडा पुग्नु छ आज । बाटैमा पर्ने रहेछ मन्त्री किरातीकी दिदी टीकाकुमारी राई ६१ को घर । बात मार्न हामीले बोलाउँदै गर्दा टीका दिदी मकैबारी पसेका बाँदर धपाउँदै थिइन् । गनिल्याउँदा २६ वर्ष भयो गोपाल किराती राजनीतिका पूर्णकालिक कार्यकर्ता भएको । राजनीतिमा लागेको यत्तिका अवधिमा भाइ सभासद् बनेको सुन्दा आफू छक्कै परेको उनले बताइन् । भनिन् ुउनै भाइ सभासद् मात्रै होइन मन्त्री बनेको खबर सुन्दा त झनै पत्याउनै सकिनँ । गरिबको छोरा कसरी मन्त्री भयो होला र  रेडियोबाट प्रसारित समाचार सुनेपछि भने पत्याएँ ।ु हामीसँगको भेटघाटमा आफूले भाइलाई लाहुरे बनाउन चाहेको कुरा नलुकाई दिदीले बताइन् । लाहुर लाग्न गेटपास पाएर भाइ पोखरासम्म पुगेको बिस्रेकी छैनन् रे टीका दिदीले ।
स्थानीय हुनेखानेले पेलेर पापडजस्तै बनाएका थिए मन्त्री किरातीलाई । त्यही पेलाइ सहन नसकेर टे्रकिङ मजदुरीमा हिँडेका उनी त्यतैत्यतै राजनीतिमा हामफाले । सारासारा त्यागेर राजनीतिमा लागेका उनले तस्बिरको घरमात्रै होइन स्थानीय सामन्तीले पेलेर पापडजस्तै बेलेका आफूजस्तैकाको मुक्तिका लागि घरबार त्यागेर राजनीतिमा लागेका थिए । 
मन्त्रीको घर हेर्न त्यहाँ पुगेका हामीमध्येका एक पीटी लोप्चनले भने ुराजनीतिमा लागेपछि मन्त्री किरातीजस्तो पो हुनुपर्छ । घरबार त्यागेर राष्ट्र बनाउने अभियानमा हिँडेका उनलाई लाग्यो होला राष्ट्र समुन्नत बन्यो भने त्यो राष्ट्रभित्र बन्ने घरहरु भरपर्दाे बन्नेछन् । मेरै घर पनि अहिलेको अवस्थाको जस्तो हुने छैन ।ु साचारकर्मी लोप्चनको विश्लेषणसँग हामी सहमत नहुने कुरै भएन । त्यतिबेला गत असार ३ गते हामीले देखेको मन्त्री किरातीको घर त्यस्तै छ कि ढल्यो  मन्त्री किरातीलाई नि थाहा छैन रे । किनकि उनी पनि आपुनो घर नफर्केको थुप्रै भइसकेको छ । अचेल मन्त्री किराती अनामनगरको सुकुम्बासी बस्तीमा दुइटा कोठा भाडामा लिएर बसेका छन् । 

सोइ ढोले सोइ नयाँ संविधान खोई



दीपेन्द्र राई


लगाइएकॊ बालीमा कीरा-फट्याङ्ग्रा नलागोस् । असिनापानीले सखाप नपारोस् । पोहोरभन्दा यसपालि झनै राम्रो उब्जनी होस् भन्दै किरात राईहरुले आदिकालदेखि भूमिपूजा गर्दै आएका छन् । प्रकृतिपुजक राईहरुले सालिन्दा वैशाखे पूर्णिमामा भूमि पूजा गर्ने गर्छन् । पूजा गरिसकेपछि साकेला बहुभाषी किरात राईहरुले फरक-फरक नामले पुकार्छन् नाच्ने गर्छन् ।

अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने साकेला कतै १५ दिन त कतै महिना दिनसम्म मनाइने गरिन्छ । यसपालिको वैशाखे पूर्णिमा जेठ ३ गते परेको छ÷थियो । किरात राईहरुको सघन बसोबास रहेको ओल्लोकिरात माझकिरात र पल्लोकिरात त्यो पनि किरात राई बस्ती यतिबेला साकेलामय बनेको छ ।

