![]() |
घान्द्रुक |
(दीपेन्द्र राई)
माराज बिहान तीन बजेदेखि तीनचुलीको रुप देख्न पाइन्छ । सुनजस्ता हिमाल देख्न पाइन्छ । चाँदीले धोएका तीन हिमालको उज्यालोले घान्द्रुक झलल्ल
हुन्छ । माछापुच्छ्रे हिउँचुली र अन्नपूर्णलाई आँखैअगाडि राम्री आइमाई हेरेजस्तो हेर्न पाइन्छ । दिनमै यी चुलीले सुनौला चोली फेर्छन् । सुकिला हिउँचुलीको मुहुनीले म त लठ्ठै पर्छु माराज ।
हुन्छ । माछापुच्छ्रे हिउँचुली र अन्नपूर्णलाई आँखैअगाडि राम्री आइमाई हेरेजस्तो हेर्न पाइन्छ । दिनमै यी चुलीले सुनौला चोली फेर्छन् । सुकिला हिउँचुलीको मुहुनीले म त लठ्ठै पर्छु माराज ।
घान्द्रुकमा भेटिएका पिर्थे सार्कीले युवराज नयाँघरेलाई भनेको उल्लिखित अभिव्यक्ति ‘घान्द्रुकसँग घम्साघम्सी’ शीर्षाकृत नियात्रामा उल्लेख छ ।
पिर्थे सार्कीले भनेझैँ घान्द्रुकले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहनी लगाएको छ । नेपाल आउने ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गर्छन् । घान्द्रुकमा रमाइरहेका विदेशी पर्यटक आपसमा कुराकानी गरेको सुन्न सकिन्छ ‘नेपाल आएर पनि घान्द्रुक नटेके यात्रा अधुरो हुँदोरहेछ ।’
मोदीखोलाको सिरानमा रहेको घान्द्रुक मोदीखोलाको बेँसीदेखि लेकसम्मै फैलिएको छ । घान्द्रुकलाई माछापुच्छ्रे र अन्नपूर्णले कख्याएर राखेको छ । अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर जाने छोटो र सजिलो बाटो मानिन्छ घान्द्रुक । अन्नपूर्ण र माछापुच्छ्रेको प्रवेशद्वार मानिएका घान्द्रुकका प्रत्येक घरका मानिस कुनै न कुनै किसिमका पर्यटन व्यवसायमा लागेका छन् । आ-आफ्नै व्यवसायमा लागेका उनीहरुलाई एकैछिन फुर्सद छैन । यहाँका ८० प्रतिशत मानिस विदेश गएका छन् । बस्नेले घान्द्रुकलाई हराभरा पारेका
हुन् ।
हुन् ।
यहाँ काठमाडौंमा जस्तो पानीको दुःख छैन । चौबीसे घन्टा बिजुलीबत्ती बल्छ । इन्टरनेट सुविधा छ । स्थानीय किसम गुरुङले साइबर क्याफे सञ्चालनमा ल्याएका छन् । यहाँको पर्यटन प्रवद्र्धनका लागि आमा समूह सबैभन्दा बढी सक्रिय छन् । उनीहरुले घरभित्रको कामसमेत गर्न भ्याएकै छन् । गरे के हुँदैन र भन्ने पाठ यहाँका आमा समूहबाट सिक्न सकिन्छ ।
घान्द्रुक आइपुगेका आन्तरिक तथा बाह्य पर्यटक यहाँको गुजुमुज्ज परेको पुरानो घर देखेर अचम्म मान्ने गर्छन् । ढुंगा र माटोले बनेको घर ढुंगै कुँदेर छानो हालिएको छ । ढुंगा बिच्छ्याइएकाले बाटो सफा हुने नै
भयो । त्यस्तै यहाँको शान्त वातावरणले जोकोहीको मन लोभ्याउँछ । घान्द्रुकबाट फर्केपछि स्वयम्बरिसंह लामाले फूलबारी डटकममा लेखेका छन्, ‘घान्द्रुक आइपुगेपछि यतै बसाइँ सरौँजस्तो लाग्दोरहेछ ।’
