(दीपेन्द्र राई)
तात्कालिक अाचलाधीशले त्रि-चन्द्र क्याम्पसमा अध्ययनरत गोपाल थपलियालाई निष्कासित गर्यो । ‘त्रि-चन्द्र क्याम्पस भर्ना भएको थिएँ,’ थपलियाले आफू कम्युनिस्ट हुँदा भोगेको दुःख सुनाए, ‘भर्ना भएकै दिन क्याम्पसमा हुलदंगा भयॊ । म गिरफ्तार भएँ ।’
१५ दिन हनुमानढोका राखिएपछि उनी स्थानाहद अञ्चलाधीशले तोकेको ठाउँ मा बस्नुपर्नॆ भयो । पढ्न भनेर काठमाडौं आएका उनी अब दोलखाबाहिर जान नपाउने भए । यो २०२५ सालको कुरा हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आन्दोलन गरेपछि स्थानाहद फुकुवा भयो । लगत्तै उनी काठमाडौं फर्के । पढाइले निरन्तरता पायो ।
२०३० सालमा उनी तात्कालिक विद्युत् विभाग हाल विद्युत् प्राधिकरणमा सिनियर क्लर्कमा जागिरे भए । उनले ०३२ मा सोही विभागका लागि सेक्सन अफिसर शाखा अधिकृत पास गरे । अवैध कम्युनिस्ट समर्थक कर्मचारी भनेर उनलाई नियुक्ति दिइएन ।
कारण थियो- विद्यार्थी जीवनदेखि माओवादी कम्युनिस्ट समर्थक नयाँ शिक्षा योजना र श्री ५ को समेत बखत-बखतमा आलोचना गरी विद्यार्थीलाई हडताल आदि गर्न उक्साउँदै आएको र ०३२ देखि नेपाल विद्युत् कर्पाेरेसनमा क्लर्कको जागिरे रहेको र त्यसरी जागिर खाए पनि निजको पुरानो विचारधारा परिवर्तन नदेखिएको भन्दै उनलाई राजकाज मुद्दा चलाइयो । जागिर खोखियो । उनी १८ महिना भद्रगोल जेल बसे ।
राजा वीरेन्द्रको राज्याभिषेकै दिन उनी समातिए । ‘राज्यको सम्पत्ति खर्च गरेर राजाले राज्याभिषेक गर्न हुँदैन’ भनेर भाषण गरेकै निहुँमा उनी समातिएका हुन् । ०३१ मा पनि उनलाई राजकाज मुद्दा चलाइएको
थियो ।
थियो ।
कम्युनिस्ट हुँदाको दुःख सुनाइरहँदा छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलिया ०२८ तिर
फर्किए । ‘०२८ मा सिन्धुपाल्चोक र दोलखामा भोकमरी आन्दोलन थालियॊ,’ उनले भने, ‘खान नपाएर यहाँका जनता भोकभोकै मर्न थाले । मेरै नेतृत्वमा ‘चामल देऊ’ भन्दै आन्दोलन गर्यौं । आन्दोलन गरेकाले गोरखापत्र दैनिकमा ‘अराष्ट्रिय तत्त्व’ भनेर मेरो नाम छापियो । त्यसपछि मलाई कष्टडी हालियो । ६ महिना कष्टडीमा बिताएँ ।’
फर्किए । ‘०२८ मा सिन्धुपाल्चोक र दोलखामा भोकमरी आन्दोलन थालियॊ,’ उनले भने, ‘खान नपाएर यहाँका जनता भोकभोकै मर्न थाले । मेरै नेतृत्वमा ‘चामल देऊ’ भन्दै आन्दोलन गर्यौं । आन्दोलन गरेकाले गोरखापत्र दैनिकमा ‘अराष्ट्रिय तत्त्व’ भनेर मेरो नाम छापियो । त्यसपछि मलाई कष्टडी हालियो । ६ महिना कष्टडीमा बिताएँ ।’
पिस्कर हत्याकाण्डलगत्तै उनी फेरि समातिए । पिस्कर हत्याकाण्डमा वीरबहादुर थामी र इली थामीको ज्यान गयो । समाचार लेख्ने साहस कसैले गरेनन् । भने, ‘वीर सन्तानको रगतले नेपाल आमाको छाती भिज्यो’ भनेर छलफल साप्ताहिकमा समाचार छापियो ।’ समाचार छापिएपछि उनीविरुद्ध राजकाज मुद्दा चलाइयो ।
उनलाई तीन महिना जेल हालियो । यो ०४० माघको कुरा हो । माघको जाडॊ । ‘मलाई जेलको छिँडीमा राखिएको थियो,’ उनले त्यतिवेला जेल बस्दाको पीडा सम्झे, ‘प्रहरीले समातेर ल्याएका जँड्याहालाई करिडोरमा राख्थे । जँड्याहाहरुले पिसाब फेर्दा मेरो जिउभरि लाग्थ्यो ।’
छलफल साप्ताहिकमा समाचार लेखेकै निहुँमा गोपाल थपलियालाई २४ राजकाज मुद्दा लाग्यो । पाचायत व्यवस्था र राजाको विरोध गर्दै छलफलमा समाचार छापिन्थ्यो । छलफल तात्कालिक मालेको मुखपत्र थियो ।
जनआन्दोलन २०६२/०६३ मा उनी काठमाडौंको गौशालामा पिटिए । प्रहरीले उनको देब्रे खुट्टाको कुर्कुच्चा डन्डीले पिटेका थिए । प्रहरीको पिटाइबाट नशामा असर परेपछि देब्रे खुट्टाको पाइतासम्म रक्तसञ्चार हुँदैन । उपचारका लागि १० लाख रुपैयाँ खर्च भइसकेको छ । उपचार पूरा भएको छैन । अहिले दैनिक एक हजार ६ सय रुपैयाँको औषधि सेवन गरिरहेकाले उपचारका लागि कहीँ कतैबाट सहयोग पाएका छैनन् ।
जनआन्दोलनको घाइते भनेर गोपाल थपलियाको नाम नम्बर १९० नम्बरमा उल्लेख छ । तर, जनआन्दोलन घाइते उनले उपचार खर्च पाएनन् । उनको उपचारका लागि तीन लाख रुपैयाँ छुट्याइए पनि त्यो रुपैयाँसमेत उनको हात परेको छैन ।
No comments:
Post a Comment