हिँड्न सक्नेदेखि उभिनसक्नेसम्मका सबैले साकेला नाच्ने गर्छन् । किरात भेषभूषा र गरगहना लगाएर राईहरुका मौलिक बाजा ढोल र झ्याम्टा बजाउँदै सिली टिपिन्छ । हात खुट्टाको सहायताले अभिनय गर्दै देखाइने कलालाई सिली भनिन्छ । सिली टिप्ने अग्रणी भूमिका निर्वाह गर्ने पुरुष र महिलालाई क्रमशः सिलिमाङ्पा र सिलिमाङ्मा भन्ने गरिन्छ । सिलिमाङ्पा र सिलिमाङ्माले गरेको अभिनयलाई अरुहरुले आत्मसात् गर्ने गर्छन् ।

भनिन्छ, ‘१०८ प्रकारका सिली प्रचलनमा छन् ।’ किरात राई समुदायको सम्पूर्ण अवयव सिलीमै प्रस्तुत गरिन्छ । किसानले बाली लगाउँदा िभœयाउँदा मात्रै होइन कपास रोप्ने टिप्ने धागो कात्ने चर्खा चलाउने पिउरी पार्ने धान रोपेको गोडेको काटेको झाँटेको कुटेको पिसेको अनि पकाएको खाएको जाँतो पिँधेको तान बुनेकोलगायत विभिन्न जीवजन्तुको हाउभाउसमेत साकेला सिलीमा प्रस्तुत गरिन्छ । यिनै सिलीहरुको जीवन्त प्रस्तुति साकेला नाचमा हेर्न पाइन्छ ।

पहिले-पहिले राईबाहेक अन्य जातिले साकेला नाच्न पाउँदैनथे । तर अहिले त्यस्तो कडिकडाउ छैन । त्यसैले अन्य जातिका मानिस पनि किरात राईहरुको महान् चाड साकेलामा भेला भएर रमाइलो गर्ने गर्छन् । त्यसमध्येका एक हुन्- संस्कृतिकर्मी सन्जोग लाफामगर । उदयपुरका मगर भन्छन्म, ‘माझकिरातमै जन्मेँ हुर्कें । बस्दा उठ्दा र सुत्दासमेत राई संस्कार संस्कृतिसँग नजिक रहन पाएँ । त्यही भएर कसैले नबोलाए पनि म सालिन्दा साकेलामा सहभागी भइरहन्छु ।’ काठमाडौं आएपछि मात्रै यसपालिसहित म साकेलामा बीसौँपटक सहभागी भएँ भन्दै उनले भने, ‘ढोल-झ्याम्टा बजेको सुन्नसाथ साकेला नाचिरहेको ठाउँ पुगिहालौँ भन्ने लाग्छ । यो चाडले मलाई जातीय अपनत्व बोध गराउँछ ।’

संस्कृतिकर्मी मगरमात्रै होइनन् नेपाली संस्कृतिबारे अध्ययन गर्न विदेशबाट आएका विद्यार्थीसमेत साकेला नाच्न पछि पर्दैनन् । राईहरुको सघन बसोबास रहेको बस्तीमा अन्य जातिको बसोबास रहेको छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनीहरुले पनि यो चाड मनाइरहेका हुन्छन् । किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष तथा उपप्राध्यापक चतुरभक्त राईले भने, ‘कतिपय गाउँठाउँमा हिजोआजसमेत गैरराई जातिले घरैपिच्छे एक माना दुई माना अन्न उठाएर हामीलाई दिने गर्छन् । जाँड पकाउँदा उनीहरुले खुसीसाथ दिएको अन्न पनि मिसाइन्छ । भूमि पूजा गर्दा हामीले त्यही जाँड प्रयोगमा ल्याउँछौँ । खुसीसाथ हामीलाई अन्न दिनु भनेको उनीहरु गैरराई जाति ले पनि प्रकृति पूजालाई हार्दिकतापूर्वक स्विकारेको मान्न सकिन्छ ।’ तसर्थ प्रकृतिलाई अनुपम शक्तिका रुपमा लिँदै मनाइने साकेला एक-अर्कामा सद्भाव बाँड्ने चाड पनि हो भनेर भन्न सकिन्छ । लगाइएको बाली िभœयाएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मङ्सिरे पूर्णिमाको दिन पुर्खालाई चढाएपछि मात्रै उनीहरुले प्रयोगमा ल्याउँछन् । जसलाई मङ्सिरे पूर्णिमा उँधौली भनिन्छ ।