भयो । त्यस्तै यहाँको शान्त वातावरणले जोकोहीको मन लोभ्याउँछ । घान्द्रुकबाट फर्केपछि स्वयम्बरिसंह लामाले फूलबारी डटकममा लेखेका छन्, ‘घान्द्रुक आइपुगेपछि यतै बसाइँ सरौँजस्तो लाग्दोरहेछ ।’
स्थानीय पिर्थे सार्कीले भनेझैँ घान्द्रुक आइपुगेका जोकोही आफू बास बसेको होटलको झ्यालबाट बिहान तीन बजेतिर उत्तरतिर नियाल्दा आँखैअगाडि माछापुच्छ्रे र अन्नपूर्ण हिमाल हाँसिरहेको देखिन्छ । अरु बेला चाँदीझैँ देखिने हिमशृंखला यो समय सुनजस्तै देखिन्छन् । जैविक विविधाताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी जंगली फूल गुराँस विभिन्न प्रजातिका वन पैदावार जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइन्छ । कोदो मकै र गहुँ घोलेर बनाइएको यहाँको मौलिक परिकार जिब्रोमै झुन्डिन्छ । घान्द्रुक पुगेपछि छोम्रोङ र लान्द्रुक घुम्न छुटाउनु हुन्न । यी दुई गाउँ घान्द्रुकभन्दा कम्ती मनमोहक छैनन् ।
मानिस सुविधाभोगी भएका छन् । हिजोआज पनि गाउँका मानिस सुविधासम्पन्न सहरबजारतिर बसाइँ सरिरहेका हुन्छन् । तर, घान्द्रुककी विष्णुकुमारी गुरुङलाई सहरभन्दा गाउँ नै प्यारो लाग्दोरहेछ । ७५ वर्षीया गुरुङ पोखरा बस्न नसकेर घान्द्रुक फर्केकी छन् । काठमाडौंबाट घान्द्रुक पुगेकी साहित्यकार शारदा शर्मालाई उनै गुरुङले भनेकी थिइन्, ‘यहाँ न मोटरले किचेर मार्छ भन्ने पीर न कतै हराइएला न चोर लाग्ला भन्ने डर जहाँ गए पनि आपुनो ठाउँ स्वतन्त्र छ नानी कतै जान कसैलाई सोध्न पर्दैन लिन आउ भन्न पनि पर्दैन ।’ साहित्यकार शर्माले ‘हजुरआमा र हिमालहरु’ मार्फत घान्द्रुकका थुप्रै विष्णुकुमारी गुरुङहरुका गाउँमोह उजागर गरेकी छन् ।
पोखराबाट आठ घन्टा पैदल हिँडेपछि घान्द्रुक पुगिन्छ । यहाँ आइपुगेका जोकोही भन्ने गर्छन्– यो ठाउँको नाम कसरी घान्द्रुक रहन पुग्यो ? किंवदन्तीअनुसार यो ठाउँमा पहिले हान भन्ने राजा दुरुक बसोबोस गर्थे । हान राजाको दुरुक हानदुरुक अपभ्रंश भएर घान्द्रुक भएको हो भन्ने जनविश्वास रहेको छ ।
मन्त्रालयलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाइएपछि भूतपूर्व अर्थसचिव रामेश्वर खनालले राजीनामा दिएर कसैलाई थाहै नदिई घान्द्रुक पुगेका थिए । नेपालको ७२ जिल्ला घुमेको बताउने पूर्वअर्थ सचिव खनालले घान्द्रुक आएर प्रतिज्ञा गरे, ‘अब पूरै नेपाल घुमेर जनताको नाममा किताब लेख्छु ।’
भूतपूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासमेत घान्द्रुक पुगेका थिए । त्यस्तै अमेरिकी राजदूत जुलिया चाङ ब्लकमात्रै होइनन्, अस्टे्रलियन राजदूत लेस डगलस जर्मनी राजदूत डा. मार्टिन स्तेलरले समेत घान्द्रुकलाई नजिकबाट नियालेका थिए ।
No comments:
Post a Comment