दीपेन्द्र राई; नयाँ पत्रिका
काठमाडौं २८ असोज
ुत्यतिवेला दैनिक ६० रुपैयाँ कमाउँथेँ अहिले एक सय ९० रुपैयाँु भाबी पुनले भनिन् ुमजस्ता गृह श्रमिक घरमै बसेर काम गर्ने महिला को दिन फिरेको छ ।ु
सार्कबिजनेस एसोसिएसन अफ होम बेस्ड वर्कस्र सवाले सीपमूलक तालिम दिएपछि गिटी कुटेर दैनिक ६० रुपैयाँ कमाउने रोल्पाकी पुनले अहिले दैनिक एक सय ९० रुपैयाँ कमाउने थालेकी हुन् ।
गृह श्रमिकमा भएको सीपलाई इलममा परिणत गरी उनीहरुको जीवनस्तर उकास्न सवा नेपाल तीन वर्षदेखि लागिपरेको छ । आफूमा भएको सीप इलममा परिणत भएपछि दोलखाकी तारा कार्की दंग परेकी छन् । भनिन् ुपढाइ छाडेर यता लागेकी हुँ । कमाइको निश्चित प्रतिशत घर पठाउने गरेकी छु ।ु
ुसन् २०१४ सम्ममा थप दुई हजार महिला गृह श्रमिकमा भएको सीपलाई इलममा परिणत गर्नेछौँु सवा नेपालका अध्यक्ष दिवाकर चन्दले भने ुउनीहरु गृह श्रमिकद्वारा उत्पादित सामग्रीको बजार प्रवद्र्धन तथा व्यवस्थापनसमेत सवाले नै गर्नेछ ।ु
सवाको सदस्य बनेपछि चितवनकी अनिता थपलियाको दिनचर्या समेत बदलिएको छ । ुछोराछोरीको नयाँ तथा पुरानो कपडा सिलाएर घरमै सीमित थिएँु थपलियाले भनिन् ुसवाबाट तालिम लिएपछि आयआर्जन बढ्नुका साथै घरबाहिर निस्केर काम खोज्नसक्ने भएकी छु ।ु सीपमूलक तालिममात्रै होइन सवामा जोडिएपछि आफू भाँती पुर् याएर बोल्नसक्ने भएको उनले बताइन् ।
सवाले वेलाबखत देश-विदेशमा तालिम गोष्ठी तथा प्रदर्शनी गर्दै आएको छ । जसले गर्दा गृह श्रमिकको सीपमा निखार आउँछ । नेपालमा दिइने तालिम पूरा गरेकी भाबी पुनले भारत गएर पनि तालिम लिएकी छन् । पुनले भनिन् ुअब रोल्पा फर्केर आफूजस्तै महिलालाई तालिम दिई आत्मनिर्भर बनाउनेछु । गाउँमा मजस्तै दुःख पाएका थुप्रै छन् ।ु
यसैगरी सवा नेपालले सीपमूलक तालिमका साथै मातृत्व स्याहार तथा हेरचाह बालबालिकाको हेरचाह तथा लघुवित्तीय सहयोगसमेत दिने गरेको छ । सवाका प्रमुख कार्यकारी अधिकृत रविन अमात्यले भने ुयो सुविधा पाउन सम्बन्धित सदस्य सवाका सेयर होल्डर हुनुपर्छ ।ु
सवा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क विकास कोषको लगानीमा सेवा भारत तथा होमनेट साउथ एसियाको सहयोगमा साचालित परियोजना हो । महिला सशक्तीकरण र गरिबी हटाउन सवा भारतबाहेक दक्षिण एसियाका विभिन्न देशमा सकि्रय रहेको छ ।
सवा नेपाल गृह श्रमिकको संगठन हो । सवाको सदस्य हुन चाहने नेपाली गृह श्रमिक हुनुपर्छ । स्नातक तहमा अध्ययनरत कोटेश्वर काठमाडौंकी सविना नकर्मी र स्नानतक तह उत्तीर्ण गरेकी पक्नाजोलकी प्रतिमा तुलाधरदेखि लेखपढ गर्न नजान्नेसमेत सवाको सदस्य रहेका छन् । सवाको सदस्य बन्न भर्ना शुल्क पाँच सय रुपैयाँ लाग्छ । सदस्य बनेकाले सालिन्दा एक सय रुपैयाँ बुझाउनुपर्छ ।
Dipen Dai,yo feature malai ekdam manparyo. dai ko jaya hos. keep it up. Milan Bagale
ReplyDelete