मल्लकालका एक राजाले साकेला चाडमाथि प्रतिबन्ध लगाएका थिए । त्यसताका पनि राईहरु आफ्नो मौलिक एवम् महान् चाड आफ्नै किसिमले मनाउँदै आए । वैशाखे पूर्णिमा उँभौली र मङ्सिरे पूर्णिमा उँधौली ०४७ सालबाट भने भव्य र सभ्य तरिकाले मनाउन थालिएको हो । यही चाडले उनीहरुलाई सालिन्दा दुईपटक एक ठाउँमा जम्मा गराउँछ । त्यही अवसरमा उनीहरु शुभकामना आदान-प्रदान गर्छन् । दुःख-सुखमात्रै होइन आत्मीयता साटासाट गर्छन् । विभिन्न शीर्षकमा परदेशिएकाहरु यही अवसरमा घर फर्कन्छन् । छोरीचेलीहरु कहिले साकेला आउला र माइती जाउँला भनेर औँला भाँचिरहेका हुन्छन् भने कतिपयले त भित्तेपात्रोमा पहिले नै चिनो लगाइसकेका हुन्छन् । समाजशास्त्री डम्बर चेम्जोङको ठम्याइ छ- दर्शक भएर हेर्दा साकेलामा उनीहरु नाचेको देख्छाँै । नाच्दा जीनवका सम्पूर्ण अवयवसहितको अभिनय गरेको देखिन्छ । त्यो सम्पूर्ण प्रकि्रयाभित्र साकेला मनाउने समुदायको नातापद्धति कि्रयाशील भएर आएको हुन्छ । जुन हेर्दै लोभलाग्दो देखिन्छ ।
सोइ ढोले सोइ स्वायत्त राज्य खोई

सोइ ढोले सोइ नयाँ संविधान खोई

पछिल्लो समय साकेलामा सांस्कृतिकमात्रै होइन राजनीतिक जागरणका गीतहरुसमेत सुन्न थालिएको छ । राजनीतिबाट कोही पनि अछुतो रहन सक्दैन । त्यसो भएकाले राईहरुको संस्कार संस्कृति पनि राजनीतिबाट टाढा रहन सक्दैन । पूर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराती भन्छन्, ‘जातीय संस्कार संस्कृति आफँैमा राजनीति भए पनि साकेला पूर्ण राजनीति भने होइन । किनकि कम्युनिस्ट कांग्रेसलगायत अन्य दलविशेषको छुट्टाछुट्टै समूह बनाएर साकेला नाचिँदैन ।’

साकेलाले एउटा राजनीतिक अर्थ बोध गराइरहेको हुन्छ । ‘साकेलामा सबै राईहरु एकठाउँमा जम्मा हुनु पनि त राजनीति नै हो । साकेलालाई दलविशेषले गर्ने राजनीतिका रुपमा पनि हेर्न नसकिनेचाहिँ होइन, समाजशास्त्री चेम्जोङ भन्छन्, ‘तर केचाहिँ होइन भने साकेलाको माध्यमबाट यो चाड मनाउनेले एउटै दलविशेषलाई भोट दिउँु भन्न खोजेको छैन ।’ त्यही भएर विभिन्न राजनीतिक विचारधारासँग नजिक रहेका सबै राईहरुले आजसम्म एकैठाउँमा जम्मा भएर यो चाड मनाउँदै आएका छन् ।


साकेला कहिलेदेखि मनाउन थालियो कसैको एकमत नभए पनि राईहरु कृषि युगमा आइपुगेपछि यो चाड मनाउन थालिएको हो भन्नेमा धेरैको एकमत रहेको छ । इच्छापूर्ण राईले ‘साकेवा संस्कृति र चुनौती’ आलेखमा लेखेका छन्- एक हजार तीन सय ४८ वर्षपहिले अर्थात् ६०६ सालबाट साकेला सुरु भएको हो । साकेला कहिलेबाट सुरु भयो भन्ने गौण मानिन्छ प्रधान कुरा त यसको सांस्कृतिक पक्षचाहिँ कति मौलिक र व्यावहारिक छ भन्ने हो ।



राई समुदायमा आफ्नो संस्कार र संस्कृतिबारे जान्न-बुझ्न खोज्ने बढ्दै गएका छन् । साकेलाबारे अनभिज्ञ गायिका मेलिना राई चाम्लिङ दुई/तीन वर्षयता सालिन्दा उँभौली तथा उँधौलीमा सहभागी भइरहेका छन् । गायिका राईले भनिन्, ‘म गायनमा लागेको हुनाले एकातिर पीआर पब्लिक रिलेसनु पनि बन्ने अर्काेतिर आफ्नो संस्कार र संस्कृतिबारे कसैले सोधिहालेमा मलाई त थाहा छैन भन्नु पर्दैन ।’ गायिका राई मात्रै होइन सांस्कृतिक चाडपर्व कार्यक्रम र गविविधिहरुमा किरात राई समुदायका ‘योङ जेनेरेसन’ को उपस्थिति रहरलाग्दो देखिन्छ । रहरलाग्दो उपस्थितिले केही विकृति िभœयायो भन्ने गुनासो सुन्न थालिएको छ । छोटाछोटा लुगा लगाएर पप र र् याप शैलीमा अभिनय गर्दै साकेला नाचेपछि उनीहरुमाथि यस्तो अप्टिक आइलागेको हो । किरात राई पत्रकार सङ्घका अध्यक्ष पदम राई छोटाछोटा लुगा लगाएर साकेला नाच्नुलाई विकृति मान्छन् । अध्यक्ष राई भन्छन्, ‘युवा पुस्तामा यस्तो कि्रयाकलाप बढेर गएको छ । ती पुस्तालाई यायोक्खाले सचेत गराउनुपर्छ । नत्र हाम्रो संस्कार संस्कृतिसमेत रिमिक्स बन्न बेर लाग्दैन ।’

पहिचानविनाको मानिस नागरिकता नभएको नागरिक जस्तै हुन् । किरात राईहरु आफ्नो पहिचानलाई सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् । त्यसैले यतिबेला उनीहरुले प्रयोग गर्ने मोबाइलको रिङटोनमा समेत सांस्कृतिक जागरणका साकेला गीतहरु सुन्न पाइन्छन् । त्यतिमात्रै होइन कतिपयले फेसबुकमा ‘आई लभ यु साकेला’ समूह बनाएर किरात एकताको सन्देश प्रवाह गरिहेका हुन्छन् । यतिबेला किरात राईहरुले प्रयोगमा ल्याएका इमेल र फेसबुक इन्बक्समा उभौलीको शुभकामनाले भरिएका छन् । साथै उनीहरुको इमेल र फेसबुक स्टाटसमा लेखिएका छन् :

चोलिया सिउनु कुमकुमको

भेट भयो आज थुमथुमको



बसेरी वनको धोद्रे साल

को मर्दाे बाँच्दो आउँदो साल

यतिबेला राईहरुको सघन बसोबास रहेको नेपालका पूर्वी पहाडी जिल्लाहरु मात्रै होइन ङकङ बेलायत ब्रुनाई अमेरिका जापान दुबई कतार साउदी अरब मलेसिया र भारतको सिक्किम दार्जिलिङमा समेत साकेला मनाइँदै छ । काठमाडौं ललितपुर र भक्तपुरमा समेत ३१ वर्ष अघिदेखि यो चाड मनाउन थालिएको हो । क्याम्पस पढ्न ०३५ सालमा काठमाडौं आएका संगीतकार बुलु मुकारुङको पहलमा काठमाडौंमा साकेला मनाउन थालिएको हो । ०३६ सालमा शङ्करदेव क्याम्पसको आँगनमा सहपाठी खम्बासेर राई एनबी राईलगायत साकेला नाचेको मुकारुङले सम्झे । त्यो क्षण सम्झँदै संगीतकार मुकारुङले भने, ०३७ सालदेखि हामीले व्यवस्थित रुपमा साकेला मनाउन थाल्यौँ । हामीसँग ढोल-झ्याम्टा नभएकाले कीर्तिपुर काठमाडौं का नेवारहरुसँग मागेर काम चलायौँ । त्यो साल हामी २०/२२ जनाले साकेला नाचेका थियौँ ।’

१२ लाख किरातीले मनाउँदै आएको यो चाडले ०५८ सालबाट ‘किराती चाड’ का रुपमा मान्यता पाएको हो । सरकारले ०६४ सालदेखि भने वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा सार्वजनिक बिदा दिन थालेको छ । जनगणना ०५८ अनुसार नेपालमा ३ दशमलव ४ प्रतिशत किरात धर्मावलम्बी रहेका छन् ।

(तस्बिर सौजन्य : कैलाश राई)











Saturday, June 18, 2011

मर्चा बेचेरै जीविकोपार्जन

दीपेन्द्र राई
जेठ लाग्नबित्तिकै गाउँ विकास समितिका सबैको घर-आँगन पुग्ने देउसा-६ सोलुखुम्बुका कुम्भे तामाङ मंसिरमा पनि त्यसरी नै सबैको घर-आँगन पुग्ने गर्छन् । वर्षमा दुईपटक सबैको घर-आँगन पुग्नु तामाङको गरिखाने माध्यम बनेको छ । 

गाविसभरिको घर-आँगन पुग्दैमा गरिखाने माध्यम कसरी बन्ला भन्ने खुल्दुली लाग्नु स्वाभाविकै हो । वर्षमा दुईपटक सबैको घर-आँगन पुग्नु उनको रहर होइन बाध्यता । जेठमा जाँड पकाउने औषधि मर्चा लिएर सबैको घर पुग्ने उनी मंसिरमा चाहिँ मर्चा पुर् याउन होइन जेठमा पुर् याइएको मर्चाको पारिश्रमिक लिन सबैको घर पुग्ने गर्छन् ।

कुम्भे तामाङ
पारिश्रमिकस्वरुप उनले गाउँलेबाट रुपैयाँ होइन अन्न पाउँछन् । मर्चा व्यवसायी तामाङ भन्छन् ुएक माना अन्नबराबर तीन दाना मर्चा दिने गरेको छु ।ु पारिश्रमिकस्वरुप उठेको त्यही अन्नबाट उनले परिवार पाल्दै आएका छन् । परिवार पाल्नु मात्रै होइन नौजना छोराछोरी पढाउन पनि यही व्यवसायले सघाएको छ उनलाई । मर्चा व्यवसाय गर्दै पढाएको एक छोरा सरकारी जागिरे भइसकेका छन् । कतिपय छोराछोरी आफ्नै खुट्टामा उभिनसक्ने भइसके । 

एकताका मर्चा बेच्दै छिमेकी गाविस गार्मा र काँकुसम्म पुग्ने तामाङ मीठो मर्चा बनाउने व्यवसायी भनेर जिल्लामै कहलिएका छन् । ुहामीलाई मर्चा नभई नहुने । मर्चा बनाउने सीप भएका उहाँलाई मर्चासँग अन्न साट्दा छोराछोरी पाल्नुपर्ने बाध्यता । जसले गर्दा हामीजस्ता मर्चापानी खानेको गर्जाे नि टर् यो । छोराछोरी पाल्न उहाँलाई नि सजिलोु देउसा गाविसका निवर्तमान अध्यक्ष सोमरेन्जी राईले भनॆ ।

पछिल्लो समयमा तामाङको व्यवसाय ओरालो लाग्न थालेको छ । गाविसभरि मर्चा बनाउने उनी एक्लै हुँदा व्यवसाय फस्टाए पनि पछिल्लो समय गाउँमा सबैले मर्चा बनाउन अभ्यस्त भएपछि आफ्नो व्यवसाय ओरालो लागेको उनले बताए ।